नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • संसद विघटनविरूद्ध जसपा बाँकेले सुरु गर्यो विरोध प्रदर्शन
संसद विघटनविरूद्ध जसपा बाँकेले सुरु गर्यो विरोध प्रदर्शन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस ८, २०७७ बागेश्वरी पोस्ट
संसद विघटनविरूद्ध जसपा बाँकेले सुरु गर्यो विरोध प्रदर्शन

नेपालगन्ज  । जनता समाजवादी पार्टी जसपा बाँकेले संसद विघटनको विरोधमा नेपालगन्जमा प्रदर्शन गरेको छ । केपी सरकारको विरुद्धमा जुलुश गरेको जसपाका नेता तथा कार्यकर्ताहरुले असंवैधानिक कदम सच्याउन माग गरेका छन्। मंगल प्रसाद माध्यमिक विद्यालयबाट निस्केको जुलुस नाराबाजी गर्दै त्रिभुवनचोक हुँदै बिपि चौकमा पुगि कोण सभा गरेको थियो । कोणसभालाई सम्बोधन गर्दै पूर्व सहरी विकास मन्त्री मो. ईस्तियाक राइले अदालतले निर्णय सत्याउनु पर्ने बताए । ‘देशलाई दुर्घटनाबाट बचाउन अहिलेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय सच्याउनु पर्दछ, अदालतले निर्णय नसच्याएको अवस्थामा हामी सबैले सडकबाट निर्णय सच्याउँछौं ।’ पूर्व सहरी विकास सहरी विकास मन्त्री राईले भने । उनले भने ‘राजनीतिक रूपमा अत्यन्तै लोकतन्त्र विरोधी कदम चालेको  ठहरिन्छ’, राईले भने। ‘पार्टीभित्र पनि पार्टी निर्णय र पद्धतिविरुद्ध कम्युनिस्ट पार्टीको मान्यताको विरुद्धमा उहाँ सर्वसत्तावादी ढंगले चल्नुभएको छ, उहाँको कदम अत्यन्तै निन्दनीय छ ।’ ओलीको कदम राजनीतिक परिवर्तनलाई पछाडि धकेल्ने निर्णय भएको बताए । उहाँले संबिधान विघटन गर्ने प्रधानमन्त्रीलाई कुनै अधिकार नभएको भन्दै उहाँले आक्रोस पोख्नुभयो । संबिधानले स्पष्ट दुई तिहाइको सरकारले संबिधान विघटन गर्न नपाउने उल्लेख गरेकाले प्रधानमन्त्रीले संबिधान विरोधी हर्कत गरेको आरोप समेत लगाउनुभयो । जिल्ला नेता कमरुद्दिन राइले संबिधानमाथि प्रहार गर्ने यो खेलविरुद्ध एक भएर आन्दोलन गरिने चेतावनी दिनुभयो । संघीयता र गणतन्त्रलाई धरासायी पार्ने काम कसैबाट हुन नहुने भन्दै त्यसो गरिए फेरी सशक्त आन्दोलन गरिने नेता राईको भनाइ थियो । नेपालगञ्जमा सम्पन्न गरिएको कोण सभामा नेता कमरुद्दीन राई, समसुलहक राई,अम्बिका काफ्ले, हिक्मत विक, श्रवण कुमार यादव, बेबि तबस्सुम, रमारानी वैश्य, लगायत नेता तथा कार्यकर्ताहरुले सरकारको गलत निर्णयलाई सच्याउनुपर्ने बताएका थिए । यसैगरी, जनता समाजवादी पार्टी नेपालले ७७ वटै जिल्ला सदरमुकामहरूमा आज बुधबार प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमा जसपाले ७७ वटै जिल्लामा प्रदर्शनसहित कोणसभा गरेको छ । जसपाले पुस १२ गतेसम्म विभिन्न कार्यक्रम गरी प्रधानमन्त्री ओलीको कदमविरूद्ध आन्दोलन जारी राख्ने जसपा नेता कमरुद्दीन राईले बताए ।


प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP