prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • चौरसिया हत्या प्रकरण:एसपी गंंगा पन्तले दर्ता नगरेको जाहेरी सरकारी वकिल कार्यालयले गर्‍यो
चौरसिया हत्या प्रकरण:एसपी गंंगा पन्तले दर्ता नगरेको जाहेरी सरकारी वकिल कार्यालयले गर्‍यो
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक १३, २०७७ बागेश्वरी पोस्ट
चौरसिया हत्या प्रकरण:एसपी गंंगा पन्तले दर्ता नगरेको जाहेरी सरकारी वकिल कार्यालयले गर्‍यो

पर्सा । नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा नेकपाकै दुई पक्षबीच भएकै झडपमा परि जीवन गुमाएका गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा आफन्तहरुले दर्ता गर्न खोजेको किटानी जाहेरी प्रहरीले नलिएपछि जिल्ला सरकारी वकिल कार्यालयले ८औं दिन दर्ता गरेको छ। पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले किटानी जाहेरी नलिएरै ८ दिन झुलाएकी थिइन । 

nepalgunj 081-082

स्वयं सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र विपक्षी नेपाली कांग्रेसले यस बिषयमा बिज्ञप्ती निकालेका थिए भने आफ्नत सहितका नेकपाका कार्यकर्ताहरुले हरेक दिन प्रदर्शन गरेका थिए। तर पनि पन्त टसको सम नभएपछि बिहिवार सरकारी वकिल पदम बहादुर कार्कीले सरकारी वकिल कार्यालयमा उजुरी दर्ता गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा निकट र इतर पक्षबीच झडप हुँदा मृत्यु भएका विन्दवासनी गाउँपालिकाका सचिव मुकेश चौरसियालाई न्याय दिलाउन पर्सा जिल्ला प्रशासन अघी हरेक दिन प्रदर्शन हुँदै आएको थियो। नेकपा प्रदेश नम्बर २ का सहसंयोजक नगेन्द्र चौधरी र नेकपा पर्साका इन्चार्ज रामचन्द्र साह प्रदर्शनको नेतृत्व गर्दै आएका थिए । मृतकका आफन्तहरुले पार्टी सचिव चौरसियाको हत्याको योजनाकार नेकपाकै पूर्व सांसद राजकुमार गुप्तालाई कार्वाहीको माग गर्दै किटानी जाहेरी दिन जाँदा प्रहरी प्रमुख पन्तले लिन मानेकी थिईनन् । उनले गुप्ताको नाम हटाएर ल्याए मात्र जाहेरी दर्ता गर्ने अडान लिदा पिडितहरुले मृतकको शब पनि उठाएका थिएनन्। गत बिहिवार गम्भिर घाइते भइ अस्पताल भर्ना भएका चौरसियाको स्थानिय न्यूरो अस्पतालमा निधन भएको थियो। उनको निधन लगत्तै आफन्तहरुले गत शुक्रवार नै किटानी जाहेरी दिन जाँदा लिइएको थिएन। गुप्ताको योजनामा हत्या भएको किटानी जाहेरी नलिइएपछि स्थानियहरु सडक प्रदर्शनमा उत्रिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा निकट गुप्तालाई बचाउन एसपी पन्त लागिपरेको आरोप स्थानिय तथा चौरसियाका आफन्तहरुले लगाएका थिए । प्रहरीले प्रधानमन्त्रीको सचिवालयबाट आएको फोनका कारण जाहेरी नलिएको प्रहरी स्रोतलाई उदृत गर्दै नेकपा पर्साका नेताहरुले बताएका थिए । किटानी जाहेरी नलिएपछि आफन्तले चौरसियाको शब नबुझ्दा नारायणी अस्पतालको शबगृहमा आठ दिनदेखि रहेको छ । चौरसिया हत्या प्रकरणमा प्रहरीलाई राजनीतिक गोटी बनाएर निरिह बनाइएको स्थानिय बुद्धिजिवीहरुले बताएका छन् ।

नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा बिहीबार आयोजना गरेको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा निकट तथा इतर पक्षबीच पक्षबीच झडप हुँदा दर्जनौं व्यक्ति घाइते भएका थिए । कार्यक्रमस्थलमा गाउँपालिका अध्यक्ष र सचिवबीच विवाद हुँदा उग्ररुप लिएको थियो । चौरसियाको निधन पछि नेकपा हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने, मुकेस चौरासियालाई शहिद घोषणा गर्नुपर्ने, घाइतेहरुलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने माग गरेको थियो। हाम्राकुराबाट।


प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १७:४३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP