prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सत्ताधारी नेकपा भित्रको विवादले नयाँ मोड, पाण्डे महासचिव बन्दै
सत्ताधारी नेकपा भित्रको विवादले नयाँ मोड, पाण्डे महासचिव बन्दै
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक ५, २०७७ बागेश्वरी पोस्ट
सत्ताधारी नेकपा भित्रको विवादले नयाँ मोड, पाण्डे महासचिव बन्दै

नेपालगन्ज । सत्ताधारी नेकपा भित्रको विवादले नयाँ मोड लिन थालेको छ । यसअघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्ष मिलेको भन्दै १५ बुँदामा असन्तुष्टी राख्दै आएका वरिष्ठ नेता माधव नेपाल एकाएक ओलीसँग नजिकिएपछि यस्तो मोड आएको हो ।

विशेषगरी पार्टी निर्णय कार्यान्वयन, सरकार सञ्चालन र महत्वपुर्ण नियुक्तिमा ओली र प्रचण्डले कानेखुशी गरेर आफुलाई सधैं धोका दिएको भन्ने नेता नेपाल एकाएक ओलीसँग नजिक हुनु रहस्यमय छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच केहि दिनदेखी खट्पट भएको चर्चा चलिरहँदा नेता नेपाल ओली भेट्न बालुबाटार पुग्नुलाई संयोग मात्रै मान्न नसकिने एक नेता बताउँछन् । मंगलबार मात्रै ओली र नेपाल बिच झण्डै ३ घण्टा कुराकानी भएको स्रोतको दाबी छ ।

पछिल्लो मन्त्रीपरिषद हेरफेर र राजनीतिक नियुक्तिहरु मापदण्डविपरीत भएको भन्दै असन्तुष्ट रहेका नेता नेपाललाई ओलीले केही मुख्यमन्त्री र पार्टी पदाधिकारीमा नेपाल पक्षका नेताको नामै लिएर फकाएका थिए । प्रदेश ३ को मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा नेपाल पक्षको अष्टलक्ष्मी शाक्य वा राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिने र पार्टी महासचिव विष्णु पौडेलको ठाउँमा नेपाल पक्षकै नेता सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिन तयार रहेको भन्दै ओलीले नेपाललाई फकाएको स्रोतको भनाई छ ।

पछिल्लो मन्त्रीपरिषद हेरफेरमा अर्थमन्त्री बनेपछी पौडेललाई महासचिवबाट हटाउन ओलीलाई सजिलो भएको छ । यता एमालेको महाधिवेशनमा ६ भोटले पराजीत भएका सुरेन्द्र पाण्डेलाई महासचिव बनाउँदा सकारात्मक सन्देश जाने र प्रचण्ड पक्षले पनि बिरोध गर्न नसक्ने भन्दै ओलीले पछिल्लो सुरेन्द्र कार्ड प्रयोगमा ल्याएको पुर्व एमालेका एक नेताले बताए ।

ओलीसँग पटक–पटक भेट गरेर कानेखुसी मात्रै गर्ने तर दह्रोसँग कुरा राख्‍न नसक्ने भन्दै नेता नेपालले प्रचण्डको समेत आलोचना गर्दै आएका थिए । सोही कारण नेपाल पनि प्रचण्डसँग टाढा हुनसक्ने र पूर्वएमाले एक ठाउँमा उभिएर माओवादी पक्षलाई पाखा लगाउने रणनीतिमा ओली पुगेको बुझिएको छ । पार्टीको कर्णाली विवाद र मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध आएको अविश्वास प्रस्तावबारेको छलफल पनि कसरी टुङ्गियो भन्ने धेरैलाई अन्यौल छ । कर्णाली विवादबारे दुई अध्यक्षका सचिवालयले छुट्टाछुट्टै प्रेस नोट जारी गरेका छन् ।

नेकपामा पछिल्लो समिकरणले प्रचण्ड पक्षलाई थप चुनौती थपिएको विश्लेषकहरुको दाबी छ । प्रचण्ड थर्काउने र नेपाल फकाउने अभियानमा लागेका प्रधानमन्त्री ओलीले यसमा बाजी मारे भने पूर्व एमालेको छुट्टै पार्टी बन्न सक्ने अड्कलबाजी समेत सुरु भएको छ । एकातिर पूर्वमाओवादी खेमाका केही नेता ओलीसँग निकट बन्दै जानु र अर्कोतिर ओली–प्रचण्ड सम्बन्ध चिसो अनि ओली–माधव सम्बन्ध सुमधुर हुँदै जानुले नेकपाको माटोको घैंटो कुनैपनि बेला फुट्न सक्ने स्वयं नेकपा नेताहरु बताउँछन् । साझापोस्ट


प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  ०९:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP