Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जबरजस्ती अध्यादेश ल्याउँदा संविधानमाथि बलात्कार : उपाध्यक्ष गौतम
जबरजस्ती अध्यादेश ल्याउँदा संविधानमाथि बलात्कार : उपाध्यक्ष गौतम
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १, २०७७ बागेश्वरी पोस्ट
जबरजस्ती अध्यादेश ल्याउँदा संविधानमाथि बलात्कार : उपाध्यक्ष गौतम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम

नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले जबरजस्ती अध्यादेश ल्याउँदा संविधानमाथि बलात्कार भएको टिप्पणी गरेका छन् ।उनले अध्यादेशले ऐन संशोधन गर्न पाइने भएपनि संविधान संशोधन गर्न नपाइने बताउँदै अहिले जारी भएको अध्यादेशले एकैपटक ऐन र संविधान दुवैलाई संशोधन गरेको बताएका छन् ।

उनले अहिले जारी भएको अध्यादेश नेपालको संविधान विरुद्धसमेत रहेको बताएका छन् । उनले भनेका छन्, यो अध्यादेश नेपालको संविधानको भावना विरुद्ध पनि छ । यो अध्यादेश नेकपाको सचिवालय र स्थायी कमिटीको भदौ २६ को निर्णयका विरुद्धमा पनि छ ।

उनले लेखेका छन्,'अध्यादेशले ऐन संशोधन गर्न पाइन्छ संविधान पाइन्न । अहिले जारी अध्यादेशले एकैचोटि ऐन र संविधान दुवैलाई संशोधन गरेको छ। कतिपय ऐनमा संविधानको व्यवस्था जस्ताको त्यस्तै राखेको हुन्छ। त्यो संशोधन गर्न ऐन होइन संविधान नै संशोधन गर्न पर्छ। जवरजस्ती गरियो भने त्यो संविधान माथिको बलात्कार हुन्छ। अहिले त्यही भएको छ। यो नेपालको संविधानको भावना विरुद्ध पनि छ। 

यो अध्यादेश नेकपाको सचिवालय र स्थाई कमिटीको भदौ २६ को निर्णयका विरुद्ध पनि छ।'

आफूअनुकूल संवैधानिक नियुक्ति गर्ने मनासयका साथ प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

राष्ट्रपतिबाट उक्त अध्यादेश जारी भएलगत्तै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच प्रचण्डनिवास खुमलटारमा छलफल भएको थियो ।


प्रकाशित मिति: बुधबार, पुस १, २०७७  ०७:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP