prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • स्वास्थ्य क्षेत्र अस्तव्यस्त : पूर्वाधार र संरचना पर्याप्त नहुँदा बिरामी प्रताडित
स्वास्थ्य क्षेत्र अस्तव्यस्त : पूर्वाधार र संरचना पर्याप्त नहुँदा बिरामी प्रताडित
banijya office
छापाबाट
मंगलबार, असोज २७, २०७७ छापाबाट
स्वास्थ्य क्षेत्र अस्तव्यस्त : पूर्वाधार र संरचना पर्याप्त नहुँदा बिरामी प्रताडित

नेपालगन्ज । स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस भएको छ । मुख्यतः पर्याप्त आईसीयू, भेन्टिलेटर र स्वास्थ्यकर्मी नहुँदा गम्भीर प्रकृतिका बिरामी र कोरोना संक्रमितको उपचार गर्न सकस भएको हो ।

nepalgunj 081-082

अस्पतालमा बिरामीहरू पुग्दा सजिलै उपचार पाउँदैनन् । यस्तै, बिरामीले अस्पतालमा आईसीयू र भेन्टिलेटर खोज्दा सहजै नपाएको गुनासो गर्दै आएका छन् । कतिपय लक्षणसहितका संक्रमित घरमा बस्न विवश छन् ।

कीर्तिपुर मैत्रीनगरका ४८ वर्षीय एक पुरुषमा लक्षणसहितको संक्रमण देखियो । उनका आफन्तले आईसियूका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फोन गरे । तर, आईसीयू बेड खालि नभएको अस्पतालबाट जानकारी पाए । उनका आफन्तले भने, ‘के गर्नु धेरै अस्पतालमा फोन गरें, बेड छैन भन्ने जबाफ पाएँ । सोर्सफोर्स भएकाले मात्रै पाउँछन् होला । अन्त्यमा वयोधा अस्पतालमा लगें ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर २ हजार ६ सय आईसीयू बेड र ९ सय वटा भेन्टिलेटर रहेका छन् । जब कि सक्रिय संक्रमित नै ३३ हजार ८ सय ८० पुगेका छन् । तीमध्ये अधिकांशमा लक्षण देखिएको छ । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार देशभर दर्तावाल चिकित्सकको संख्या २६ हजार ३ सय ४६ रहेको छ । पर्याप्त चिकित्सक ग्रामीण क्षेत्रमा नपुग्दा पनि बिरामीहरू घरमै रोग पालेर बस्न विवश छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसमध्ये ६७ जना भेन्टिलेटरमा र २७९ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।

काठमाडौं उपत्यकामा मात्रै ७६ भेन्टिलेटर र १ सय ८१ वटा आईसियू छन् । हाल बाग्मती प्रदेशमा १ सय ५५ जना आईसीयू र ४६ जना भेन्टिलेटरमा उपचाररत छन् । यसरी हेर्दा पनि ३० वटा भेन्टिलेटर र २१ आईसीयू खाली देखिन्छन् । तर, गम्भीर प्रकृतिका बिरामीले अस्पताल पुग्दा भेन्टिलेटर र आईसीयू नभएको जबाफ पाउने गरेका छन् ।

तर, स्वास्थ्य मन्त्रालयले आईसीयू र भेन्टिलेटरहरू अन्य बिरामीहरूलाई पनि प्रयोग भएका कारण कोरोना संक्रमितहरूले पाउन नसकेको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘सार्न सकिने इलेक्ट्रिक सर्जरीहरू अलिकति सारेर इमर्जेन्सी अप्रेसन मात्रै गरौं । त्यसबाट खालि हुन आएका आईसीयू तथा भेन्टिलेटरहरू कोभिड १९ का बिरामीका लागि प्रयोग गर्न दिनुपर्छ ।’

सरकारले अस्पतालहरूमा बेड अभाव हुन थालेपछि आकस्मिकबाहेकका शल्यक्रिया तत्काल नगर्न उपत्यकाका सरकारी अस्पताललाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले मन्त्रालयले सबै सरकारी अस्पताललाई आकस्मिकबाहेकका नियमित शल्यक्रिया हाललाई नगर्न निर्देशन दिएको बताए ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले सरकारले स्वास्थ्य पूर्वाधार विकासमा जोड नदिएको बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संरचना विकासमा जोड दिनुपर्छ । स्वास्थ्य क्षेत्रमा पूर्वाधारको निकै अभाव छ ।’ कोरोना व्यवस्थापनमा सरकारको तयारी अपूरो भएको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् । 


प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  ०६:५८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP