नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बागमती प्रदेशमा सरकार बनाउन के कांग्रेस निर्णायक बन्ला?
बागमती प्रदेशमा सरकार बनाउन के कांग्रेस निर्णायक बन्ला?
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १०, २०७७ बागेश्वरी पोस्ट
बागमती प्रदेशमा सरकार बनाउन के कांग्रेस निर्णायक बन्ला?

काठमाडौं  । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै नयाँ समीकरणबारे चर्चा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड– माधबकुमार नेपाल पक्षको पार्टी भित्रको आन्तरिक द्वन्दले बागमती प्रदेश सरकार समेत संकटमा परेको हो । मुख्यमन्त्री पौडेल बिरुद्ध अविश्वासको प्रस्ताव अघि बढेसँगै बागमती प्रदेश सरकारमा कांग्रेस निर्णयक हुने देखिएको छ ।

मुख्यमन्त्री पौडेल विरुद्ध ४५ सांसदले हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन । अविश्वासको प्रस्ताव दर्ता गर्दा नै नयाँ मुख्यमन्त्रीका लागी अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव भएको पुर्व मन्त्री युवराज दुलालले जानकारी दिए । ‘मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ, अब नयाँ सरकार बन्छ, नयाँ मुख्यमन्त्रीका लागी अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव गरेका छौं,’ दुलालले भने । उनले ५० जना सांसद आफुहरुको पक्षमा रहेको र अन्य दलसँग पनि छलफल गरेर सहयोग माग्ने बताए ।

बागमती प्रदेश सभामा कूल १ सय १० जना सांसद छन । जसमा प्रचण्ड–माधव समूहका ४६ र ओली पक्षका ३४ जना छन । यसरी हेर्दा मुख्यमन्त्रीबाट पौडेललाई हटाएपछि नयाँ सरकार बनाउन बागमती प्रदेशमा प्रचण्ड–माधव समूहलाई १० सांसद अपुग देखिन्छ । कुल ५६ जना पुर्याउँदा मात्र सरकार बनाउन बहुमत पुग्छ ।

ओली निकट मानिने पूर्वमन्त्री केशव स्थापित तथा अन्य केहि सांसद पनि मुख्यमन्त्री पौडेलसँग चिढिएका छन । यो सँगै अबको प्रदेश सरकारमा प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस निर्णायक बन्ने देखिएको छ । प्रदेश सभामा नेपाली कांग्रेसको २२, विवेकशील साझा ३ र अन्य ५ जना सांसद छन ।

कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाले नेकपाको आन्तरिक द्वन्दमा आफ्नो दल नपर्ने प्रतिक्रिया दिएका छन । उनले कसलाई सहयोग गर्ने र कसरी अघि बढ्ने भन्ने बिषयमा दलको बैठकबाट निर्णय लिइने बताए ।

अविश्वासको प्रस्ताव दर्ता गर्दा नै प्रदेशका तीन मन्त्री मन्त्रीले राजिनामा समेत दिएका छन । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल छन । हाम्राकुराबाट।


प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  १५:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP