नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल कम्युनिस्ट पार्टीमा आरोप प्रत्यारोप, सूर्य थापाले सम्झाए नारायणकाजीलाई
नेपाल कम्युनिस्ट पार्टीमा आरोप प्रत्यारोप, सूर्य थापाले सम्झाए नारायणकाजीलाई
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर ७, २०७७ बागेश्वरी पोस्ट
नेपाल कम्युनिस्ट पार्टीमा आरोप प्रत्यारोप, सूर्य थापाले सम्झाए नारायणकाजीलाई
सुर्य थापा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आरोप प्रत्यारोपले स्थान पाउँदा नेताहरुमाथि विरोधले समेत तिव्रता पाएको छ । उक्त क्रममा शनिबार नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको कार्यक्रम चितवनमा नेकपाकै कार्यकर्ताले विथोलेका थिए । 

उक्त घटनापछि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले घटनाको भत्सर्ना गरेका छन् । त्यसपछि आरोप प्रत्यारोप चलिरहेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि लेखे, ‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद क. सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यहारको घटना अति निन्दनीय एवं भत्सर्नायोग्य छ । यसप्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन कसैको पनि हित गर्दैन । चेत होस् ।’

यसको जवाफमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कडा प्रतिक्रिया दिएका छन् । 

ट्वीटरमार्फत थापाले लेखे, ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिंदा  निदाउनुभएको थियो क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ – गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ! दुबै स्थायी कमिटी सदस्य – तब न नारायणकाजी  !’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथि बुटवलमा स्थानीय कार्यकर्ताले प्रदेश राजधानी बुटवलबाट सारेर दाङको भालुवाङ सारेको आरोपमा ढुङ्गा प्रहार गरेका थिए । 

यसपटक चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्य बनेका पाण्डेको उपस्थितिमा भएको कार्यक्रम नेकपाकै कार्यकर्ताले विथोलेका हुन् । पाण्डेको कार्यक्रम विथोल्नेहरु ओली निकट मानिन्छन् । पाण्डेले शुक्रवारदेखि नै पार्टी कमिटीलाई नगर तथा निर्वाचन क्षेत्रमा पार्टी कार्यकर्ता भेला गराईदिन आग्रह गरे अनुसार शनिबार पार्टी कमिटीले कार्यक्रम आयोजना गरेको थियो । 

विरेन्द्रनगरस्थित आफ्नै निवास छेउँमा राप्ती नगरपालिका कमिटीले कार्यक्रम आयोजना गरेको थियो । विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनी बोलाए पनि विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध भाषण दिन थालेको भन्दै ओली निकटहरुले होहल्ला गर्दै  कार्यक्रम विथोलेका थिए । 

पाण्डेले प्रधानमन्त्री ओलीसँग सम्बन्धित तथ्यहरु राख्दै गर्दा अचानक विरोधको सामना गरेका हुन् । उनले स्थायी कमिटीका निर्णय सबैले अक्षरस पालना गर्नुपर्नेमा जोड दिँदै कुनै पनि नेताका नाममा चलिरहेका संघसंस्थाबाट कुनै पनि गतिविधि नगर्नका लािग आग्रह गरेका थिए । 

उनले त्योसँगै ओलीले संचालन गर्न तीव्रता दिएको मदन भण्डारी फाउन्डेशनका गतिविधि पनि रोकिनुपर्ने बताएका थिए । 

उक्त भनाइसँगै फाउन्डेशनका सदस्यहरुले नाराबाजी गरेका थिए ।  हाम्राकुराबाट साभार


बुटवलमा मुख्यमन्त्री शंकर पाेखरेलले चढ्नुभएकाे गाडीमाथि ढुंगाप्रहार गरिंदा निदाउनुभएकाे थियाे क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादकाे नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ - गज्जब छ गुटगत अन्तर्दृष्टि र छनाेटपूर्ण वक्तव्यबाजी ! दुबै स्थायी कमिटी सदस्य- तब न नारायणकाजी ! pic.twitter.com/VlS6Lqjmou

— Surya Thapa (@ThapajiSurya) November 22, 2020
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  ०९:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
बाँके क्षेत्र नं. २ को ३ वर्ष खेर गयोः इश्तियाक राई
बाँके क्षेत्र नं. २ को ३ वर्ष खेर गयोः इश्तियाक राई
‘हरेक वर्ग, समुदायको हकहितका लागि लड्ने पार्टी कांग्रेस हो’ - गौडेल
‘हरेक वर्ग, समुदायको हकहितका लागि लड्ने पार्टी कांग्रेस हो’ - गौडेल
जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP