नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, पुस ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • एउटा स्वास्थ्यकर्मीले धानेको विकट गुर्धनगौडी वस्तीको स्वास्थ्य सेवा !
एउटा स्वास्थ्यकर्मीले धानेको विकट गुर्धनगौडी वस्तीको स्वास्थ्य सेवा !
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २३, २०७७ बागेश्वरी पोस्ट
एउटा स्वास्थ्यकर्मीले धानेको विकट गुर्धनगौडी वस्तीको स्वास्थ्य सेवा !

गुर्धनगौडी (बाँके) । राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ४ मा एउटा अति विकट गाउँ छ । गाउँको नाम हो-गुर्धनगौडी । गुर्धनगौडीमा न बाटो छ न त सञ्चारको सुविधा नै छ तर स्वास्थ्य सेवा केन्द्र भने रहेको छ । एक जना अहेबको भरमा गाउँमा स्वास्थ्य सेवा दिइँदै आइएको छ। एक हजार जनसंख्या भएको गुर्धनगौडी गाउँमा एक जना अहेब धन बहादुर थारुले सेवा दिँदै आउनुभएको छ ।

एउटा कोठाबाट जसोतसो सेवा दिँदै आउनुभएका थारुले एक दिनमा एक दर्जन बढी स्थानीयको स्वास्थ्य जाँच गर्दै आउनुभएको छ । प्रत्येक वडामा एउटा स्वास्थ्य चौकी हुनुपर्ने भएपनि गुर्धनगौडी गाउँ अति विकट रहेकाले स्थानीयको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य चौकी स्थापना गरिएको हो । तत्कालीन बैजापुर स्वास्थ्य चौकी अहिलेको राप्तीसोनारी अस्पताल पुग्नै तीन घण्टा लाग्ने भएकाले करिब डेढ बर्षदेखि गुर्धनगौडीमा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख सुरेश शर्माले बताउनुभयो ।

गुर्धनगौडी स्वास्थ्य केन्द्रमा चाहिने औषधि राप्तीसोनारी अस्पताल र गाउँपालिकाबाट उपलब्ध गराइँदै आएको अस्पताल प्रमुख डा. गोबिन्द थारुले बताउनुभयो । "एकदमै विकट छ तर पनि स्वास्थ्यकर्मी धन बहादुर थारुले दिन रात सेवा दिँदै आउनुभएको छ," डा. थारुले भन्नुभयो । स्वास्थ्य केन्द्रबाट खोप लगायत अन्य सामान्य सेवा दिँदै आएको डा. थारुले बताउनुभयो । डा.थारुले स्वास्थ्य केन्द्रको अवलोकन गर्दै आवश्यक सामग्री उपलब्ध गराइने जानकारी दिनुभयो । सञ्चार विना सेवा दिन एकदमै गाह्रो रहेको अहेब थारुले अनुभव सुनाउनुभयो । महिलाहरु समस्या लिएर आउने हुँदा महिलाको समस्या बुझ्ने महिला स्वास्थ्यकर्मी आवश्यक रहेको अहेब थारुले बताउनुभयो ।

भर्खरै मात्र सशस्त्र प्रहरीको बिओपी शिलान्यास भएकाले बाटो बन्ने आशामा आफूहरु रहेको अहेब थारुले बताउनुभयो। राप्तीसोनारी अस्पताल सञ्चालनमा आइसकेकाले अब भने केही सजिलो हुने अपेक्षा गरिएको छ । अहिले गुर्धनगौडीबाट राप्तीसोनारी पुग्न या त जङ्गलको बाटो भएर जानुपर्छ या त भारतको बाटो प्रयोग गर्दै नरैनापुर गाउँपालिका भएर पुग्नुपर्छ। गाउँमा बाटो पुर्याउन सम्बन्धित निकायले ध्यान दिने स्थानीयबासीको अपेक्षा छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  २०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’
नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP