नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्ज वडा नम्बर १२ मा तीन सय जना नेपाली कांग्रेसमा प्रवेश
नेपालगञ्ज वडा नम्बर १२ मा तीन सय जना नेपाली कांग्रेसमा प्रवेश
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १४, २०७७ बागेश्वरी पोस्ट
नेपालगञ्ज वडा नम्बर १२ मा  तीन सय जना नेपाली कांग्रेसमा प्रवेश

नेपालगञ्ज । नेपालगञ्जमा तीन सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा कार्यसमिति नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ ले आज गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी तीन सय जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री हृदयराम थानीले नवप्रवेशीहरुलाई पार्टी सदस्यता प्रदान गर्नुभएको हो । वडा नम्बर १२ का प्रभावशाली युवा नेताहरु समेत राप्रपा परित्याग गरी कांग्रसमा प्रवेश गरेका छन् । राप्रपाका युवा नेता नेत्रजंग शाह, वडा सदस्यका उम्मेदवार सुनिल केसी, दिपेश मल्ल, गौरी परियारसहित तीन सय जना कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशी सबै वडा नम्बर १२ कै हुन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेस केन्द्रिय सदस्य हृदयराम थानीले नेकपा सरकारको गैरजिम्मेवारपन र अकर्मण्यताका कारण नेपाली जनता निराश भइरहेकाले कांग्रेसप्रति उनीहरुको भरोसा बढ्दै गएको बताउनुभयो । जनता र मुुलुकका पक्षमा केही गर्न नसकेपछि सर्वत्र सरकारको आलोचना भइरहेको भन्दै उहाँले अहंकार, दम्भ र कमजोर कार्यसम्पादनले सरकार इतिहासकै सर्वाधिक अलोकप्रिय बनेको टिप्पणी गर्नुभयो ।

विशिष्ट अतिथि कांगे्रस बाँके जिल्ला सभापति किरण कोइरालाले ठूलो आशा भरोसा गरेर जनताले नेकपालाई दुई तिहाई बहुमत दिएपनि त्यसको लाज राख्न नसकेर जग हँसाएको बताउनुभयो । जनताका आकांक्षामाथि तुषारापात गर्दै आपसमै कुसीको लडाईं गरेर जात्रा देखाइरहेको टिप्पणी गर्दै सभापति कोइरालाले नेपाली कांग्रेस नै जनताको पार्टी भएको फेरि एक पटक पुष्टि भएको बताउनुभयो ।

वडा सभापति रामु चिडिमारको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, नेपाली कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्मा, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, प्रदेशतर्फका क्षेत्रीय सभापति शिवप्रसाद बर्मा, नगर सभापति प्रशान्त विष्ट, वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर २ का वडा अध्यक्ष सुनिलसिंह हमाल, युवा नेता अमृत आचार्य, कांग्रेस वडा सचिव हरिबाबु घिमिरे लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा कांग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणा, सचिव कपिलदेव शर्मा, प्यूठान कांग्रेसका पूर्व पार्टी सभापति दिवाकर गौतम, कांग्रेस बाँकेका युवा नेता सुधांशु कोइराला लगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १६:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP