prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डसँग विच्किए माधव नेपाल,ओली दंग
प्रचण्डसँग विच्किए माधव नेपाल,ओली दंग
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ९, २०७७ बागेश्वरी पोस्ट
प्रचण्डसँग विच्किए माधव नेपाल,ओली दंग
फाइल फोटो

काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन आफूखुशी प्रदेश कमिटी र अन्य कमिटीहरुमा पठाएपछि माधव नेपाल समूहले असन्तुष्टि जनाएको छ ।

अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर आफ्नो गुट सक्रिय पारेको आँकलनसहित कार्यकारी अध्यक्ष प्रचण्ड पक्षले पनि तल्ला तहसम्मको काउण्टर रणनीति तयार पार्न भन्दै आफ्नो प्रतिवेदन प्रदेश कमिटीमा पठाएपछि नेपाल समूहले असन्तोष व्यक्त गरेको हो । प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई सोहि रणनीतिअनुरुप पार्टीको सबै प्रदेश तहमा पठाइएको छ ।

सचिवालयका अन्य चार नेताहरुको समेत समर्थनमा प्रचण्डले पेस गरेको सो प्रतिवेदनलाई स्थानीय तहसम्म कार्यकर्तामाझ पुर्‍याउने गरी प्रदेशसम्म पठाइसकिएको जानकारी नेता नेपालले पाएपछि तुरुन्तै आपत्ति जनाएका थिए । पार्टीभित्र फुटकै झल्को दिनेगरी ओलीले आफ्नो सक्रियता बढाएपछि कार्यकर्तामा भ्रम नहोस् र राजनीतिक प्रस्तावमा के थियो भन्नेबारे पार्टी कमिटीबाटै जानकारी होस् भनेर आफूले सबै प्रदेशमा पठाइएको भएपनि आफूखुशी पार्टी विभाजनको रेखा कोर्नेगरी किन पठाएको भन्दै नेपालले आपत्ति जनाएका थिए ।

कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको समर्थनमा प्रचण्डले १९ पेजको सो राजनीतिक प्रस्ताव सचिवालय बैठकमा कात्तिक २८ गते पेस गरेका थिए । पाँच भागमा रहेको सो प्रस्तावमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण नगरेको, सरकार सञ्चालनमा पार्टीलाई अवज्ञा गरेको, पार्टीमा गुटबन्दी गरेको लगायतका आरोप लगाइएको छ ।

प्रचण्डले सो प्रस्ताव सचिवालय बैठकमा पेस गरेपछि मंसिर ३ गते बसेको अर्को बैठकमा ओलीले सो प्रस्तावमा आफूविरुद्ध आधारहीन आरोपहरु लगाएको हुँदा आफूले त्यसको जवाफस्वरुप काउन्टर प्रस्ताव ल्याउने बताएका थिए । त्यसका लागि उनलाई प्रतिवेदन लेख्न १० दिनको समय दिइएको थियो। सो निर्णयअनुसार अध्यक्ष ओलीले आगामी १३ गतेको सचिवालय बैठकमा प्रतिवेदन पेस गर्ने तय भएको छ । प्रतिवेदन तयार गर्दैगर्दा ओलीले मंसिर ४ गतेदेखि नै आफ्नो गुटको कार्यक्रम देशैभर अघि बढाएको भनी प्रचण्ड–नेपाल पक्षले पेस गरेको राजनीतिक प्रस्तावलाई प्रचण्डले सबै प्रदेशमा पठाएका हुन् ।

‘कात्तिक २८ गते सचिवालय बैठकमा अध्ययनका लागि पेश गरेको प्रतिवेदनलाई विना सल्लाह एकलौटी ढंगले तल्लो तहसम्म छापेर पठाएपछि माधव नेपालले असन्तुष्टि जनाएका छन्’, स्रोतले भन्यो ‘विना सल्लाह दाहालले सो प्रतिवेदन तल्लो तहसम्म पठाउँदा पार्टी विभाजनलाई प्रश्रय दिन खोजेको सन्देश जाने भएकाले वरिष्ठ नेता नेपाल हच्किएका मात्र छैनन् आपत्ति नै प्रकट गरेका छन् ।’ ती नेताका अनुसार दाहालले आफ्नो प्रतिवेदन तल्लो तहसम्म लैजानु तत्कालका लागि कमजोरी भएको पनि नेपालको भनाई थियो ।

कुनैपनि हालतमा पार्टी विभाजन गर्नु हुँदैन भन्ने धारणा राख्दै आएका वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीले कार्यशैली सुधार गर्नुपर्ने, पार्टी विधि विधान र पद्धतिमा चल्नुपर्ने धारणा राख्दै आएका छन् । पार्टी सचिवालयको बैठक माग गर्दै कार्यकारी अध्यक्ष दाहालसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले कात्तिक २२ मा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीलाई सामान्य पत्र लेखेका थिए । तर ओलीले कात्तिक २५ मा पत्रको जवाफ फर्काएका थिए ।

त्यसपछि कात्तिक २८को बैठकमा पाँच जना सचिवालय सदस्यहरुको तर्फबाट भन्दै दाहालले १९ पेज लामो प्रतिवेदन पेश गरेका थिए । मंसिर ३ गते बसेको सचिवालय बैठकमा ओलीले त्यहाँ उल्लेख गरेका आरोप खण्डन गर्दै खारेज गर्छु भनेका थिए । उनले आउदो मंसिर १३ गते बस्ने सचिवालय बैठकमा त्यसको जवाफ लेख्ने बताएका थिए ।

त्यही क्रममा दाहालले आइतबार साँझ नै सो प्रतिवेदन छापेर सातै प्रदेश र अन्य कमिटीहरुका सदस्यहरुलाई समेत पठाएका छन् । त्यसको जानकारी नेता नेपालले पाएपछि भने उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

आफू बिरुद्ध एकाकार भएका प्रचण्ड र माधव नेपालबीच तिक्तता उत्पन्न गराउने गरि आएको यो घटनाक्रमबाट ओली भने दंग परेको बालुवाटार स्रोतले जनाएको छ। कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाउन लागेको भन्दै वालुवाटारमा खुसीयाली छाउन थालेको स्रोतले बताएको छ। हाम्राकुराबाट 


प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  ०८:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP