नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • डुडुवा गाउँपालिकामा १५ सैयाको अस्पताल संचालन हुँदै
डुडुवा गाउँपालिकामा १५ सैयाको अस्पताल संचालन हुँदै
banijya office RSG-2
सुनिल रेग्मी
आइतबार, मंसिर १, २०७६ सुनिल रेग्मी
डुडुवा गाउँपालिकामा १५ सैयाको अस्पताल संचालन हुँदै

डुडुवा (बाँके)। डुडुवा गाउँपालिका वार्ड नं. ५ अन्र्तगत नवनिर्मित कम्दी स्वास्थ्य चौकीको साढे दुई तले भवनको उदघाटन गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनको उदघाटन गर्दै पालिकास्तरमा १५ सैययाको अस्पताल निमार्णको तयारी भईरहेको बताउनुभयो ।

उहाँले अस्पताल निमार्णका लागि चाहिने जग्गाको व्यवस्थापन भईरहेको भन्दै गाउँपालिकामा स्वास्थ्य सम्वन्धी समस्याको समाधानका लागि आवश्यक बजेट तथा जनशक्तिको व्यवस्थापन गर्ने बताउनुभयो । अध्यक्ष चौधरीले समुदायस्तरमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको भुमिका महत्वपुर्ण भएकाले उनीहरुको योगदानको प्रंशासा गर्दै कार्यक्षेत्रमा आवत जावत गर्नका आगामी दिनमा यातायात सवारीका लागि साईकिलको व्यवस्थापन गर्ने बताउनुभयो ।

उहाँले वडा नंं ५ ठुलो भौगोलिक क्षेत्र र जनसंख्या भएकाले सेवाग्राहीलाई पायक पर्ने स्थान डलैपुरमा समुदायिक स्वास्थ्य सेवा इकाई स्थापना गर्ने बताउनुभयो । उद्घाटन समारोहमा गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढा, स्वास्थ्य चौकी इन्चार्ज थीरमानसिंह रोकाय, माहिला स्वयम्सेविका सरस्वती बुढाथोकी लगायतले बोल्नु भएको थियो । वडाध्यक्ष प्रशुराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवन निमार्णका जग्गादान गर्ने ६ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

७ कठठा जमिनमा रु २ करोड ४७ लाख ४१ हजार ८१६ को लागतामा साढे दुई तलाको भवन निमार्ण भएको स्वास्थ्य चौकी इन्चार्ज थीरमानसिंह रोकायले बताउनुभयो । सो भवनमा निशुल्क प्रयोगशाला र बर्थिङ्ग सेन्टर सञ्चालनमा रहेको छ भने १५ जना जनशक्तिले २४ सै घण्टा सेवा दिईरहेको छ । गाउँपालिकाको वडा नंं २ र ५ मा स्वास्थ्य चौकीको अत्याधुनिक भवन निमार्ण भईसकेको छ ।


प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  ०८:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा पश्चिम नेपालमै पहिलोपटक क्यान्सर रोग सम्बन्धि चिकित्सक सम्मेलन हुने
बाँकेमा पश्चिम नेपालमै पहिलोपटक क्यान्सर रोग सम्बन्धि चिकित्सक सम्मेलन हुने
शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनाका बिषयमा छलफल
शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनाका बिषयमा छलफल
लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो
लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो
बाँकेका पत्रकारहरुको निःशुल्क मुटु चेकजाँच
बाँकेका पत्रकारहरुको निःशुल्क मुटु चेकजाँच
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP