नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बेपत्ता व्यक्तिका परिवारलाई परिचय पत्र वितरण बाँके र बर्दियाबाट शुरु हुने
बेपत्ता व्यक्तिका परिवारलाई परिचय पत्र वितरण बाँके र बर्दियाबाट शुरु हुने
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २१, २०७७ बागेश्वरी पोस्ट
बेपत्ता व्यक्तिका परिवारलाई परिचय पत्र वितरण बाँके र बर्दियाबाट शुरु हुने

नेपालगञ्ज । बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचय पत्र वितरणको काम अब छिट्टै शुरु हुने भएको छ । पीडित पहिचान गरेर तत्काल परिचय पत्र वितरणको काम शुरु गर्न लागिएको हो । सशस्त्र द्वन्दमा राज्य र गैरराज्य दुवै पक्षबाट सबैभन्दा बढी व्यक्तिहरु वेपत्ता पारिएको बर्दिया र बाँकेबाट परिचय पत्र वितरणको कार्य शुरु गर्न लागिएको हो ।

नेपालगञ्जमा आयोजित सरोकारवालासंगको अन्तरक्रियात्मक कार्यक्रममा बेपत्ता पारिएको व्यक्तिको छानविन आयोगका सदस्य एवम् प्रबक्ता डा.गंगाधर अधिकारीले ऐन नबनेका कारण द्रुत गतिमा कार्य सम्पादन गर्न कठिनाई भइरहेको बताउनुभयो । “ऐन नबनेर समस्या भयो,” डा.अधिकारीले भन्नुभयो–“कोरोना कहरले पनि नियमितको गतिमा अवरोध सिर्जना गर्यो, अब हामी ढिला नगरी बाँके र बर्दियाबाट पीडितलाई परिचय पत्र दिन्छौं, त्यही परिचय पत्रका आधारमा संघ, प्रदेश र स्थानीय सरकारले त्यसको स्वामित्व लिनुपर्छ ।” सदस्य डा.अधिकारीले आयोगले पीडितमैत्री भएर काम गर्ने दृढता व्यक्त गर्नुभयो । आयोगमा परेका निवेदनका आधारमा मात्रै पीडित पहिचान हुन नसक्ने भन्दै उहाँले पीडित करार गर्न केही प्रक्रिया पार गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले विभिन्न ठाउँमा गाडिएका भनिएका शबको पहिचानका लागि आयोग फोरेन्सिक कमिटि बनाएर अघि बढ्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

आयोगका सचिव कृष्णजिवी घिमिरेले द्वन्दपीडितलाई न्याय दिलाउनका लागि आयोग कटिबद्ध भएर आफ्नो कर्ममा क्रियाशील रहेको बताउनुभयो । पीडितहरुसंग छलफल र अन्तरिक्रया तथा सरोकारवाला पक्षसंग निरन्तर संवाद गर्दै आयोग अघि बढेको घिमिरेले बताउनुभयो । छलफल कार्यक्रमका सहभागीले पीडित परिवारलाई तत्काल परिचय पत्र वितरण गर्न आयोगलाई सुझाब दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तबले पीडितहरुको घाउमा मल्हम लाउन ढिला गर्न नहुनेमा जोड दिनुभयो । परिचय पत्र वितरण पश्चात् स्थानीय तहसंग समन्वय गरेर पीडित पक्षलाई सुविधा र सहुलियत दिलाउन आफू लाग्ने श्रीवास्तबले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले स्थानीयस्तरमा अयोगको सहयोगार्थ आफूहरुले भूमिका निभाउने बताउनुभयो । छलफलमा बाँके प्रहरी प्रमुख ओम बहादुर राना, सशस्त्र प्रहरी प्रमुख अशोक बम, उच्च अदालत बार एसोसियसनका अध्यक्ष विकास आचार्य, निवर्तमान अध्यक्ष बल बहादुर चन्द, जिल्ला बारका अध्यक्ष मोहम्मद अयुव सिद्दिकी, अधिबक्ता विश्वजित तिवारी, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारु, रेडक्रसकी निरञ्जना मल्ल लगायतले लामो समयदेखि पीडितहरु छट्पटाइरहेकाले छिटो न्याय दिलाउन आयोगले अझ बढी तदारुकता देखाउनुपर्नेमा जोड दिनुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव लाल प्रसाद पंगेनीको उपस्थिति रहेको कार्यक्रममा आयोगका अधिकृत सुमन अधिकारीले सहजीकरण गर्नुभएको थियो । बाँकेबाट आयोगमा १ सय १ उजुरी परेका छन् ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP