नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अझै कायम बालविवाह
अझै कायम बालविवाह
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज २३, २०७७ बागेश्वरी पोस्ट
अझै कायम बालविवाह

नेपालगन्ज । हरिराम यादव (नाम परिवर्तन) भर्खरै १४ औं बसन्त पार गर्दैछन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका भवानियापुर निवासी यादव कक्षा–७ मा अध्ययनरत छन् । तर, उनको गत वैशाखमा विवाह भइसक्यो । उनी पढ्ने विद्यालयको कक्षा–५ मा पढ्ने आशरानी (नाम परिवर्तन) सँग उनको लगनगाँठो बाँधिएको छ । पढाईमा तेज १२ वर्षिया आशरानी बाबुआमाको दवावमा विवाह बन्धनमा बाँधिएकी हुन् । विद्यालय गएर धेरै पढ्छु भन्ने आशरानी आजभोली विद्यालय जान मन गर्दिनन् । “विवाह भइसक्यो, स्कूल गएर पनि के गर्छौ ? छोरीको जात भोलि लोग्नेको घर गएर पनि चुलोचौको सम्हाल्ने हो, भो अब नजाउ,” बाबुआमाको दिनहुँको यो भनाईले आशरानीको मन कुँडिन्छ । तर पनि बाबुआमाको भनाईको प्रतिवाद गर्न सक्ने क्षमता उनमा छैन ।

नेपालको कानुनले २० वर्षमुनिकालाई विवाह गर्न बन्देज लगाए पनि हरिराम र आशरानी जस्ता बालबालिकाको विवाह हुने क्रम बाँकेमा अझै रोकिएको छैन । यो एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो । गएको आर्थिक बर्ष २०७६/७७ मा बाँकेमा ५९ वटा बालविवाह भएको प्रहरी तथ्यांक छ । तर, यस बाहेक पनि कैयौं बालविवाह भएका छन् ।

गत चैत्र ११ गतेदेखि साउन ७ गतेसम्म भएको लकडाउनमा मात्रै राप्तीसोनारी गाउँपालिकामा २० वटा बालविवाह भएका छन् । लकडाउनमै जिल्लाका अन्य पालिकाहरुमा पनि सरदर ६/७ वटाको दरले बालविवाह भएको बालविवाह विरुद्ध काम गरिरहेका विभिन्न संघसंस्थाहरुको भनाई छ । सामाजिक सञ्जालको दुरुपयोग बढ्दा लकडाउनमा समेत बालविवाह नरोकिएको बालविवाह विरुद्धका अभियन्ताहरुको बुझाई छ । बाँकेका धेरै ठाउँमा कुनै न कुनै स्वरुपमा बाल विवाह भइरहेकै छ । तर, ती विवाहका घटना पूर्णतया सार्वजनिक भने हुँदैनन् ।

सुगम र सुविधा सम्पन्न मानिएको बाँकेमा बाल विवाह विशेषतः मधेशी समुदाय (अवधि भाषी बीच) मा हुने गरिरहेको बाल विवाह विरुद्ध क्रियाशील संघसंस्थाहरुको अध्ययनले देखाएको छ । बालविवाह विरुद्ध दर्जनौं संस्थाहरुले बाँकेमा काम गरिरहे पनि जिल्लामा अझै बालविवाहले निरन्तरता पाइरहेको छ । बाल विवाह मात्र होइन, अनमेल विवाह, बहुविवाह लगायतका कुसंस्कार पनि जिवितै छन् । तराईका थुपै्र जिल्लामा सानै उमेरमा विवाह भएपनि बालिकाहरु माइतमै बस्ने चलन छ । रजश्वला हुनु अगावै विवाह गरिदिए पुण्य कमाइन्छ भन्ने मान्यताले पनि अभिभावकहरुको मन मस्तिष्कमा जरा गाडेको छ । त्यो जरामा मलजल हाल्ने काम गरेको छ–पारिवारिक, सामाजिक संरचना, संस्कृति, परम्परागत मूल्य मान्यता आदिले । बालविवाह विशेषतः गरिव, अशिक्षित परिवारमा नै बढी हुने गर्दछ ।

मधेशी समुदायमा बालबालिका वीच सानै उमेरमा मगनी गरिन्छ, त्यसपछि विवाह गराइन्छ । त्यसपछि गौना र थौना लगायतका प्रक्रिया पूरा गराइन्छ । यो बीचमा दाइजोको चलखेलले पनि ठूलै रुप लिन्छ । यसले पनि आपसी असमझदारी निम्त्याउँदा हिंसा बढिरहेको अवस्था छ । विवाह र लोग्ने स्वास्नीको सम्वन्ध बारे समेत अनभिज्ञ यस्ता बालबालिकालाई परिवारले नै विवाह गरिदिएपछि उनीहरुको पढाई निरन्तरतामा बाधा मात्र पुग्दैन, भविष्य समेत अन्धकारतर्फ धकेलिन्छ । बाबुआमाले सानैमा गरिदिने विवाहको समस्या एकातिर छ भने स्कुल लेभलको पढाई पूरा नगर्दै पे्रम विवाह गरेर भाग्नेहरुको संख्या पनि कम छैन । विशेषतः बालविवाहले दीर्घकालीनरुपमा बालबालिकालाई बढी असर पु¥याउँछ भन्ने अभिभावकलाई पनि बुझाउन सकिएको छैन जवकि बालविवाहले सानैमा गर्भवती हुने, स्वास्थ्य कमजोर हुने, पारिवारिक बोझ थुिप्रने आदि समस्या बढ्दो छ ।

सानैमा विवाह गर्दा मातृशिशुु खतरामा पर्ने, कुपोषित र रोग संक्रमित हुने खालका शिशु जन्मिने, पाठेघरमा रोग देखिने वा वच्चालाई स्याहार सुसारमै समस्या देखिने सम्वद्ध चिकित्सकको भनाई छ । बाबुआमाले पनि आफ्ना सन्तानलाई बोझ नठानी उनीहरुको पढाई, आचरणलाई ध्यान दिनुपर्छ । वेवास्ता गर्दै जाने हो भने छोरीछोरी आप्mनो मनपरी गर्दै हिँड्न बेर लगाउँदैनन् । यी विषयमा परिवार सम्वेदनशील हुनैपर्छ । समाजमा पनि यस्ता विषयमा सकारात्मक अन्तरक्रिया हुन जरुरी
छ । बालविवाह जस्ता कुसंस्कार रोक्न कसैको एक्लो पहलले सम्भव छैन । सरकारी निकाय, बाल क्लव, किशोरी क्लव, युवा क्लव, बालअधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, सामाजिक कार्यकर्ताको हातेमालो जरुरी छ ।

(अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपालको डिजिटल टेक ओभर कार्यक्रम अन्तर्गत् बाँकेको खजुरा गाउँपालका वडा नम्बर ४ बुद्धपुरकी किशोरी निशा सुनारले एक दिनका लागि अतिथि सम्पादक भएर सम्पादन गर्नुभएको हो )


प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
हराएका दुई बालक भेटिए
हराएका दुई बालक भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP