नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सरकारले एक सय बढी बिओपी थप्दै
सरकारले एक सय बढी बिओपी थप्दै
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक २७, २०७६ बागेश्वरी पोस्ट
सरकारले एक सय बढी बिओपी थप्दै

काठमाडौं। सरकारले भारत र चीनसँग सीमाना जोडिएका स्थानको सुरक्षालाई सशक्त बनाउने गरी थप बोर्डर अब्जर्भर पोस्ट (बीओपी) राख्ने गरी सघन तयारी अघि बढाएको छ । चीनसँगको सीमा क्षेत्रमा समेत सरकारले पहिलोपटक स्थायी बीओपी राखेर सीमा सुरक्षालाई बलियो बनाउनेगरी तयारी गरेको हो ।

भारतले नेपाली भूमि लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेलगत्तै सीमा सुरक्षाका विषयमा राष्ट्रिय एकता बनेको सरकारले बताउँदै आएको छ । गृहमन्त्री रामबहादुर थापाले सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै सीमा सुरक्षामा राष्ट्रिय एकता बनेको र सीमा सुरक्षाका लागि थप बीओपी सञ्चालन गर्न लागिएको बताएका थिए । सरकारले भारत र चीनसँग जोडिएका थप १ सय स्थानमा सशस्त्र प्रहरीकोे प्रस्तावमा थप बीओपी राख्ने गरी तयारी गरेको हो । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले भारत र चीनसँगका सीमा क्षेत्रमा १ सयभन्दा बढी बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्नेगरी नीतिगत तयारी अघि बढिसकेको बताए ।

‘सीमा क्षेत्रमा सयभन्दा बढी बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्नेगरी नीतिगत तयारी अघि बढिसकेको छ, जनशक्ति व्यवस्थापनका विषयमा थप परामर्श हुँदै छ,’ गृह प्रवक्ता शर्माले भने । शर्माले सशस्त्र प्रहरीमा नयाँ जनशक्ति पदपूर्ति गरेर जनशक्ति व्यवस्थापन गर्न तत्काल सम्भव नभएका कारण थप बीओपीमा खटाइने जनशक्तिलाई भन्सार, गण, गुल्म, बाहिनी तथा हेडक्वार्टरमा खटाइएका मध्येबाट कटौती गरेर व्यवस्थापन गर्नेगरी छलफल भइरहेको जनाए । हाल भारतसँगको सीमातर्फ नेपाली सीमाको सुरक्षा गर्न सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा १०७ वटा बीओपी सञ्चालनमा छन् ।

प्रत्येक बीओपीमा ३५ जनाको समूहमा टोली खटाइएको छ । सशस्त्र प्रहरीको एक बीओपीबाट अर्को बीओपीको दूरी १८ देखि २० किलोमिटरमा छ । नेपालको भारतसँग करिब १ हजार ८८० र चीनसँग १ हजार ४१४ किमि सीमा जोडिएको छ । सबै बीओपीमा गरी सशस्त्र प्रहरीको ३ हजार ७४५ जना सीमा सुरक्षामा खटिएका छन् । हाल सशस्त्र प्रहरीको कुल दरबन्दी ३७ हजार ११७ छ ।चीनसँग जोडिएका नाकामा भने सरकारले हालसम्म बीओपी राखेको छैन । स्थायी बीओपी नराखे पनि सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी र मुस्ताङको कोरला नाकाको सुरक्षामा जिल्लाबाट नै सशस्त्र प्रहरी खटाइँदै आइएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले थप बीओपीबारे गृह मन्त्रालयमा प्रस्ताव लगिएको र स्वीकृत भएलगत्तै सञ्चालनमा ल्याइने जानकारी दिए ।

‘हामीले थप बीओपीको प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेका छौं, प्रस्ताव स्वीकृत भएलगत्तै सबै स्थानमा बीओपी सञ्चालनमा ल्याउँछौं,’ सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने । नयाँ खुल्ले बीओपीमा समेत सशस्त्र प्रहरी निरीक्षककै कमान्डमा टोली परिचालन गरिने उनले जानकारी दिए। सरकारले चीनसँगका चार सीमामा समेत बीओपी सञ्चालन गर्नेगरी तयारी गरेको हो ।

जसअनुसार दार्चुलाको लिपुलेक र कालापानी, हुम्लाको हिल्सा, मुस्ताङको लोमन्थाङ र संखुवासभाको किमाथांकामा बीओपी खोल्ने सरकारको तयारी छ ।श्रोत: राजधानी दैनिक ।


प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  ०७:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP