prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • महाधिवेशनको टुङ्गो नलाग्दै काँग्रेसमा पदीय झगडा सुरु !
महाधिवेशनको टुङ्गो नलाग्दै काँग्रेसमा पदीय झगडा सुरु !
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक ११, २०७७ बागेश्वरी पोस्ट
महाधिवेशनको टुङ्गो नलाग्दै काँग्रेसमा पदीय झगडा सुरु !

नेपालगन्ज । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिती समेतको कार्यतालिका टुङ्गो नलाग्दै पदीय झगडा शुरु भएको छ । पदीय झगडा सभापति शेरबहादुर देउवाको घरभित्रै पनि प्रवेश गरेको छ । आगामी फागुनमा महाधिवेशन गर्ने भनिएपनि कोरोनाका कारण महाधिवेशनको तयारी नै सुरु नभएको काँग्रेसले जनाएको छ ।

फागुनमा हुन नसके २०७८ सालको भदौमा मात्रै महाधिवेशन गर्ने पार्टी सभापति शेरबहादुर देउवाको तयारी छ । अहिलेसम्मको अवस्था हेर्दा फागुनमा महाधिवेशन गर्न सकिने अवस्था नै नभएको काँग्रेस नेताहरु बताउँछन् । स्वयं सभापति देउवा पनि ०७७ सालमा महाधिवेशन गर्ने मुडमा छैनन् । पुनः सभापतिमा उम्मेद्वारी दिने तयारीमा रहेका देउवालाई ०७७ सालमा महाधिवेशन भए ज्योतिषीय हिसाबले ग्रहदशा अनुसार जित्‍न कठिन हुने सुझाव उनका ज्योतिषले दिएका छन् ।

यता महाधिवेशनको टुङ्गो नलागेपनि महाधिवेशनलाई लिएर पार्टी नेताहरुको घर झगडा शुरु भएको छ । स्रोतका अनुसार सभापति देउवाकै घरमा झगडाको आगो सल्काइएको छ । सभापतिमा आकांक्षी विमलेन्द्र निधी पक्षले देउवा पत्नी आरजु राणालाई आगामी महाधिवेशनमा महामन्त्रीमा उठाउने तयारी गरेपछी आरजुले नै देउवालाई पुनः सभापति उठ्नबाट रोक्न सक्ने अनुमान गरिएको छ । आरजुले समेत यसमा लोभ देखाउन थालेको काँग्रेसभित्र चर्चा छ । यद्यपि काँग्रेसमा धेरै नेताहरु प्रतिष्पर्धामा रहेकोले अहिले नै आरजुलाई महामन्त्री स्वीकार गर्न भने गाह्रो छ ।

सभापतिमा आकांक्षी शेखर कोईराला र शशांक कोईराला दाजुभाई बिच पनि महाधिवेशनलाई लिएर झगडाको आगो सल्केको छ । सभापतिमा आकांक्षी दुवैको चाहना एकले अर्कोलाई सघाउनुपर्ने भन्ने छ तर सहयोगीहरुले दुवैलाई अगाडि बढाएर आगोमा घिउ थप्‍ने काम गरिरहेका छन् ।

यता युवा नेता गगन थापा र उनका ससुरा अर्जुननरसिंह केसीको बीचमा पनि झगडाको आगो शुरु भएको छ । केसी र थापा दुवै महामन्त्री पद सुरक्षित गर्न अहिले सभापती उठ्ने भन्न थालेका छन् ।

नुवाकोटमा डा. रामशरण महत र अर्जुननरसिंह केसीको दुश्मनी पुरानै हो । यी दुईजनाले एकअर्कालाई जसरी पनि हराउने र विस्थापीत गराउन अभियान नै चलाउँछन् । तर यसपटक डा. महतलाई केसीको भन्दा आफ्नै भाई डा. प्रकाशशरण महतसँग डर छ । यहाँ पनि महत दाजुभाईबीचमा झगडाको आगो देखिने गरी सल्केको छ । दाजु महत रामचन्द्र पौडेल निकट हुन भने भाई महत सभापती देउवाका अति विश्वासपात्र मध्येका हुन् ।

यसपटकको महाधिवेशनमा रोचक चाहिँ सभापती देउवा र उनकी पत्नी आरजु राणाको बीचमा सल्काईएको आगोको लप्काले कतिलाई पोल्ने हो त्यो हेर्न बाँकी छ । यद्यपि आरजुकै लागि देउवाले सभापतिमा उम्मेद्वारी नदिने अवस्था नरहेको काँग्रेसका एक जिल्ला सभापति बताउँछन् । आरजुलाई पदाधिकारी बनाउने विषयमा देउवा बाहेक अरुको निर्णयले काम नगर्ने उनको तर्क छ ।

काँग्रेस महाधिवेशनमा देउवासहित रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधी, डा. शेखर कोईराला, डा. शशांक कोईराला लगायत ८ जना सभापतिका दाबेदार रहेका छन् ।


प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  ०७:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP