नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुर गाउँपालिकाद्वारा कानुन निर्माणमा तीब्रता
नरैनापुर गाउँपालिकाद्वारा कानुन निर्माणमा तीब्रता
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १, २०७७ बागेश्वरी पोस्ट
नरैनापुर गाउँपालिकाद्वारा कानुन निर्माणमा तीब्रता

नरैनापुर (बाँके) । बाँकेको नरैनापुर गाउँपालिकाले कानुन निर्माणलाई तीब्रता दिएको छ । गाउँपालिकाले असोज महिनामा मात्र ६ वटा कानुन, नियमावली र कार्यविधि बनाएको छ । शुक्रबार विशेष गाउँसभाबाट वातावरण तथा प्राकृतिक संरक्षण स्रोत ऐन २०७७ सर्वसम्मतले पारित गरेको गाउँपालिकाले असोज ९ गतेको कार्यपालिका बैठकबाट ५ वटा नियमावली र कार्यविधि बनाएको थियो ।

शुक्रबार गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको विशेष गाउँसभाले वातावरण तथा प्राकृतिक संरक्षण स्रोत ऐन २०७७ सर्वसम्मतले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिनुभयो । प्रदेश सरकारले तत्काल ऐन ल्याउन ताकेता गरेपछि विशेष गाउँसभाबाट सर्वसम्मत पारित गरिएको शाहीले बताउनुभयो । अब राजपत्रमा प्रकाशित गरेपछि ऐन कार्यान्वयनमा आउनेछ । प्रमुख प्रशासकीय अधिकृत शाहीले भन्नुभयो–“यो ऐन लागू भएपछि अब हामीलाई वातावरण स्रोत नक्सा तयार गर्न, वातावरण प्रतिकुल हुने अवस्थालाई रोक्न, वन क्षेत्रको संरक्षण गर्न, स्थानीय स्रोतको दोहनलाई रोक्न, स्थानीय स्रोतमा बृद्धि गर्न सहज हुनेछ ।”

गाउँपालिकाका अध्यक्ष शाहले प्रारम्भिक वातावरणीय परिक्षण (आइईई) मार्फत् वातावरणमैत्री विकासका लागि बाटो खुलेको बताउनुभयो । गाउँसभामा प्रस्तावित ऐन उपर वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य र वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यले सुझाब दिनुभएको थियो । जिन्सी शाखा प्रमुख भरत महतोले सञ्चालन गर्नुभएको गाउँसभामाा उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तव, वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना शेष, २ का अध्यक्ष मसुद अहमद शाह, ४ का अध्यक्ष दिनेश प्रसाद शर्मा र वडा नम्बर ६ का अध्यक्ष विरेन्द्रपाल सिंह लगायत कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्थिति थियो ।

यसअघि असोज ९ गतेको कार्यपालिका बैठकबाट सार्वजनिक खरिद नियमावली २०७७, सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्वन्धि कार्यविधि २०७७, व्यवसाय कर सम्वन्धि कार्यविधि २०७७, घर जग्गा बहाल कर व्यवसाय कार्यविधि २०७७ र सार्वजनिक जवाफदेहिता प्रबद्र्धन सम्बन्धि कार्यविधि २०७७ पारित गरिएको थियो ।


प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १७:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP