नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेमा बालविवाह रोक्न किशारी क्लब प्रभावकारी बन्दै
बाँकेमा बालविवाह रोक्न किशारी क्लब प्रभावकारी बन्दै
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज २९, २०७७ बागेश्वरी पोस्ट
बाँकेमा बालविवाह रोक्न किशारी क्लब प्रभावकारी बन्दै

नेपालगञ्ज । प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सरोकार सचेतन मञ्च (स्याक) नेपालले सञ्चालन गरिरहेको बालविवाह रोकथाम परियोजनाको संयुक्त अनुगमन गरिएको छ ।

बुधबार बैजनाथ गाउँपालिकामा पुगेर संयुक्त अनुगमन गरिएको हो । त्यहाँ रहेको चेतना किशोरी क्लबले बालविवाह रोकथामका लागि गरिररहेका गतिविधि र त्यसले पारिरहेको प्रभावका विषयमा छलफल समेत गरिएको छ ।

बाँकेमा दुई बर्षदेखि सञ्चालित परियोजना अन्तर्गत् ८ वटै स्थानीय तहमा किशोरी क्लब गठन गरेर बालविवाह न्यूनीकरण र रोकथामका लागि काम भइरहेको छ । त्यस क्रममा किशोरी क्लबको सैद्धान्तिक ज्ञान तथा स्रोत केन्द्र मार्र्फत् गरिएका प्रयास, बावविवाह, लैंगिक हिंसा, दुब्र्यवहार र बाल हिंसा विरुद्धको अभियानलाई सक्षम बनाउन र भेदभावरहित व्यवहार गर्न प्रोत्साहनका लागि समुदाय र घरपरिवारमा गरिएका प्रयास तथा बालविवाह न्यूनीकरण गर्नका लागि सामाजिक अगुवा तथा धार्मिक गुरुहरुद्वारा गरिएका प्रयासका विषयमा अनुगमन गर्नुका साथै आगामी दिनमा अझ प्रभावकारी ढंगले गतिविधि सञ्चालन गर्ने विषयमा छलफल समेत गरिएको छ ।

किशोरी क्लबका प्रतिनिधिहरुले लकडाउनको अवधिमा मात्रै आफूहरुले ७ वटा बालविवाह रोकेको बताएका छन् । बालविवाह हुँदै गरेको जानकारी पाएपछि प्रहरी प्रशासन, वडा कार्यालयलाई खबर गरेको क्लब गठन भएपछि १५ वटा जति विवाह रोकेको उनीहरुले बताए । क्लबकी अनु राउतले अभिभावकहरुले गरिदिने बालविवाह अब हुन छोडेको बताउँदै सामाजिक सञ्जालले नजिक बनाएका उमेर नपुगेका किशोर किशोरीले भागी विवाह गर्ने समस्या भने चुनौति बनेको बताउनुभयो । अभिभावकहरुसंग बालविवाह नगर्ने प्रतिबद्धता मागेको बताउँदै किशोरीहरुले बालविवाह विरुद्ध हस्ताक्षर समेत गराएको बताए ।

धार्मिक गुरुहरुले नागरिकता वा जन्मदर्ता हेरेर मात्र विवाह गराउने गरेको बताएका छन् । आफूहरुले बालविवाह विरुद्ध चेतना फैलाउने काम गरिरहेको पनि उनीहरुले बताए । प्रत्येक किशोरी क्लबलाई दुई दुई वटा कम्प्युटर प्रदान गरेर श्रोत केन्द्र व्यवस्थापन पनि गरिएको छ । पालैपालो कम्प्युटर सिक्ने काम गरिरहेको किशोरीहरुले बताए । बेसिक नलेजको लागि सहजीकरण गरिदिन उनीहरुले आग्रह गरेका छन् । साइबर क्राइमका बारेमा सामान्य बुझाई भएपनि यसको उजुरी र कानुनी प्रक्रियाबारे अझै जानकारी जरुरी रहेको उनीहरुले औंल्याए ।

संयुक्त अनुगमनमा बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष शारदा रेग्मी विक, सामाजिक विकास समितिका संयोजक गुमान बहादुर दमाई, महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवाली, प्लान इन्टरनेशनल नेपालकी बालविवाह रोकथाम परियोजना संयोजक आशा बुढा, स्याक नेपालका बालविवाह रोकथाम परियोजना प्रबन्धक जगदिश थापा, स्याक नेपालकै विनिता आरसी, स्याककै बैजनाथ संयोजक बविता सिंह, पत्रकार लगायत हुनुहुन्थ्यो । किशारीहरुले क्लब मार्फत् बालविवाह रोकथामका लागि प्रभावकारी काम गरिरहेको आफूले पाएका प्लानकी बुढाले बताउनुभयो ।


प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP