नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरमा अब औद्योगिक ग्राम !
नरैनापुरमा अब औद्योगिक ग्राम !
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस ८, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरमा अब औद्योगिक ग्राम !
औद्योगिक ग्राम निर्माणस्थलको अनुगमन गरिँदै

नरैनापुर(बाँके) । बाँकेको नरैनापुरमा औद्योगिक ग्राम निर्माण हुने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले नरैनापुरमा औद्योगिक ग्राम निर्माणका लागि डिपिआर गर्न बजेट छुट्ट्याएपछि प्रक्रिया अघि बढेको हो । त्यसका लागि प्रदेश सरकारले १५ लाख रुपैयाँ छुट्ट्याएको छ । औद्योगिक ग्राम बनाउन यसै आर्थिक बर्षभित्र डिपिआर गरिसक्ने घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख जयराम थारुले बताउनुभयो । वडा नम्बर ४ मा ५० विगाहा बढी जग्गामा औद्योगिक ग्राम स्थापना गर्ने गरी व्यवस्थापन भइरहेको थारुको भनाई छ । "यसै आर्थिक बर्षमा डिपिआर हुन्छ, जिल्ला समन्वय समितिको सिफारिसमा प्रदेश सरकार मार्फत् यस बर्ष नरैनापुमा औद्योगिक ग्राम स्थापनाका लागि काम अघि बढ्दैछ, गत बर्ष बाँकेमा खजुराबाट औद्योगिक ग्राम स्थापनाको काम शुरु भएको छ," प्रमुख थारुले भन्नुभयो-"हामीले भखैरै औद्योगिक ग्राम निर्माण स्थलको अनुगमन गरेका छौं ।"

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, घरेलु तथा साना उद्योग कार्यालय प्रमुख थारु, उद्योग अधिकृत मोहन सुवेदी लगायतले निर्माणस्थलको अनुगमन गर्नुभएको हो । लुम्बिनी प्रदेश सरकारको घरेलु, साना तथा मझौला उद्योग मार्फत् रोजगार सिर्जना गर्ने र क्षेत्रगत असन्तुलन कम गर्दै जाने नीति अनुरुप ‘एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम स्थापना’ को कार्यक्रम अन्तर्गत् नरैनापुरमा पनि प्रक्रिया अघि बढेको हो । सबै उद्योगहरु एकै ठाउँबाट सञ्चालन गर्ने उद्देश्य अनुरुप प्रदेश सरकारले यो अवधारणा अघि बढाएको हो । नरैनापुरमा हुलाकी सडक निर्माण सम्पन्न भएर विद्युतीकरण पनि भइरहेकाले औद्योगिक ग्राम स्थापनाको कार्यले सार्थकता पाउनेछ ।

औद्यागिक ग्राम स्थापनापछि नरैनापुर ग्रामीण औद्योगिकीकरणको दिशामा अघि बढ्ने अध्यक्ष शाहले बताउनुभयो । स्थानीय उत्पादनले बजार पाउनुका साथै रोजगारी सिर्जना हुने भएकाले नरैनापुरको विकास र समृद्धिका लागि औद्यागिक ग्राम कोशेढुंगा सावित हुने अध्यक्ष शाहको विश्वास छ । गाउँपालिकाले यसअघि प्रदेश योजना आयोगमा डेलिगेशन गएर औद्योगिक ग्राम स्थापनाको योजना माग गरेको थियो । गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरेर प्रदेशमा पठाइसकिएको छ ।

"डिपिआरका लागि काम अघि बढेको छ, गाउँपालिकाले आवश्यक सहजीकरण र व्यवस्थापन गर्नेछ, जग्गा व्यवस्थापनदेखि रेखदेख लगायत अन्य काममा हामी सक्रिय भएर लाग्छौं," प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले भन्नुभयो । नरैनापुरलाई उत्पादन र रोजगारीसंग जोड्न अब सहज हुने शाहीको भनाई छ ।


प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १५:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP