prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा गुट माथी गुट थपिदै
कांग्रेसमा गुट माथी गुट थपिदै
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ३, २०७६ बागेश्वरी पोस्ट
कांग्रेसमा गुट माथी गुट थपिदै

काठमाडौं । नेपाली कांग्रेसभित्र गत १३औं महाधिवेशबाट देखापरेको तीन गुट १४औं महाधिवेशनको तयारी भइरहँदा बढेर पाँच पुग्ने क्रममा छ।कांग्रेसभित्र १३औं महाधिवेशनबाट सभापति निर्वाचित भएका शेरबहादुर देउवा, सभापतिका प्रत्याशीद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको आआफ्नै गुट सक्रिय रहिरहेकै बेला पछिल्लो समय पुरानो संस्थापन भनेर चिनिएको ‘कोइराला’ परिवारको अर्को गुटसमेत सक्रिय भएको छ । यसैगरी, तत्कालीन लोकतान्त्रिक फोरमबाट कांग्रेसमा पार्टी एकीकरण गराएर उपसभापति बनेका विजयकुमार गच्छदारको समेत अलग्गै गुट बन्ने क्रममा छ ।

nepalgunj 081-082

हाल संस्थापन समूहबाट सभापति देउवासहितको टिम आगामी महाधिवेशनका लागि बलियो बन्ने गरी अघि बढिरहेको छ भने वरिष्ठ नेता पौडेलले नेतृत्व गरिरहेको समूहभित्रबाट अर्को समूह निर्माण हुँदै आगामी महाधिवेशनका लागि रणनीति बनाउन लागेको छ । सो समूहबाट गत महाधिवेशनमा निर्वाचित भएका महामन्त्री डा। शशांक कोइराला र अर्का नेता डा। शेखर कोइरालासहितको नेतृत्वमा कांग्रेसभित्र अर्को गुट उदाउने क्रममा देखिएको छ । यो समूहले बेलाबेला आफू निकट मानिएका नेतालाई बोलाएर छुट्टै बैठकसमेत गर्दै आइरहेको छ ।

यसैगरी, १३औं महाधिवेशनपछि वैचारिक समूहका रूपमा उदाएको सिटौला समूहसमेत आगामी महाधिवेशनलाई लक्षित गरेर देशैभर आफ्नो गतिविधि बढाउने क्रममा छ । यस्तै, कांग्रेससँग पार्टी एकता गराएर उपसभापति बनेका गच्छदारसमेत आफ्नो गुटको स्थान देखाउन अहिले कुनै पनि गतिविधिमा आफूलाई सक्रिय देखाइरहेका छैनन् । उनले आगामी महाधिवेशनका लागि कता आफूलाई उभ्याउँछन् भन्नेबारे अहिले केही देखाएका छैनन् । कांग्रेस राजनीतिलाई विगतबाटै नजिकबाट नियाल्दै आइरहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेसभित्र विगतदेखि नै महाधिवेशनको संघारमा बार्गेनिङका लागि गुट बन्ने र भत्कने क्रममा रहँदै छन् ।

‘कांग्रेसमा विगतबाट नै बार्गेनिङ कहाँनेर गर्न सकिन्छ भन्ने हिसाबबाट मात्रै गुट स्थापना भइरहेको देखिन्छ, आफ्नो उपस्थिति कसरी बलियो बनाउने भनेर मात्रै कांग्रेसभित्र गुट बन्ने गरेका छन् । तर, सिरियस गुट भने छैनन्,’ राजनीतिक विश्लेषक आचार्यले राजधानीसँग भने । उनले कांग्रेसभित्र देशव्यापी रूपमा देखिएका गुटमध्ये हालको संस्थापन बाहेकबाट आगामी महाधिवेशनमा को उम्मेदवार बन्ने भन्ने तय नभएका कारण गुटभित्रै पनि अझै तीव्र रूपमा असन्तुष्टि छरिएर आउने बताए । ‘हाल कांग्रेसभित्र संस्थापन मानिएको समूह एक ढिक्का जस्तै छ, इतर समूह चिरा पर्दै अझै विभाजन हुने क्रममा छन्,’ राजनीतिक विश्लेषक आचार्यले थपे ।

उनले हालका सभापति देउवा पार्टी सञ्चालनको नेतृत्वदायी भूमिकामा कमजोर देखिए पनि सो कमजोरी इतर पक्षको विभाजनपछि छोपिने क्रममा रहेको र कांग्रेस त्यही रूपबाट अघि बढिरहेको जनाए । ‘पार्टी सञ्चालनका क्रममा सभापति देउवाजीका धेरै कमजोरी देखिएका छन्, तर इतर पक्षको चोइटिने क्रमले उनको कमजोरी फेरि पनि छोपिने क्रममा छ, कांग्रेस त्यही रूपबाट अघि बढिरहेको छ ।’

१३ वटै भ्रातृ संगठनको बिजोग

लोकतान्त्रिक मूल्य मान्यतालाई आफ्नो मूलमन्त्र बनाएको नेपाली कांग्रेसको सबै भ्रातृसंगठन कमजोर अवस्थामा पुगेका छन् । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये नेपाल महिला संघ, नेपाल मुस्लिम संघ र नेपाल मगर संघले मात्र निर्धारित समयमा महाधिवेशन सम्पन्न गरेका छन्।

नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले महाधिवेशन गरेको भए पनि उनीहरूसमेत हाल कमजोर अवस्थामा पुगेका छन् । हाल नेविसंघ नेतृत्वविहीन अवस्थामा छ भने तरुण दलले समेत चार जनाको नेतृत्वमा नै सोमबारबाट तीन वर्षे म्याद गुजारेको छ । यी बाहेकका अन्य भ्रातृसंस्थाले निर्धारित समय गुजारेको लामो समय बितिसक्दा पनि महाधिवेशन गर्न सकेका छैनन् । कांग्रेसका तीन भ्रातृसंस्था नेपाल किसान संघ र नेपाल आदिवासी÷जनजाति संघले १५ वर्षदेखि महाधिवेशन गर्न सकेका छैनन् । यस्तै, भूतपूर्व सैनिक संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र राष्ट्रिय लोकतान्त्रिक अपांग संघले १० वर्षदेखि र नेपाल दलित संघले ७ वर्षदेखि महाधिवेशन गरेका छैनन् । यस बीचमा नै नयाँ भ्रातृसंगठन दर्ताका लागि कांग्रेस केन्द्रीय कार्यालयमा निवेदन परेको छ ।

नयाँ दर्ताका लागि निवेदन दिनेहरूमा पार्टी नेपाल थारु संघ, नेपाल राष्ट्रिय धिमाल संघ, नेपाल लोकतान्त्रिक निर्माण संघ, नेपाल तमु गुरुङ संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल इसाई संघ रहेका छन् । यसैगरी, शुभेच्छुक संस्थाको लागि निवेदन दिनेहरूमा नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, राष्ट्रिय पर्यटन व्यवसायी संघ, लोकतान्त्रिक होटल व्यवसायी संघ, नेपाल लोकतान्त्रिक व्यापार संघ, लोकतान्त्रिक गैरसरकारी संघ, स्थानीत तह कर्मचारी युनियन, भाषा साहित्य संघ नेपाल, नेपाल आदिवासी क्षेत्री महासंघ, नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, लोकतान्त्रिक शैक्षिक परामर्श संघ नेपाल, लोकतान्त्रिक सांसद स्वकीय सचिव संघ र नेपालको अपरेटिभ संघ छन् । हालको कांग्रेसमा १३ भातृसंस्था छन् भने नेपाल शिक्षक संघ र नेपाल प्रेस युनियनसहित ३९ वटा शुभेच्छुक संस्था छन् । पार्टीले शुभेच्छुक संस्थाका रूपमा १७ वटा संस्थालाई मान्यता दिएको भए पनि त्यसबाहेक नेपाल ट्रेड युनियन कांग्रेसमातहतका २५ संगठित संस्था छन्।राजधानी दैनिकबाट साभार।


प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  ०६:१८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP