नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कानुन विपरितका कार्य गर्नेहरुलाई धमाधम पक्राउ गर्दै बाँके प्रहरी
कानुन विपरितका कार्य गर्नेहरुलाई धमाधम पक्राउ गर्दै बाँके प्रहरी
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज २१, २०७७ बागेश्वरी पोस्ट
कानुन विपरितका कार्य गर्नेहरुलाई धमाधम पक्राउ गर्दै बाँके प्रहरी

नेपालगञ्ज । बाँके प्रहरीले जंगली जनावर मार्ने, हातहतियार ओसारपसार गर्ने तथा शरीर बन्धक बनाउने कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

प्रहरीले मारेको चित्तलसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का २३ वर्षीय सामेल रोका र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ का २८ वर्षीय अञ्जन हमाललाई पक्राउ गरेको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरबाट नेपालगञ्जतर्फ बोरामा राखेर ल्याउँदै गरेको अवस्थामा डुडुवा गाउँपालिका वडा नम्बर ४ राप्ती नदी पुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ कुण्डाचोकमा जंगली जनावर चित्तल मारेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बनकट्टी र अस्थायी प्रहरी पोष्ट फत्तेपुरबाट खटिएको प्रहरी टोलीले भे ८ प ५४६५ नम्बरको मोटरसाइकलमा बोकेर ल्याएको चित्तल फेला पारिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले जानकारी दिनुभयो ।

बरामद चितल जिल्ला बाँके राप्तीसोनारी ६ ढलैया वस्ने रामु ओलीबाट ११ हजारमा खरिद गरी ल्याएको उनीहरुले बयान दिएका प्रहरीले जनाएको छ । ओली भने फरार छन् । उनीहरुमाथि थप छानविन सुरु गरिएको प्रहरीले जनाएको छ । अभियुक्तलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको सजाय हुने प्रहरीले जनाएको छ। उक्त ऐन अनुसार १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने ब्यवस्था रहेको छ ।

त्यस्तै प्रहरीले नेपालगञ्ज उपमहानरपालिका वडा नम्बर २० मनिकापुरका ६२ बर्षीय सलिम नाउँ र वडा नम्बर १९ बसुदेबपुरका ३३ वर्षीय इब्राहिम बेहनालाई बाँकेको नरैनापुर गाउँपालिका ५ सर्वराजपुरुवाबाट पक्राउ गरिएको जनाएको छ ।

अबैध हातहतियारको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटेको प्रहरी निरीक्षक बसन्त गौतम नेतृत्वको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नाउँ र बेहनालाई नालकटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोली ५ थान बरामद गरेको प्रहरी उपरिक्षक रानाले जानकारी दिनुभयो ।

उनीहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिम मुद्दा चलाउने तयारी भएको छ । ५ बर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

यसैगरी दुई महिनादेखि अपहरित बालिकाको प्रहरीले उद्दार गरेको छ । ती बालिका अपहरणमा संलग्न बर्दिया बढैयाताल गाउँपालिका–७ का २१ बर्षीय मुकेश यादव, ५५ बर्षीय हरिराम अहिर र बढैयाताल–७ का ३५ बर्षीय अगलेश यादवलाई पक्राउ गरिएको हो । अगलेश यादव समेतका ब्यक्तिहरु घरमा आई पीडित नाबालिकालाई डर त्रास देखाई अपहरण गरी भारतको उत्तर प्रदेशस्थित गौतम बुद्धनगर, थाना बादलपुर, दुजानामा बन्धक बनाई राखेको खुलेको छ ।

बाँके प्रहरीबाट प्रहरी निरक्षिक हृदेश कुमार सापकोटाको टोलीले भारतीय प्रहरीसंग समन्वय गरी पीडित नाबालिकाको उद्दार गरी संलग्नलाई पक्राउ गरेर अनुसन्धान भइरहेको रानाले जानकारी दिनुभयो । मुलुकी अपराध संहिता ऐन २०७४ को अपहरण लिन नहुने महलको परिच्छेद १७ दफा २१४ बमोजिमको १० बर्षदेखि १५ बर्षसम्म कैद र १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुने कानुनी व्यवस्था छ ।

 


प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १३:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP