prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पुरै गाउँ रित्याउने त्यो कहालीलाग्दो बस दुर्घटना
पुरै गाउँ रित्याउने त्यो कहालीलाग्दो बस दुर्घटना
banijya office
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १, २०७६ बागेश्वरी पोस्ट
पुरै गाउँ रित्याउने त्यो कहालीलाग्दो बस दुर्घटना
फाइल फोटो

प्यूठान ।अनुहार मलिन छ । हरपल रसाएझैं देखिन्छन् आँखा । ६१ वर्षीया दीपा अधिकारी रिजाललाई १४ वर्षअघिको दुःखान्तले आज पनि झस्काइरहन्छ । उनी चाहन्छिन्, त्यो घटना दिमागबाट मेटिएर जाओस् । तर अहँ, त्यो त आज पनि उत्तिकै ताजा छ १ उत्तिकै पीडादायी । ०६१ माघ ८ गते शुक्रबार दाङको देउखुरीबाट बेहुली लिएर प्यूठानको टारीगाउँ फर्केको जन्तीबस गर्जेनीमा दुर्घटनामा परेको थियो ।

nepalgunj 081-082

त्यो भयानक दुर्घटनामा परिवारका सबै सदस्य गुमाएकी थिइन्, बुहारी भित्र्याउने प्रतीक्षामा रहेकी बेहुलाकी आमा दीपाले । बुहारी ल्याउन आफूले अन्माएर पठाएको जेठो छोरो लोकराजसहित पति भीमकान्त, कान्छो छोरो माधव, देवर, भान्जा, भतिजालगायत ४१ आफन्तलाई त्यो दुर्घटनाले उनीबाट हठात खोसेको थियो । त्यसको एक वर्षपछि दीपाले गाउँको सबै सम्पत्ति बेचेर टारी छोडिन् । दाङको घोराही बजारनजिक एकतले घर किनेर छोरीज्वाइँको रेखदेखमा बस्न थालिन् । १४ वर्ष एक्लै बिताएको घरको एउटा कुनोमा थचक्क बस्दै उनले भनिन्, ‘भित्रभित्रै पोलिरहे पनि बाहिर खाटा बसिसकेको त्यो घाउ अब फेरि नकोट्याऊँ होला बाबु ?’ निरन्तरको तनावले उनको रक्तचाप बढेको छ । नियमित औषधि खान्छिन् । रुँदारुँदा दुवै आँखा कमजोर भएका छन् । भर्खरै आँखाको शल्यक्रिया गरेकी छन् ।

कालो चस्मा लगाएर चिनजान गरेपछि बिस्तारै भनिन्, ‘मेरा लागि मात्र नभएर हाम्रो टारीगाउँकै लागि त्यो कालो दिन थियो ।’ घटनापछि टारीगाउँ पुरुषविहीन भयो । टारीका मात्र २२ महिला विधवा भए । तीमध्ये केहीले दोस्रो विवाह गरे । कति छोराछोरीसहित बसाइँ सरे । दीपाले भनिन्, ‘सिंगो गाउँको खुसी त्यो दिन त्यही एउटा बसभित्र थियो । गर्जेनीमै बिलायो ।’ मृत्यु भएका सबै ४१ जनालाई झिमरुक नदी किनारमा लहरै जलाइएको थियो । सबै मलामीका आँखा नदीजस्तै उर्लिएका थिए । वर्ष दिनपछिको बर्खान्त पनि एकै ठाउँमा सामूहिक रूपमा गरिएको थियो । त्यसलगत्तै दीपाले गाउँ छोडेकी हुन् । ‘१८ वर्षमै जेठो छोरो जन्मेको थियो । बेलैमा जन्मेको छोराले बुढ्यौलीमा सुख देला भनेर एमएसम्म पढायौं । उसैको बिहेमा बज्रपात पर्‍यो,’ दीपा बिस्तारै खुलिन्, ‘ऊ सबैसँग मिल्ने स्वभावको थियो । आफ्नो बिहेमा धेरै जन्ती जानुपर्छ भनेर उसैले धेरै आफन्त बोलाएको थियो । टीकाटालो गरेर पठाएकी थिएँ । बेलुका बुहारीसहित खुसी लिएर फर्केलान् भनेको त सबै कहिल्यै नआउने गरी गए ।’ ६० जना जन्ती लिएर गएको बसमा फर्कंदा ५६ जना थिए । तीमध्ये ३३ जनाले घटनास्थलमै ज्यान गुमाए भने पाँच जनाको प्यूठान अस्पतालमा, दुई जनाको बुटवलस्थित अञ्चल अस्पतालमा र एक जनाको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको थियो ।

चालकसमेत १५ जना घाइते भएका थिए । मृत्यु भएकामा टारीगाउँका मात्र २८ जना थिए । दाङका दुई जना र अरू प्यूठानकै पुण्यखोला, विजयनगर र खलंगाका थिए । घोराही सरेपछि दीपा टारी फर्केकी छैनन् । तर उनको मन टारीबाट अलग्गिएको पनि छैन । ‘यता आएपछि त्यो जमिन, घर, बाहिरी सेरोफेरो त छैन,’ उनले भनिन्, ‘तर, मनभरि सधैँ टारीगाउँ र आफन्तकै मात्र झल्को आइरहन्छ ।’ सपनामा टारीगाउँको सेरोफेरो र आफन्त देख्दा रमाउने उनी झल्यास्स बिउँझिँदा अर्कै संसारमा आइपुगेजस्तो लाग्ने बताउँछिन् । भन्छिन्, ‘ब्युँझँदा मसँग आफन्त र टारीगाउँ केही हँॅदैन । दिनभरि कुनामा बसेर एक्लै रुन्छु । कोसँग पीडा सुनाउनु रु सुनाए पनि अब गुमेका कोही फिर्ता हुने होइनन् ।’ रेडियो, टेलिभिजनलगायत सञ्चारमाध्यममा सवारी दुर्घटनाको समाचार सुन्नेबित्तिकै त्यही माघ ८ को सम्झना आउने गरेको दीपाले बताइन् । ‘मैले समाचारमा सुनेजतिका जन्तीबस दुर्घटनाको गन्ती गरेकी छु । ०६१ माघ ८ यता आठवटा जन्तीबस दुर्घटनामा परे,’ उनले भनिन्, ‘हाम्रो जत्रै ठूलो दुर्घटना अन्त भएको छैन । तर पनि भइरहेकै छन् ।’ बाँचेको जीवन उपहार दुर्घटनामा गम्भीर घाइते भएर लामो उपचारपछि बाँचेका प्यूठान नगरपालिका, गेजबाङका शिवराज पण्डितले दुर्घटनापछिको जीवनलाई भगवान्को उपहारका रूपमा लिएको बताए । पण्डितको दाहिने खुट्टा, देब्रे हात र बायाँपट्टिका सातवटा करङ भाँचिएका थिए । ‘दुर्घटना सम्झँदा त्यतिका लासको थुप्रोमा कसरी जीवितै रहिएछ भन्ने लाग्छ,’ उनले भने, ‘एकअर्कालाई हेर्दाहेर्दै गुमेका आफन्तको सम्झना आउँछ । बरर आँसु झर्छन् ।’ दुर्घटनामा घाइते भएकाहरू सबै अहिलेसम्म जीवितै रहेको पण्डितले बताए । तीमध्ये पाँच जना गाडी खस्दै गर्दा हामफालेर बाँचेका थिए भने आठ जना बससँगै खोलामा झरेका थिए । सालोको बिहे भएकाले निकै रमाइलो गर्दै जन्ती गएको पण्डितले सुनाए । उनका अनुसार फर्कंदा चालकले गाडी धेरै छिटो कुदाइरहेका थिए । गीत घन्किरहेको थियो । कोही नाच्दै थिए, कोही गाउँदै । बाहिर सिमसिम पानी परेको थियो । ‘अन्दाजी साँझ सवा ६ बजेको हुँदो हो ।

गर्जेनीको घुम्तीनेर आइपुगेपछि गाडीमा एक्कासि गड्याङ्ग आवाज आएको थियो । त्यसपछि गाडी पल्टिँदै सीधै खोलामा पुगेको सम्झन्छु,’ उनले भने, ‘अरू कुरा त अस्पतालमै पुगेपछि मात्र थाहा पाएँ ।’ त्यो सडक अझै फराकिलो पारिएको छैन । अझै पनि त्यो बाटो भएर यात्रा गर्दा डर लाग्ने गरेको उनले सुनाए । ‘त्यसबेला ग्राभेल थियो,’ उनले भने, ‘अहिले पनि उस्तै साँघुरो छ । कालोपत्रे मात्रै गरिएको छ ।’ सुझाव बेवास्ता गर्जेनी दुर्घटनाले सिंगो मुलुकको ध्यानाकर्षण गराएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शोक वक्तव्य निकालेका थिए । जिल्ला विकास समिति, प्यूठानमा भएको सर्वदलीय बैठकले अधिवक्ता रामेश्वर सुवेदीको संयोजकत्वमा सात सदस्यीय स्वतन्त्र नागरिक छानबिन समिति गठन गरेको थियो ।

‘हामीले धेरै दुःख गरेर दुर्घटनाको कारणसहित प्रतिवेदन तयार पारेका थियौं,’ सुवेदीले भने, ‘तर कतैबाट पनि सुझाव कार्यान्वयन भएन । गर्जेनी दुर्घटना भएको १५ वर्ष बित्यो तर अहिले पनि सडक यातायातमा उस्तै लापरबाहीको अवस्था देख्छु ।’ चालकको गाडी चलाउने अनुभव कम भएको, तीव्र गतिमा बस चलाएको, मदिरा सेवन गरेको, साँघुरो सडकका कारण दुर्घटना भएको प्रतिवेदनको निष्कर्ष रहेको उनले बताए ।कान्तिपुरबाट साभार।


प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  ०७:५७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP