prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भेरीमा धमाधम आइसोलेसन निर्माण हुँदै
भेरीमा धमाधम आइसोलेसन निर्माण हुँदै
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज २७, २०७७ बागेश्वरी पोस्ट
भेरीमा धमाधम आइसोलेसन निर्माण हुँदै

नेपालगञ्ज । भेरी अस्पतालमा थप ७५ बेडसहितको आइसोलेसन निर्माण कार्य धमाधम भइरहेको छ । भेरी अस्पतालमा अक्सिजन सुविधासहित ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइए पनि लक्षणसहितका गम्भीर विरामीहरुको संख्या बढ्दै गएपछि सम्वाद समूह बाँकले थप आइसोलेसनको आवश्यकताका सन्दर्भमा सम्वाद सहजीकरण गरेको हो ।

paribartan 1


कोरोना संक्रमितको सहज र प्रभावकारी उपचारका लागि सम्वाद समूह बाँकले गत असोज ११ गते सरोकारवालासंग अन्तर सम्वाद गरेपछि आइसोलेसन निर्माण, व्यवस्थापनको तदारुकता बढाइएको हो । अहिले भेन्टिलेटरसहितको सुविधायुक्त आइसोलेसन निर्माण कार्य भइरहेको छ । एक हप्ताभित्रै आवश्यक संरचना निर्माण गर्ने तयारी गरिएपनि स्टोर गरिएका सरसामान व्यवस्थापन गर्नेदेखि प्राविधिक तयारी पूरा गर्दा अझै केही समय लाग्ने भेरी अस्पतालका कोभिड-१९ कमाण्डर डा. श्याम सुन्दर यादवले जानकारी दिनुभयो ।


नेपालगञ्ज उपमहागरपालिकाको अगुवाईमा उपभोक्ता समिति गठन गरेर दोस्रो तलाका दुई स्थानमा अक्सिजन, शौचालय सहितको संरचना निर्माण गरिँदैछ । आइसोलेसन निर्माणका लागि जिल्ला समन्वय समितिको शिक्षा तथा आकस्मिक कोष र ८ वटै स्थानीय तहबाट एक करोड सहयोग प्राप्त भएको छ भने नेपाल सरकारको सहयोग पनि थपिँदैछ । कोरोनाका गम्भीर संक्रमितलाई राखेर प्रभावकारी उपचार गर्नकै लागि आइसोलेसन सञ्चालन गरिन लागिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो । अध्यक्ष धितालका अनुसार—फल सिलिङ, ढोका झ्याल, एसी जडानका काम भइरहेको छ ।

यसैबीच सम्वाद समूह बाँकेका तर्फबाट आइसोलेसन निर्माणको स्थलगत अवलोकनका साथै सरोकारवालासँग आवश्यक सम्वाद तथा परामर्श समेत गरिएको छ । समूहका सहजकर्ता शुक्रऋषि चौलागाई, सदस्य एवं अधिवक्ता विश्वजित तिवारी, बाँकेका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका प्रमुख राम बहादुर कुरुम्वाङ, अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, भेरी अस्पतालका कोभिड-१९ कमाण्डर डा. श्याम सुन्दर यादव, निर्माण उपसमितिका संयोजक विजय गुप्तासहितको टोलीले निर्माण अवस्थाबारे चासो राख्दै आवश्यक छलफल गरेको हो ।

अवलोकनपछि अध्यक्ष धितालको कार्यकक्षमा गरिएको अन्तरसम्वादमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले कोरोनाको प्रभावकारी उपचारका लागि नागरिकस्तरबाट निरन्तर खवरदारी र सहयोगको आवश्यकता औंल्याउनुभयो । मेसु डा. प्रकाश थापाले दशैं लगत्तै उपचार शुरु हुने गरी तयारी गरिएको अवगत गराउनुभयो । डा. यादवले अझै थप आइसोलेसन निर्माणमा जोड दिनुभयो ।


प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १४:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल प्रेस युनियनको १०औं महाधिवेशन आगामी जेठमा हुने
नेपाल प्रेस युनियनको १०औं महाधिवेशन आगामी जेठमा हुने
राप्ती नदीमा निर्माणाधीन अस्थायी तटबन्धको निरीक्षण र अनुगमन
राप्ती नदीमा निर्माणाधीन अस्थायी तटबन्धको निरीक्षण र अनुगमन
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP