prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जनभावनालाई शिरोपर गर्दै जसले पार्टी ह्वीप विपरित मतदान गरे....
जनभावनालाई शिरोपर गर्दै जसले पार्टी ह्वीप विपरित मतदान गरे....
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज २०, २०७७ बागेश्वरी पोस्ट
जनभावनालाई शिरोपर गर्दै जसले पार्टी ह्वीप विपरित मतदान गरे....

नेपालगञ्ज । प्रदेश ५ सरकारले प्रदेशसभामा प्रस्तुत गरेको स्थायी राजधानी र नाम सम्बन्धि प्रस्ताबमा पार्टीको ह्वीप विपरित मतदान गर्ने सांसद्हरु अहिले चर्चामा छन् ।

paribartan 1

पार्टी संसदीय दलको ह्वीपका बाबजुद पनि प्रदेश ५ सरकारले प्रदेशसभामा प्रस्तुत गरेको स्थायी राजधानी दाङ देउखुरी उपत्यकाको भालुवाङ राख्ने प्रस्तावको पक्षमा नेपाली कांग्रेसका ५ सांसद्ले मतदान गरेका छन् ।

काँग्रेस प्रदेश ५ संसदीय दलले ह्वीप नै जारी गरेर राजधानी दाङ राख्ने प्रस्तावको विपक्षमा मतदान गर्न भनेको थियो । तर, राजधानी सम्बन्धि सरकारले प्रस्तुत गरेको प्रस्तावमा मतदान हुँदा काँग्रेसका सांसद्हरु दाङका शंकर गिरी, डिल्ली चौधरी, अर्जुन श्रेष्ठ, बाँकेका मोहम्मद याकुव अन्सारी र बर्दियाका भुवनेश्वर चौधरीले दाङको पक्षमा मतदान गर्नुभएको हो । प्रदेश सरकारबाट पेश भएको राजधानीको प्रस्ताव संघियताको मर्म अनुरुप सबैलाई पायक पर्ने गरी उपयुक्त स्थानमा चयन गरिएकाले आफूहरुले पार्टीको ह्वीप विपरित जनभावनाको कदर गर्दै प्रस्तावको पक्षमा मतदान गरेको सांसद् गिरीले बताउनुभयो । जनभावनालाई कुल्चेर गलत ह्वीपको मतियार बन्न आफ्नो विवेकले नदिएको गिरीको भनाई छ । भालुबाङले समग्र प्रदेशको मनोभावना र मनोविज्ञानको प्रतिनिधित्व गर्ने भएकाले ह्वीप विपरित मतदान गरेको उहाँले बताउनुभयो ।

बाँकेबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसद् सुरेन्द्र हमाल मतदानमा सहभागी हुनुभएन। उहाँ काठमाडौंमा हुनुहुन्छ । प्रदेशसभामा कांग्रेसका १९ सांसद्मध्ये १३ जनाले दाङ राजधानी राख्ने विपक्षमा मतदान गरेका छन् ।

यस्तै दाङ राजधानी राख्ने पक्षमा मतदान गर्न जनता समाजवादी पार्टीले ह्वीप जारी गरेको भएपनि २ जना सांसद्ले भने मतदान प्रक्रिया नै बहिष्कार गरेका छन्। पार्टीको ह्वीप विपरित गएरै समाजवादीका सांसद् सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेले मतदान बहिष्कार गर्नुभएको हो। प्रदेशसभामा समाजवादीका ६ जना सांसद छन् । आज प्रदेश सभामा भएको मतदानमा दुई तिहाइ बहुमत सांसद्ले दाङ देउखुरीको भालुवाङ क्षेत्रलाई राजधानी बनाउन मतदान गरेका थिए। भालुवाङ राजधानी बनाउने पक्षमा ६९ जना सांसद्ले मतदान गरेका थिए भने त्यसको विपक्षमा १३ जना सांसद्ले मतदान गरेका थिए ।

प्रदेशसभामा ८७ जना सांसद् भए पनि मतदानमा ८२ जना मात्रै सहभागी भएका थिए । त्यस्तै प्रदेश ५ को नाम लुम्बिनी प्रदेश राखियोस् भन्ने प्रस्तावमा समाजवादी पार्टीका ४ जना सांसद्ले विपक्षमा मतदान गरेका छन्। विपक्षमा मतदान गर्नेमा संसदीय दलका नेता सहषराम यादव, विजय यादव, सुमन शर्मा रायमाझी र पुरमती ढेगा मगर छन्।

मतदानमा प्रदेशको नाम लुम्बिनी राखियोस् भन्ने पक्षमा ७९ मत र विपक्षमा ४ मत परेको थियो। प्रदेश सभामा रहेका ८७ मध्ये ८३ जना सांसद मतदानमा सहभागी भएका थिए । समाजवादीका ४ जनाले विपक्षमा मतदान गरे पनि दुई जनाले भने लुम्बिनी प्रदेश राखियोस् भन्ने पक्षमा मतदान गरेका छन् । मतदान गर्नेमा सांसद् सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डे हुनुहुन्छ ।


प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  २१:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP