Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरले माग्यो प्रदेश योजना आयोगसंग विकास
नरैनापुरले माग्यो प्रदेश योजना आयोगसंग विकास
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज २१, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरले माग्यो प्रदेश योजना आयोगसंग विकास

नरैनापुर(बाँके) । नरैनापुर गाउँपालिकाले प्रदेश योजना आयोगसंग विकासका योजना माग गरेको छ । सुगम जिल्लाभित्र रहेर पनि विगतदेखि दुर्गमको परिचय बनाउन बाध्य भई अहिले विस्तारै विकास पथमा लम्कँदै गरेको नरैनापुर गाउँपालिकाको बृहत्तर विकासका लागि लुम्बिनी प्रदेशको योजना आयोगसंग विकासका योजना माग गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

नरैनापुर क्षेत्रबाटै प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सांसद् कृष्णा केसी नमुनासंगै गाउँपालिकाका अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, जिन्सी शाखा प्रमुख भरत महतो प्रदेशको अस्थायी राजधानी बुटवल पुगेर प्रदेश योजना आयोगका उपाध्यक्ष डा.ईश्वर गौतमसमक्ष विकासका योजना माग गर्नुभएको हो । “नरैनापुरमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनको विकास र प्रबद्र्धनका लागि संघीय र प्रदेश सरकारलाई हामीले निरन्तर तोकता गरिरहेका छौं, विकासमा पछाडि परेको क्षेत्र भएका कारण हाम्रो बजेटले सबैतिर नभ्याउने अवस्थाका कारण निरन्तर डेलिगेशनमा गइरहेका छौं, विकास माग गरिरहेका छौं, अध्यक्ष शाहले भन्नुभयो–“शिक्षाको अवस्था सुधार्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, उत्पादन र रोजगारीमा स्थानीयलाई जोड्ने उत्कट अभिलाषाका साथ म निरन्तर लागिरहेको छु ।”

अध्यक्ष शाहका अनुसार प्रदेश योजना आयोग समक्ष राप्ती नदीमा नरैनापुरको पिप्रहवादेखि डुडुवा जोड्ने मोटरेबल पुल निर्माणका लागि बजेट माग गरिएको छ । यसले नेपालगञ्ज पुग्न १८ किलोमिटर दुरी कम हुनेछ । त्यस्तै मटेहियादेखि सोनबर्षासम्मको ६ किलोमिटर बाटो कालोपत्रे, गंगापुरदेखि जमुनी हुँदै हुलाकी सडक जोड्ने पक्की सडक, सोनबर्षादेखि कोहला हुँदै हुलाकी रोड जोड्ने पक्की सडक, नरैनापुरदेखि अगैया जोड्ने सडक, हुलाकी सडकदेखि बानियाँगाउँ नेपाल भारत सीमासम्म जोड्ने कालोपत्रे सडक, हुलाकी रोडदेखि कोटिया नेपाल भारत सीमासम्म जोड्ने कालोपत्रे सडक, हुलाकी सडकदेखि हुलासपुर्वासम्म जोड्ने कालोपत्र सडकका लागि योजना माग गरिएको अध्यक्ष शाहले जानकारी दिनुभभयो ।

“वडा नम्बर ४ मा औद्योगिक ग्रामका लागि पनि योजना माग गरेका छौं, वडा नम्बर ४ मा रहेको गोबद्र्धन धाम, वडा नम्बर ३ स्थित बाबा बर्फानी, वडा नम्बर २ को सुन्दरमुन्दरको धार्मिक पर्यटकीय विकासका लागि पनि हामीले ध्यानाकर्षण गराएका छौं,” अध्यक्ष शाहले भन्नुभयो । प्रदेश योजना आयोग समक्ष ७६ वटा योजना माग गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताउनुभयो । “बृहत् गुरु योजना बनाएर एकिकृत स्वरुपमा प्रस्ताब पेश गर्न भन्नुभएको छ, हामी अब त्यसै अनुरुप काम अघि बढाउँछौं, शाहीले भन्नुभयो–“विकासले विगतमा गति लिन नसकेको क्षेत्रमा अब पूर्वाधारसंगै विकासका सबै आयामलाई दु्रतत्तर गतिमा अघि बढाउनुपर्दछ भन्ने अठोटका साथ जनप्रतिनिधिहरु दृढ इच्छाशक्तिका साथ लाग्नुभएको छ, त्यसमा प्रदेश सरकार र प्रदेश योजना आयोगले निकै सकारात्मक प्रतिक्रिया दिएका छन्, अब सबै मिलेर नरैनापुरको मुहार फेर्नुपर्छ ।”

प्रदेश योजना आयोगमा नरैनापुरसंगै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु लगायतको टोली पनि विकासका योजना माग गर्न संगसंगै गएको थियो ।


प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १४:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP