prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • तुलसीपुरमा कमरा बिकको खुट्टा काटेको अभियोगमा दुई जना विरुद्ध ज्यान मार्ने मुद्दा दायर
तुलसीपुरमा कमरा बिकको खुट्टा काटेको अभियोगमा दुई जना विरुद्ध ज्यान मार्ने मुद्दा दायर
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक १४, २०७७ बागेश्वरी पोस्ट
तुलसीपुरमा कमरा बिकको खुट्टा काटेको अभियोगमा दुई जना विरुद्ध ज्यान मार्ने मुद्दा दायर

तुलसीपुर(दाङ)। तुलसीपुरमा एक ब्यक्तिको खुट्टा काटिदिएको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर वडा नं ११ नवलपुर निवासी ४५ बर्षीय कुमार (कमरा)विकको खुट्टा काटेको अभियोग खेपेका दूई युवालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

paribartan 1

तुलसीपुर १० पढ्ढा निवासी २४ बर्षीय अमृत चौधरी र तुलसीपुर १६ उत्तर कुररीया निवासी २२ बर्षीय पवन चौधरीले विकको खुट्टा आफुहरुले खुर्पाले हानेर छिनालेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबहादुर सिंहले शुक्रवार विहान कार्यालयमा गरेको पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गर्दै त्यस्तो जानकारी दिएका हुन । डिएसपी शिंहका अनुसार अमृत र पवन नाताले जवाँई जेठान हुन । दशैंको दिन पवन पढ्ढा स्थित माइतीमा आएका थिए । संगै बसेर मदिरा सेवन गरिरहेको सयममा तुलसीपुर १० गौलौरी निवासी अमृतका भिनाजु दूर्गा चौधरीले फोन गरेर अमृत र पवनलाई सहयोगका लागि बोलाएका थिए । दूर्गाले आफ्नो बुवालाई मरानासन्न हुनेगरि गाउँकै मानिसहरुले कुटपिट गरेको भन्दै गुहार मागेपछि पढ्ढाबाट अमृत र पवन घरेलु हतियारसहित गौलौरी तर्फ जाँदा विक बाटोमा फेला परेपछि उनी माथि अनाहकमा आक्रमण भएको देखिन आएको डिएसपी शिंहले बताए ।

घाइते विक गौलोरीका चौधरीहरुको बीचमा भएको उक्त झगडामा सामेलपनि थिएनन् । आक्रमण कारी र विकका बीचमा चिनजान पनि थिएन । अनाहकमा विकमाथि चौधरी द्धयले झगडामा सामेल भएको आशंका घरेलु हतियारले मरनासन्न हुनेगरि आक्रमण गरेको प्रहरीले बताएको छ । उक्त दिन विक गौलौरीस्थित आफ्नो भान्जाको विहे भोज खाएर पैदल हिडेर नवलपुरस्थित घर जाँदै थिए ।

डिएसपी शिंहका अनुसार बिकलाई बाटोमा भेटेपछि चौधरी द्धयले विकलाई सोधपुछ गरेपछि उनले विहे भोज खाएर आएको र घर जान थालेको बताए । त्यसपछि विकलाई चौधरीद्धयले झगडा गरेर आएको हो भनेर सोधे । विक आफ्ना भान्जा संग सामान्ने विवाद (झगडा)गरेर आएका थिए । उनले सामान्ने झगडा भएको हो त्यस्तो केही होइन भन्ने जवाफ फर्काएपछि उनीमाथि आक्रमण भएको देखिन आएको डिएसपी शिंहले बताए । विकको बायाँ खुट्टा चुरीगाँठा नजिकवाट छिनालिएको अवस्थामा फेला परेको थियो भने दुबै हात र ढाडमा धारिलो हतियार प्रयोग भएको प्रहरीले बताएको छ । ‘ घाइते विकले पनि मदिरा सेवन गरेको देखिन्छ,’ डिएसपी शिंहले भने ‘आक्रमणकारी दुबै जवाँई जेठानले पनि अत्यधिक मदिरा सेवन गरेको खुल्न आएको छ।’घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

विकको खुट्टा छनाल्ने दुबै जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । घाइते विकको हाल भारतको लखनउमा उपचार भइरहेको छ । यो घटना अनुसन्धान गर्न प्रहरीले कुल ८८ जनालाई पक्राउ गरि अनुसन्धान गरेको जानकारी दिएको छ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १६:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको मृत्यु
नेपाल प्रेस युनियनको १०औं महाधिवेशन आगामी जेठमा हुने
नेपाल प्रेस युनियनको १०औं महाधिवेशन आगामी जेठमा हुने
राप्ती नदीमा निर्माणाधीन अस्थायी तटबन्धको निरीक्षण र अनुगमन
राप्ती नदीमा निर्माणाधीन अस्थायी तटबन्धको निरीक्षण र अनुगमन
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP