prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • गोलीले छोरा खोस्यो, पापीले छोरी
गोलीले छोरा खोस्यो, पापीले छोरी
RSG-2
छापाबाट
शनिबार, मंसिर १३, २०७७ छापाबाट
गोलीले छोरा खोस्यो, पापीले छोरी

दृश्य–१
प्रहरीको गोलीले ६४ वर्षीय वृद्ध अम्बिका न्यौपानेको छोरा सञ्जयलाई खोस्यो। पतिको मृत्युले उनकी बुहारी गंगा न्यौपानेको सिउँदो पुछियो। गंगाकी तीन सन्तानले सधैंका लागि बुवा गुमाए। अन्यायविरुद्ध बोल्ने महोत्तरी बर्दिबास–१ का ४२ वर्षीय सञ्जय गोली लागेर मंगलबार मध्यरातमा अस्ताए। उनको मृत्युले गाउँ नै शोकमा डुबेको छ। 

दृश्य–२
बर्दिबासकी ३० वर्षीया सबिना खातुन अर्धमुर्छित छिन्। उनी छोरी गुलाब्सालाई खोज्दै रोइरहेकी छन्। ६ वर्षीया छोरीलाई सम्झिँदै बेहोसिन्छिन्। बुवा शहिद आलमको पनि छोरीको हत्याले होशहवास हराएको छ। गुलाब्साकी आमा सबिनाको आँसु चार दिनदेखि रोकिएको छैन। उनका आँखा राता भएर सुन्निएका छन्।

गाउँबाटै अपहरणमा परेकी बर्दिबास–१४ शुभम् बस्तीकी बालिका गुलाब्साको हत्या भएको थियो। त्यही घटनाले तनाव बढेको छ। आइतबार साँझ गाउँबाटै बेपत्ता भएकी अबोध बालिकाको शव ३५ घण्टापछि झाडीमा भेटियो। हत्या गरेर बोरामा गुलाब्साको शव लुकाइएको थियो।

बालिका गुलाब्सा खातुनको हत्याको विरोधमा महोत्तरीको बर्दिबासमा गाउँले प्रदर्शनमा उत्रिएका थिए। उनको हत्यारालाई कडा कारबाही माग गर्दै भएको प्रदर्शनमा प्रहरीले अन्धाधुन्द गोली चलाउँदा सञ्जय ढलेका थिए।

‘प्रहरीले सञ्जयलाई ताकेर पछाडिबाट तिघ्रामा गोली हान्यो,’ सञ्जयकी आमा अम्बिकाले रुँदै भनिन्, ‘पुलिसलाई गोली हान्ने आदेश कसले दियो ? कुन प्रहरीले चलायो गोली ? दुवैलाई कारबाही हुनैपर्छ।’ छोराको मृत्युले वृद्ध अम्बिका मर्माहत भएकी छन्।  परिवारजन गहिरो शोकमा डुबेका छन्। सञ्जयले घरमै किराना पसल सञ्चालन गर्दै आएका थिए। ‘मेरी छोरीको पापीले बलात्कार गरेर हत्या गरेको छ। उसलाई फाँसीको सजाय दिनुपर्छ,’ मृतक बालिकाका बुवाले भने, ‘मेरी छोरी त अब फर्किन्न तर अरू छोरीको सुरक्षाका लागि पनि अपराधीलाई फाँसी दिनैपर्छ।’

बालिका हत्या प्रकरणको छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। गृह मन्त्रालयले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान अगाडि बढाएपछि शुक्रबारदेखि बर्दिबासको वातावरण शान्त बनेको छ।

‘गृह मन्त्रालयले तीन सदस्यीय छानबिन टोली गठन गरेको छ,’ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भने, ‘पीडित पक्षले उठाएको माग सम्बोधन गर्न गृहमन्त्री सहमत हुनुभएको छ।’ मन्त्री पोखरेलकै निर्वाचन क्षेत्रमा घटना भएको हो। मन्त्री पोखरेलले वार्ताका लागि गृहमन्त्री र वार्ता टोलीलाई भेटाउने पहल गरेका थिए। उक्त वार्तामा राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहाल पनि उपस्थित थिइन्।

‘प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जय न्यौपानेलाई सहिद घोषण गर्ने प्रक्रियामा लैजाने आश्वासन हामीलाई मन्त्रीज्यूले दिनुभएको छ,’ वार्ता टोलीका सदस्य तथा बर्दिबास नगरपालिका–१ का वडाध्यक्ष चूडामणि पोखरेलले भने, ‘बिहीबार साँझ मृतक सञ्जयको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।’ 

प्रहरीको गोली लागेर ज्यान गुमाएका सञ्जयका परिवारलाई क्षतिपूर्तिको व्यवस्था र घाइतेको निःशुल्क उपचार गर्ने जानकारी गृहमन्त्रीले वार्ता टोलीलाई गराए। बालिका हत्यारालाई हदैसम्मको कारबाही गर्नेसमेत प्रतिबद्धता जनाइएको वार्ता टोलीका सदस्य हीरा गौतमले जनाए। बर्दिबास नगरपालिकाले मृतक बालिका गुलाब्सा र गोली लागेर ज्यान गुमाएका सञ्जयका परिवारलाई जनही २ लाख ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। बर्दिबास नगरपालिकाले पत्रकार सम्मेलन गरेर गोली लागेर मृत्यु भएका सञ्जयको परिवारका एक सदस्यलाई क्षमताका आधारमा रोजगारीसमेत उपलब्ध गराउने बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले जनाए। 

प्रदेश–२ को प्रदेशसभा अन्तर्गतको महिला, बालबालिका तथा सामाजिक न्याय समितिका सभापति जैनुल राइनले घटनाको सत्यतथ्य बुझ्न घटनास्थल अनुगमन गर्नुका साथै पीडित परिवारलाई भेटेका छन्। 

साह विरुद्ध चार अभियोग
महोत्तरी बर्दिबासकी ६ वर्षीया गुलाब्सा खातुनको हत्या अभियोगमा पक्राउ परेमा युवकविरुद्ध प्रहरीले किटानी जाहेरी दर्ता गरेको छ। 

गौशाला–५ का २६ वर्षीय अरुण साहमाथि शुक्रबार जाहेरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जनाए। ‘अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गरेका छौं,’ उनले भने।

गाउँबाटै अपहरणमा परेकी बर्दिबास–१४ शुभम् बस्तीकी बालिका गुलाब्साको हत्या भएको थियो। बालिका गुलाब्सा खातुनको हत्याको विरोधमा महोत्तरीको बर्दिबासमा गाउँलेहरू प्रदर्शनमा उत्रिएका थिए। उनको हत्यारालाई कडा कारबाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरी अन्धाधुन्ध गोली चलाउँदा सञ्जय न्यौपानेको ज्यान गएको थियो। अन्नपूर्ण पोस्टमा राजकरण महतोले खबर लेखेका छन् ।


प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  ०९:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP