नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनी प्रदेश सरकार पनि अल्पमतमा
लुम्बिनी प्रदेश सरकार पनि अल्पमतमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस ६, २०७७ बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेश सरकार पनि अल्पमतमा
मुख्यमन्त्री शंकर पोखरेल

बुटवल । प्रतिनिधि सभा विघटनपछि विभाजनको उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक कलहको असर अब प्रदेश सरकारमा पनि पर्ने देखिन्छ ।

लुम्बिनी प्रदेशमा पार्टी स्थायी समिति सदस्य शंकर पोखरेल नेतृत्वमा नेकपाको दुई तिहाइ बहुमतको सरकार छ । तर केन्द्रमा देखिएको कलह र संभावित विभाजनपछि अब पोखरेल नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित छ ।

 
लुम्बिनी प्रदेश सभामा ८७ जना सांसदमध्ये पूर्व एमाले र माओवादीबीचको चुनावी गठवन्धनबाट ६१ जना निर्वाचित भएका थिए । तीमध्ये पूर्व एमालेबाट ४१ जना र माओवादीबाट २० जना छन् । सरकारलाई बहुमत पुग्न ४४ सांसद आवश्यक पर्छ । पूर्व माओवादीले मात्रै साथ छोड्दा पनि सरकार अल्पमतमा पर्ने अवस्था लुम्बिनीमा छ ।

यद्यपि पूर्व माओवादीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षका आन्तरिक मामिला तथा कानून मन्त्री कूल बहादुर केसी ‘सोनाम’ सरकारको पक्षमा उभिन सक्ने देखिएको छ । सभामुख पूर्णबहादुर घर्ती पनि बादल पक्षका हुन् तर उनको मताधिकार हुँदैन ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका १९ जना, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका एकजना सांसद लुम्बिनी प्रदेश सभामा छन् ।

पूर्व एमालेभित्र माधव नेपाल पक्षभन्दा प्रधानमन्त्री केपी ओली पक्षका सांसद धेरै भए पनि पार्टी विभाजन हुँदाको अवस्थामा सरकार अल्पमतमा पर्ने निश्चित भएको नेकपा सांसद कमलराज श्रेष्ठ बताउँछन् । ‘पूर्व एमालेको कुरा गर्दा ओली पक्षका सांसद अलि बढी छन् तर अब बदलिएको परिस्थितिमा प्रदेश सरकार अल्पमतमा पर्छ,’ सांसद श्रेष्ठले भने, ‘धेरै साथीहरु पर्ख र हेरको अवस्थामा छन्, सरकारको भावी कदमले पनि संख्या तलमाथि बन्न सक्छ ।’

तर प्रधानमन्त्री ओली पक्षका सांसद एवं नेकपा प्रमुख सचेतक भूमिश्वर ढकाल भने आफूहरुको पक्षमै बहुमत सांसद रहने र सरकार नढल्ने दावी गर्छन् । ‘माथि (केन्द्र) को पिक्चरले धेरै कुरा तय गर्छ, तर यहाँको सरकार ढल्दैन, प्रचण्ड–माधव पक्षमा जाने संख्या देखिँदैन,’ ढकालको दावी छ ।’

माधव नेपाल पक्षमा पहिल्यैदेखि खुलेर लागेका सांसद विष्णु पन्थी भने माधव नेपाल पक्षमा १५ जनाको हाराहारीमा सांसदहरु रहेको दावी गर्छन् । ‘अहिले साथीहरु खुल्नु नभएको मात्र हो, तर निर्णायक अवस्थामा पूर्वमाओवादीबाहेक १५ जना सांसद हाम्रो पक्षमा आउनुुहुन्छ ।’

शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा पर्ने भएमा प्रचण्ड–माधव पक्ष, कांग्रेस र जनता समाजवादी मिलेर सरकार बनाउन सक्ने सम्भावना रहने नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान बताउँछन् । ‘नयाँ सरकारका लागि समीकरण बन्न सक्छ, नेकपाभित्रको भावी कदमलाई हेरेर कांग्रेसले रणनीति बनाउँछ,’ खानले भने ।

उता ओली पक्षले शंकर पोखरेलको सरकार टिकाउन कांग्रेससँग हात फैलाउन सक्ने पनि उत्तिकै संभावना छ । तर प्रदेश राजधानी दाङ तोकिएकोमा मुख्यमन्त्री पोखरेलसँग रुष्ट रहेको कांग्रेसले ओली पक्षसँगभन्दा प्रचण्ड–माधव पक्षसँग मिलेर सरकार बनाउने सम्भावना बलियो रहेको प्रमुख सचेतक खान बताउँछन् । अनलाइनखवरबाट साभार


प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  ०९:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
बाँके क्षेत्र नं. २ को ३ वर्ष खेर गयोः इश्तियाक राई
बाँके क्षेत्र नं. २ को ३ वर्ष खेर गयोः इश्तियाक राई
‘हरेक वर्ग, समुदायको हकहितका लागि लड्ने पार्टी कांग्रेस हो’ - गौडेल
‘हरेक वर्ग, समुदायको हकहितका लागि लड्ने पार्टी कांग्रेस हो’ - गौडेल
जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP