नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मर्यादाहीन मान्छेलाई अध्यक्ष मान्न वाध्य भयौं: सूर्य थापा
मर्यादाहीन मान्छेलाई अध्यक्ष मान्न वाध्य भयौं: सूर्य थापा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर ५, २०७७ बागेश्वरी पोस्ट
मर्यादाहीन मान्छेलाई अध्यक्ष मान्न वाध्य भयौं: सूर्य थापा
सुर्य थापा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् । उनले ‘मर्यादाहीन मान्छेलाई अध्यक्ष मान्न वाध्य भयौं’ भनेका छन् ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले पञ्चायतले समेत लगाउन नसकेको आरोप प्रचण्डले ओलीमाथि लगाएको भन्दै मर्यादाहीन मान्छेलाई अध्यक्ष मान्न वाध्य भएको बताएका हुन् । नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा शुक्रबार बिहानै थापाले प्रचण्डले गैरजिम्मेवार भएर ओलीमाथि आरोप लगाएको समेत बताए ।

नेकपाको सचिवालयको बैठकका क्रममा प्रचण्डले गत शुक्रबार राजनीतिक प्रतिवेदनका रुपमा आरोपपत्र पेश गरेका थिए । उक्त आरोपपत्रमा ओलीले गरेका भ्रष्टाचार र बेथितिका चाङहरु प्रचण्डले बाहिर ल्याएका थिए । उक्त प्रतिवेदनपछि आरोप प्रत्यारोप चलिरहेको छ । प्रचण्डको प्रतिवेदनको जवाफमा ओलीलेसमेत आगामी मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रतिवेदन पेश गर्ने भएका छन् । ओलीले मित्थ्या आरोप लगाएर अपमान गरेको भन्दै प्रमाणित गर्न नसके अध्यक्ष पद छाड्नुपर्ने तर्क पनि गरेका छन् ।

यो भनाइबाट प्रचण्डको कार्यकारी अध्यक्ष पद धरापमा परेको छ। नेता थापाले प्रचण्डलाई आरोप लगाउन कुनै प्रमाणको पनि जरुरी नभएको र मन नपरेपछि जसलाई जे भने पनि हुने रहेछ भनी तर्क गरेका छन्। उनले अहिलेसम्म प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत आरोप लगाउन नसकेका विषयमा प्रचण्डले आरोप लगाएको बताएका छन् ।

थापाले ‘मेरो आसेपासेको काम भएन भनेर सचिवालय बैठकमा अध्यक्षलाई आरोप लगाउनु गलत हो’ भनेका छन् । थापाले महाधिवेशनसम्म बहुमतका आधारमा नभइ सहमतिका आधारमा अगाडि बढ्ने सहमति भएको भन्दै अन्य सबै अफबाह भएको पनि स्पष्ट पारेका छन् । प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओली पार्टी एकताका लागि स्पष्ट रहेको भन्दै ओली प्रचण्डको पनि अभिभावक भएको बताए ।

प्रचण्ड अनैतिक र गैरजिम्मेवार हुँदा पनि प्रधानमन्त्री ओलीले गल्ती सुधार्न मौका दिने बताएका छन् । उनले पतनको बाटोमा पुगेको माओवादीलाई छहारी दिने काम प्रधानमन्त्री ओलीको भएको भन्दै प्रचण्डलाई फेरि पनि माफी दिएर छहारी दिने स्पष्ट पारेका छन्। पार्टीमा भएको किचलोका बेलामा प्रधानमन्त्री ओली चिनियाँ राजदूतसँग भेटेकोप्रति भने थापा फितलो ढंगले पेश भएका छन् ।

उनले काठमाडौंमा ३० वटा दूतावास भएको भन्दै जोसुकै राजदूत आएर पनि प्रधानमन्त्रीलाई भेटेर शुभकामना दिन सक्ने, छलफल गर्न सक्ने बताए । हाम्राकुराबाट।


प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १३:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP