Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टी फुटे सत्ताको निम्तो, नफुटे संवैधानिक नियुक्ति गर्ने प्रधानमन्त्रीको आश्वासन
पार्टी फुटे सत्ताको निम्तो, नफुटे संवैधानिक नियुक्ति गर्ने प्रधानमन्त्रीको आश्वासन
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर ८, २०७७ बागेश्वरी पोस्ट
पार्टी फुटे सत्ताको निम्तो, नफुटे संवैधानिक नियुक्ति गर्ने प्रधानमन्त्रीको आश्वासन
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको गोप्य भेटले यतिबेला राजनीतिक वृत्तमा तरंग फैलिएको छ ।

प्रधानमन्त्री ओलीको पटक पटकको आग्रहपछि शनिबार अचानक भेटवार्ताका लागि बालुवाटार पुगेका देउवासँग ओलीले पार्टी भित्रको आन्तरिक झगडा सुनाउँदै संकट आइपरे सत्तासाझेदारीमा सघाउन आग्रह गरेका छन् । देउवाका सहयोगी भानु देउवाका अनुसार भेटमा संवैधानिक अंगहरु र विश्वविद्यालयमा रिक्त उपकुलपति सहित पदाधिकारी नियुक्त गर्ने विषयमा कुराकानी भए पनि नेकपाको आन्तरिक किचलोका विषयमा पनि छलफल भएको थियो ।

उनका अनुसार ओली र देउवाबीच करिब डेड घण्टा छलफल भएको थियो । देउवा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकलाई लिएर प्रधानमन्त्री ओलीलाई भेट्न वालुवाटार गएका थिए । भेटका क्रममा प्रधानमन्त्री ओलीले आफूविरुद्ध पार्टीभित्र षड्यन्त्र भइरहेको र त्यस्तो अवस्था आउँदा कांग्रेससँग सहकार्य गर्न आफू तयार रहेको देउवालाई सुनाएका थिए ।

गत २८ कार्तिकमा बसेको नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्तावलाई प्रधानमन्त्री ओलीले आफूमाथिको प्रहारका रुपमा लिएका छन् । सो प्रस्तावका विषयमा १३ मंसिरमा बस्ने सचिवालय बैठकमा लिखित जवाफ दिने प्रधानमन्त्री ओलीको तयारी छ ।

यसअघि १७ असारमा समेत नेकपाको विवाद उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्रीले विपक्षी दलका सभापतिलाई बालुवाटार बोलाएर भेटेका थिए । त्यसबखत देउवा सुटुक्क बालुवाटार गएको भन्दै पार्टीभित्र भेटबारे प्रष्ट पार्नुपर्ने भन्दै देउवाको चर्को आलोचना भएको थियो । देउवा निकट एक नेताले भने नेकपा नफुटी सत्ता साझेदारी कसरी होला ? भन्दै सत्ता साझेदारी बारे आश्चर्य प्रकट गरे । ‘संवैधनिक अंगमा भागबण्डा त होला तर नेकपा नफुटी सत्ता साझेदारी त असम्भव छ,’ देउवा निकट ती नेताले भने, ‘पार्टी फुटे कांग्रेससँग सहकार्य गर्न ओली तयार रहेछन् ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेटको सुचना बाहिरिए लगत्तै आइतबार ‘कोही कसैलाई भ्रम छ भने’ भन्दै पार्टीलाई पाँच वर्ष विपक्षमा बस्न जनादेश रहेको भनेका छन् । उनले सामाजिक संजाल ट्वीटरमार्फत लेखेका छन्, ‘५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अतः कुनै पनि भड्कावबाट टाढा छौं, रहने छौं ।

यता या उताको जोड–घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस् ।’ प्रायः सत्तारुढ दलभित्र आन्तरिक कलह बढ्दा बालुवाटरले विपक्षी दलका नेतासँगको झुकाव देखाउँदै आएको पाइन्छ । शनिबारको भेटपछि भने विश्वविद्यालयमा उपकुलपति र संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको विषयमा सहमति जुटाउन सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कांग्रेसका तर्फबाट लेखकलाई जिम्मा दिइएको स्रोत बताउँछ ।

तर नेम्वाङले भने प्रधानमन्त्री र विपक्षी दलका नेताबीच बेलाबेला भेट हुने गरेको स्वभाविक भएको बताए । ‘प्रधामन्त्रीले विपक्षी दलका नेतासँग बेला बेला भेट्दै आउनु भएको छ, अहिले पनि त्यस्तै होला, देशको समसामयिक राजनीतिक विषय र समस्याका विषयमा छलफल भएका हुन सक्छन्, म यति मात्र भनौं,’ नेम्वाङले भने । हाल संवैधानिक निकायमा ४८ पद रिक्त छ भने धेरैजसो विश्वविद्यालयहरुमा उपकुलपति सहित पदाधिकारी छैनन् । हाम्राकुराबाट।


प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP