prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • इज्जतको लागि पैसा तिरेर बाबुआमाले गराए छोरीको हत्या
इज्जतको लागि पैसा तिरेर बाबुआमाले गराए छोरीको हत्या
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १४, २०७७ बागेश्वरी पोस्ट
इज्जतको लागि पैसा तिरेर बाबुआमाले गराए छोरीको हत्या

रौतहट । रौतहटमा गत कार्तिक २६ गते राती गोली प्रहारबाट एक युबतिको हत्या भयो । सुतिरहेकी अमृता कुरारीको दाहिने कंचटमा गोली हानी हत्या गरिएको थियो ।

कसले र किन जिल्लाको माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहा टोल बस्ने रामअयोध्या साह तेलीको १७ बर्षिया छोरी अमृता कुमारी साहलाई माइती घरमै मार्यो भन्ने प्रश्न अनउत्तरीत रहेको बेला जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको अनुसन्धान पश्चात् आइतबार गरेको पत्रकार सम्मेलनले छर्लङ बनाइदिएको छ ।

इज्जत, प्रतिष्ठा जाने डर र समाजमा अपहेलित जिवन व्यतित गर्नुपर्ने कारणबाट बाबु,आमा र भिनाजुकै योजनामा १७ बर्षिया छोरीलाई गोली हानेर हत्या गराइएको रौतहट प्रहरीले सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय गौरमा आईतवार आयोजित पत्रकार सम्मेलन मार्फत उक्त घटनाका दोषीहरु सार्वजनिक गर्दै एसपी सिद्धीविक्रम शाहले मृतक अमृताको सोही स्थानका ३० बर्षिय सोसिन्द्र प्रसाद भगत संग विगत ३ बर्ष देखि प्रेम सम्बन्ध रहेको भएपनि परिवारको दवावमा २०७६ साल फागुन महिनामा सर्लाही जिल्ला विष्णुपुर गाउँपालिका ३ मानकी साहको छोरा रुपेश साह संग मागि विवाह भएकोमा अमृताले प्रेमी संग मिलेर श्रीमान माथि छुरा प्रहार गराएर मार्ने सम्म गरेको,रुपेश माथि छुरा प्रहार भएपछि अमृतालाई माइती घर फिर्ता पठाएर गत असार महिनामा सम्बन्ध विच्छेद भएको र सम्बन्ध विच्छेद भएपश्चात श्रीमान पक्षबाट मृतक अमृता र निजको प्रेमी सोसिन्द्र प्रसाद भगत माथि ज्यान मार्ने उद्योग मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्ता समेत भएको एसपी शाहले जानकारी गराए ।

अमृता र सोसिन्द्र विचको प्रेम सम्बन्ध बुवा आमा तथा घरका अन्य सदस्यालाई स्वीकार्य नरहेको प्रहरीको अनुसन्धानबाट खुलेको एसपी शाहले पत्रकार सम्मेलनमा जानकारी गराए । समाजमा इज्जत प्रतिष्ठा जाने र अपहेलित जिवन विताउनु पर्ने सोचेर वुवा रामअयोध्या र गौर नपा ६ सपगढा बस्ने मृतककि भैनाजु लक्ष्मण साहले अमृतालाई हत्या गर्न योजना बनाए । सो योजना अनुरुप परोहा नगरपालिका ४ का छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयामा भारतमा उपचारको बहानामा लगेर हत्या गर्ने तय गरियो ।

भारत विहारमा विधान सभाको निर्वाचनको कारण त्यहाँ योजना सफल हुनु अगावै अमृता भागेर पुन माईती घर आएको एसपी शाहले बताए । पहिलो योजना विफल भएपछि पुन ः रामअयोध्या र ज्वाई लक्ष्मणले अर्को योजना बनाए । देवाही गोनाही नगरपालिका २ करुनियाका कैमुल देवान, शेख अलियास, बहुदल भन्ने इस्लाम अन्सारी, शेख इम्ताजलाई १ लाख रुपैयामा हत्या गर्ने योजना अनुसार कार्तिक २६ गते राति अमृताको हत्या गराइएको पक्राउ परेका अभियुक्तहरुले बयान दिएको एसपि शाहले बताए ।

प्रहरी नियन्त्रणमा रहेका मृतक अमृताको वुवा रामअयोध्या, आमा सितादेवी साह, शेख अलियास, इसलाम अन्सारी, शेख इम्ताज, छोटेलाल सहित ६ जनालाई जिल्ला अदलात रौतहटबाट ज्यान सम्बन्धी कसुरमा आईतवार सात दिनको म्याद थप गराएर अनुसन्धान भईरहेको जानकारी दिदै एसपी शाहले कोभिडको कारण ज्यान सम्बन्धी अपराधमा अलि वृद्धि भएपनि समग्र रुपमा गत बर्षको तुलनामा अपराध घट्दै गएको बताए ।

समाजमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी २४ सै घण्टा खटिरहेको हुँदा आम जनताको सहयोग सहकार्य भएमा रौतहटलाई अपराध मुक्त जिल्ला बनाएर छाड्ने प्रतिबद्धता समेत एसपी शाहले बताए।


प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  २२:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP