prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • कोरोना संक्रमित निको हुने दर ९०.३ प्रतिशत
कोरोना संक्रमित निको हुने दर ९०.३ प्रतिशत
banijya office
छापाबाट
सोमबार, मंसिर ८, २०७७ छापाबाट
कोरोना संक्रमित निको हुने दर ९०.३ प्रतिशत

नेपालगन्ज । सरकारी तथ्यांकअनुसार कोभिड–१९ निको हुने दरमा उल्लेख्य सुधार देखिएको छ । एक सातायता कोभिड निको हुने दरमा ६.९७ प्रतिशत सुधार भएर आइतबार ९०.३ प्रतिशत पुगेको छ । पछिल्लो समय पीसीआर परीक्षण घटेर संक्रमितको संख्या कम देखिएकाले निको हुने दर बढेको हो । संक्रमितको प्रतिशत भने घटेको छैन ।

nepalgunj 081-082

केही दिनयता सरदर सय जनाको पीसीआर गर्दा २० जनाभन्दा बढीलाई पोजिटिभ देखिएको छ । आइतबार देशभरि ८ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ६९ जना अर्थात् २०.७७ प्रतिशतलाई कोभिड देखियो । परीक्षण नतिजामा सय जना कोभिड पोजिटिभ देखिएकामध्ये ३९ जनाभन्दा बढी महिला छन् । ‘कोभिड पोजिटिभ देखिएको व्यक्तिलाई १४ दिनमा अन्तिम तीन दिन ज्वरो नआए निको भएको मानिन्छ,’ त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा.सन्तकुमार दासले भने, ‘कोभिड भएर उत्पन्न जटिलताले गर्दा १४ दिनपछि मृत्यु भए पनि त्यस व्यक्तिलाई कोभिड निको भएकै मानिन्छ ।’ 

केही दिनअघि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा.सुनील झाको कोभिड संक्रमणपछि मृत्यु भए पनि उनको मृत्यु कोरोनाले नभएको उनले बताए । अस्पतालमा भर्ना भएका बिरामीलाई डिस्चार्ज गर्न कोभिड नेगेटिभ भएको प्रयोगशाला प्रतिवेदन नचाहिने उनले बताए । ‘कोभिड बिरामी पोजिटिभ भए पनि अर्कोलाई संक्रमण गर्ने बढी सम्भावना छैन, लक्षण निको हुँदै गएको छ भने डिस्चार्ज गरिन्छ ।’

उनका अनुसार कोभिड भाइरसको कारण शरीरमा उत्पन्न विभिन्न समस्या, जटिलता नहटेसम्म चिकित्सकीय हिसाबले बिरामी निको भएको मानिँदैन ।

कोभिड संक्रमण १४ दिनपछि निको भएको मानिने भए पनि महिनौंसम्म विभिन्न शारीरिक समस्या देखिइरहनेको संख्या उल्लेख्य छ तर ती सबै बिरामीलाई निको भइसकेको भनी गणना गरिने उनले जनाए । ‘अस्पतालमा ६–७ दिन राखेर नेगेटिभ हुन नपाउँदै बिरामीलाई घर पठाउने अवस्था अहिले देखिएको छ,’ जनस्वास्थ्यविद् डा.राजेन्द्र बीसी भन्छन्, ‘अलि सुधार छ, लक्षण कम भएको छ भने डिस्चार्ज गरिन्छ । मैले आफ्नै दुई जना आफन्तलाई शारीरिक जटिलता रहिरहेकै अवस्थामा अस्पतालबाट डिस्चार्ज गरेको देखेको छु ।’

संक्रमितको लक्षण कम भएपछि घर पठाउने प्रक्रियाले गर्दा कोभिड संक्रमितहरूको घरमै मृत्यु भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले बताए । हालै नेपाल बर्न सोसाइटीका अध्यक्ष डा.नारायणबहादुर थापाको समेत अस्पतालबाट घर फर्केपछि मृत्यु भएको उनले जानकारी दिए ।

दिनहुँ २० प्रतिशतभन्दा बढी संक्रमण दर रहेको र यो दर विश्वका अन्य मुलुकको दाँजोमा उच्च रहेको समेत डा. बीसीले बताए । देशभरि आइतबार जम्मा २० हजार १ सय ६६ सक्रिय कोभिड संक्रमित रहेको अवस्थामा १३ हजार ६ सय १२ जना होम आइसोलेसनमा रहेको सरकारी तथ्यांक छ ।

‘कोभिड पोजिटिभलाई नेगेटिभ हुन धेरै समय लाग्छ, होम आइसोलेसनको तथ्यांक नै छैन, उनीहरू कसरी ठीक भए भन्नेबारे जानकारी अभाव देखिएको छ,’ डा. बीसी भन्छन् । उनका अनुसार स्वास्थ्य संरचनामा भर्ना भएकालाई निको भएको भन्न सकिए पनि होम आइसोलेसनमा रहेकालाई थप अनुगमन आवश्यक छ ।

मुलुकमा हालसम्म २ लाख २० हजार ३ सय ८ जनालाई प्रयोगशाला प्रमाणित कोभिड देखिएकामा १ हजार ३ सय २१ जनाको मृत्यु हुनुका साथै १ लाख ९९ हजार २४ जना निको भएका छन् । अहिले मुलुकमा २० हजार १ सय ६६ जना सक्रिय कोभिड संक्रमित छन् । यो हालसम्म देखिएको संक्रमणको ९.१ प्रतिशत हो । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।


प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  ०८:०४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP