prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • सावधान ! यसकारण हुन्छ ग्यास विस्फोट
सावधान ! यसकारण हुन्छ ग्यास विस्फोट
banijya office
छापाबाट
शुक्रबार, असोज ३०, २०७७ छापाबाट
सावधान ! यसकारण हुन्छ ग्यास विस्फोट
फाइल फोटो

नेपालगन्ज । प्रयोगविधिमा कमजोरी र सचेतना तथा परीक्षण अभावले ग्यास सिलिन्डर दुर्घटना हुने गरेको छ । जानकारका अनुसार अधिकांश उद्योगले ग्यास सिलिन्डरको हाइड्रोलिक परीक्षण बेलैमा गर्दैनन् ।

nepalgunj 081-082

‘नेपाल गुणस्तर ऐनअनुसार सिलिन्डर पाताको मोटाइ २.९ मिलिमिटर (एमएम) हुनुपर्छ, तर निरीक्षण गर्दा १.८ एमएमसम्म भेटिन्छन्, पाता पातलो हुँदा विस्फोट हुने गरेको छ,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘उद्योगीले पर्याप्त परीक्षणबिनै सिलिन्डर बजार पठाएका छन् ।’

बजारमा रेगुलेटर र ग्यास पाइप पनि कमसल पाइन्छ तर त्यसको अनुगमन हुँदैन । ‘सिलिन्डर र रेगुलेटरको गुणस्तरबारे गुणस्तर तथा नापतौल विभागले हेर्नुपर्ने हो,’ महर्जनले भने । ग्यास, रेगुलेटर र पाइपको निरीक्षण गर्ने दायित्व आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको पनि हो । रेगुलेटर र पाइपको उत्पादन स्वदेशमा मात्र हुँदैन, पर्याप्त मात्रामा आयात पनि गरिन्छ । धेरैजसोले गुणस्तरको मापदण्ड पालना गर्दैनन् ।

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले गुणस्तर चिह्न (एनएस) अन्तर्गत गुणस्तर विभागले नै निरीक्षण गर्नुपर्ने बताए । ‘विगतमा निगमले पनि अनुगमन गरिरहेको थियो । एनएस अनिवार्य भएपछि गुणस्तर विभागले हेर्छ । उद्योगले सिलिन्डर स्क्राब गर्दा त्यसको विवरण पनि विभागमै बुझाउनुपर्छ,’ उपाध्यायले भने । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ग्यास उद्योगको अनुगमन भइरहेको दाबी गरे ।

‘कोभिड संक्रमण र लकडाउनका कारण बीचमा त्यति अनुगमन गर्न सकेका छैनौं । तौलको हकमा छिटफुट अनुगमन भइरहेकै छ,’ उनले भने । पछिल्लो समय एनएस चिह्न अनिवार्य भएकाले उद्योगबाट त्यति हेलचेक्य्राइँ नभएको उनले दाबी गरे । विभागका अनुसार धेरैजसो दुर्घटना रेगुलेटर भल्भबाटै हुने गरेको छ । सिलिन्डरको ‘बडी लिकेज’बाट पनि दुर्घटना हुन्छ तर यसको सम्भावना कम हुन्छ । ‘बडी लिक भए ग्यास लोड/अनलोड गर्दा गन्ध आउँछ ।

ग्यास उद्योग, वितरक, डिलरमा समेत स्टोर हुने हुँदा लिकेज थाहा हुन्छ,’ महानिर्देशक पुडासैनीले भने । यस्तै फाइप फिटिङ गर्दा सही ढंगले ‘लक’ नहुँदा ग्यास लिकेज हुन्छ । ‘कडा खालको पाइपले रेगुलेटरमा समस्या पार्छ,’ उनले भने, ‘ग्यास लिकेज भएपछि आगलागी हुन्छ र सिलिन्डर पड्किन्छ । धेरैजसो घटना यही कारणबाट हुन्छ ।’ चुलो र पाइपबाट हुने लिकेजबाट पनि दुर्घटना हुने गरेको छ । पाइप नमिल्दा ग्यास लिक हुन्छ । ‘ग्यास प्रयोग गर्नु अगाडि राम्रोसँग जाँच गर्नुपर्छ,’ महानिर्देशक पुडासैनीले भने ।

एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले पनि रेगुलेटरकै समस्याका कारण ग्यास सिलिन्डर पड्किने गरेको बताए । ‘एनएस प्राप्त सिलिन्डर त्यत्तिकै पड्किँदैन । ग्यास लिकेज भएपछि आगलागी हुन्छ, त्यसपछि मात्रै
पड्किने हो,’ उनले भने ।’

सिलिन्डरमा सेफ्टी क्याप अनिवार्य हुनुपर्छ । ग्यासको भल्भ पुनः प्रयोगले जोखिम बढ्दै जान्छ, त्यसैले एक पटक मात्र प्रयोग गर्नुपर्छ । पूर्वअध्यक्ष घिमिरेका अनुसार सिलिन्डर बनेको १० वर्षमा हाइड्रोस्टाटिक परीक्षण गर्नुपर्छ, त्यसपछि प्रत्येक ५ वर्षमा अनि ३ वर्षमा गर्नुपर्छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी सिलिन्डर त्यत्तिकै पड्किहाल्दैन । ‘ग्यास लिकेज, विद्युत् सर्टेजले आगलागी हुन्छ, त्यसले सिलिन्डर तात्छ, त्यसपछि मात्रै पड्किने हो,’ उनले भने । उनका अनुसार आयात हुने सिलिन्डरका लागि पनि नेपालको गुणस्तर चिह्न अनिवार्य लिनुपर्छ ।

भण्डारीका अनुसार सिलिन्डरको आयु कति वर्ष भन्ने हुँदैन । ‘कतिपय नयाँ सिलिन्डर दुई/तीन महिनामै लिकेज भएर स्क्राब गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीकहाँ ग्याससम्बन्धी ऐन छैन, भारतीय मापदण्डअनुसार उद्योग स्थापना भएका छन् ।’ सिलिन्डर बिक्री गर्दा हाइड्रोलिक परीक्षण गरेको, परीक्षण गरिएको मिति, अर्को पटक पुनः जाँच गराउने मिति उल्लेख गर्नुपर्ने हुन्छ । सिलिन्डर नकुच्चेको, रङ नखुइलेको, सिलिन्डरको मार्किङ लेबल स्पष्ट देखिएको र तौल १४ दशमलव २ केजी भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । कान्तिपुर दैनिकमा राजु चौधरीले खबर लेखेका छन् । 


प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  ०९:२२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP