नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • चिनले नेपाली राजनीतिमा सक्रियता बढायो, राष्ट्रपतिपछि प्रचण्डलाई भेट्न पुगिन चिनियाँ राजदूत
चिनले नेपाली राजनीतिमा सक्रियता बढायो, राष्ट्रपतिपछि प्रचण्डलाई भेट्न पुगिन चिनियाँ राजदूत
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस ८, २०७७ बागेश्वरी पोस्ट
चिनले  नेपाली राजनीतिमा सक्रियता बढायो, राष्ट्रपतिपछि प्रचण्डलाई भेट्न पुगिन चिनियाँ राजदूत
चिनियां राजदूत होउ यान्छी

काठमाडौं । आफैले जुटाइदिएको तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रको एकताबाट बनेको नेकपा टुक्रिइरहेको अवस्थाबारे चिन्तित बनेको चीनको सक्रियता फेरि बढेको छ ।

दुई पार्टीलाई एक गराउन र पटक पटक यसअघि पार्टीमा आएका आँधीवेहरीलाई समेत रोक्न सफल भएको चिनियाँ शक्ति यसपटक कडाखाले आँधी रोक्न असफल भएको छ । एकाएक अप्रत्याशित शैलीमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल–झलनाथ खनाल पक्षबीच बढेको मतैक्यपछि ओलीले चालेको असंवैधानिक कदमपछि चीन पनि निराश भएको छ । नेकपा एकता र अबको अवस्थाबारे चासो राख्न भने छाडेको छैन ।

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले फेरि एकपटक सक्रियता देखाएकी हुन् । मंगलबार नेकपाका छुट्टाछुट्टै केन्द्रीय कमिटीका बैठक बसेपछि यान्छीले सक्रियता देखाएकी हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंगलबार साँझ भेटेकी छिन् । राष्ट्रपति भवन शितल निवासमै पुगेर उनले भेट गरेकी हुन् ।

राष्ट्रपतिका सल्लाहकार लालबाबु यादवले भेटघाट कोरोना भाइरसको महामारी नियन्त्रणसँग सम्वन्धित रहेको दाबी गरे पनि भेट नेकपाको विभाजनलाई नै केन्द्रीत रहेर गरिएको बताइएको छ । कोरोनाको महामारीबारे बुझ्ने यो समय पनि हैन । यान्छीले नेकपाको फुटलाई रोक्न अब राष्ट्रपतिले मात्र सक्ने भन्दै उनलाई नै आग्रह गर्न पुगेको शितलनिवास स्रोतले बताएको छ ।

यद्यपि कोरोना खोपका बारेमा कुराकानी गर्न यान्छीले भण्डारीसँग भेटका लागि एक हप्तादेखि समय मागेको दावी गरिएको छ । कोरोनाको खोप चीनबाटै ल्याउने गोप्य सहमति सरकारले गरेको सूचना बाहिरिएको थियो । चीनले राष्ट्रपतिमार्फत नभइ नेपाल सरकारलाई सहयोग प्रदान गर्दा सम्बन्धित मन्त्रालय वा प्रधानमन्त्रीमार्फत प्रक्रिया अगाडि बढाउँदै आएको छ ।

राष्ट्रपतिले असंवैधानिक तरिकाले संसद विघटन त गरिन् नै उनका सल्लाहकारहरुसमेत झुठो बोलेको यो प्रमाण हो । यान्छीले नेकपाका सम्बन्धमा राष्ट्रपतिबाट ठोस निचोड आउन नसकेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छिन् । मंगलबार राति नै उनले विद्यालाई भेटेपछि खुमलटार पुगेर प्रचण्डलाई भेटेकी हुन् ।

उनले प्रचण्डसँग कसरी अगाडि बढ्ने सोच बनाएको हो रु पार्टी एक हुने सम्भावना छ कि छैन रु किन पार्टी फुटाउन खोजेको लगायतका प्रश्न गरेको स्रोतले बताएको छ । प्रचण्डले पनि आफूलाई यो अवस्थामा ओलीले ल्याएको स्पष्ट पारेको बताएको पनि स्रोतको दावी छ ।

प्रचण्डले हरेक पटक आफू नै झुक्दै आएको र यसपटक ओलीले राजनीतिक मर्यादाको सीमा नै नाघेको गुनासो गरेको पनि यान्छीलाई बताएको स्रोतले बताएको छ । हाम्राकुराबाट।


प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP