Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सम्वादको प्रभाव-एक हप्ताभित्र आइसोलेसन सञ्चालनको तयारी
सम्वादको प्रभाव-एक हप्ताभित्र आइसोलेसन सञ्चालनको तयारी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज १६, २०७७ बागेश्वरी पोस्ट
सम्वादको प्रभाव-एक हप्ताभित्र आइसोलेसन सञ्चालनको तयारी

नेपालगञ्ज । भेरी अस्पतालमै थप ७५ बेडसहितको आइसोलेसन सञ्चालन गर्ने तयारी गरिएको छ । बढ्दो कोरोना संक्रमितको सहज र प्रभावकारी उपचारका लागि सम्वाद समूह बाँकेले गत ११ गते सरोकारवालासँग अन्तरसम्वाद गरेपछि भेन्टिलेटरसहितको सुविधायुक्त आइसोलेसन व्यवस्थापन तथा सञ्चालनको प्रक्रिया अघि बढाइएको हो ।


भेरी अस्पतालमा अक्सिजन सुविधासहित ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइए पनि लक्षणसहितका गम्भीर विरामीहरुको संख्या बढ्दै गएपछि समूहले थप आइसोलेसनको आवश्यकताका सन्दर्भमा सम्वाद सजीकरण मार्फत् सहकार्यको प्रतिवद्धता सिर्जना गरेको हो । स्थानीय तह, स्वास्थ्य सम्वद्ध प्रमुखसहितको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको विहिबार बसेको बैठकले भेरी अस्पतालमा थप ७५ बेडको आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका प्रमुख राम बहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको बैठकले एक हप्ताभित्र आवश्यक संरचना तयार गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी खजुरा गाउँपालिकाका अध्यक्ष किष्मत कुमार कक्षपतिका अनुसार उपभोक्ता समिति मार्फत् एक करोडको बेड, भेन्टिलेटरसहितको आवश्यक संरचना तयार गरिनेछ । आइसोलेसन निर्माणका लागि जिल्ला समन्वय समितिको शिक्षा तथा आकस्मिक कोष र ८ वटै स्थानीय तहबाट एक करोड सहयोग गरिने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

आइसोलेसन सञ्चालनका लागि स्टोर गरिएका सरसामान व्यवस्थापन गर्नेदेखि प्राविधिक तयारी पनि शुरु गरिसकिएको भेरी अस्पतालका कोभिड-१९ कमाण्डर डा. श्याम सुन्दर यादवले जानकारी दिनुभयो । बाँकेमा दैनिक ३० जनामा (औसतमा) कोरोना पोजिटिभ देखिइरहेको स्थितिमा थप संक्रमितलाई राख्न सक्ने अवस्था नभएको भन्दै सम्वद्ध विज्ञले यसअघि नै भेरी अस्पतालमै आइसोलेसन सञ्चालन गरिनुपर्ने सुझाएका थिए ।


प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १४:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP