नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पुष १३ को तयारीमा बाँके कांग्रेस, नेपालगञ्जमा गगन थापाले सम्बोधन गर्ने
पुष १३ को तयारीमा बाँके कांग्रेस, नेपालगञ्जमा गगन थापाले सम्बोधन गर्ने
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस ११, २०७७ बागेश्वरी पोस्ट
पुष १३ को तयारीमा बाँके कांग्रेस, नेपालगञ्जमा गगन थापाले सम्बोधन गर्ने

नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले बाँके लगायत देशभर प्रदर्शनको तयारी तीब्र पारेको छ । कांग्रेसको केन्द्रिय कार्यक्रम अनुसार यही पुष १३ गते नेकपा सरकारको असंवैधानिक कदमविरुद्ध बाँके लगायत देशभर प्रदर्शन हुँदैछ । कांग्रेसले ७७ वटै जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । सोही कार्यक्रम अन्तर्गत् नेपाली कांग्रेसले बाँकेमा पनि सरकारविरुद्ध प्रदर्शनको तयारी तीब्र पारेको छ । बाँकेमा हुन लागेको प्रदर्शनमा कांग्रेसका प्रभावशाली युवा नेता एवम् पूर्व मन्त्री गगन थापा लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा अनिवार्य सहभागी भएर सरकारको भण्डाफोर गर्न कांग्रेस कार्यकर्ता तथा सर्बसाधारणलाई उहाँले अपिल गर्नुभएको छ । यही पुष १३ गते सोमबार दिउँसो १ बजे नेपालगञ्जको त्रिभुवन चोकमा नेता थापाले सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रमलाई सफल पार्न नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आज पार्टी कार्यालयमा बृहत् छलफल गरेको छ । क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले पुष १३ गते दिउँसो त्रिभुवन चोकमा पुगेर सरकारी कदमको विरोधमा उत्रन सम्पूर्ण नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रदर्शन कार्यक्रमको तयारीका लागि क्षेत्र नम्बर २ क्षेत्रीय समितिले एक तयारी समिति गठन गरेको क्षेत्रीय सचिव सुनिलसिंह हमालले जानकारी दिनुभयो । उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न क्षेत्रीय सभापति रमेश गुप्ताको संयोजकत्वमा आर्थिक समिति, नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगर सभापति प्रशान्त विष्टको संयोजकत्वमा अतिति सत्कार, तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र शाहको संयोजकत्वमा मञ्च ब्यवस्थापन र नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गरिएको छ ।


क्षेत्रीय सभापति गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, उपसभापति सुनिलनरसिंह राणा, प्रदेश सांसदद्वय सुरेन्द्र हमाल र मोहम्मद याकुव अन्सारी, कांग्रेस नेताहरु राजकुमार बर्मा, डा. सुरेशकुमार कनोडिया, पूर्व सांसदहरु, कांग्रेसका जिल्ला कार्यसमितिका पूर्व पदाधिकारी, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, डुडुवा गाउँपालिकाका उपप्रमुख साहिदा बानो, कांग्रेस जिल्ला र क्षेत्रीय कार्यसमिति सदस्य, वडा अध्यक्षहरु, वडा सदस्य, विभिन्न भ्रातृ तथा शुभेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

छलफलमा बोल्ने अधिकांशले वर्तमान सरकारले चालेको कदमको भण्डाफोर गर्नुपर्ने, अदालतको निर्णय पर्खिँदै जनतामाझ जानुपर्ने सुझाव दिएका थिए । पार्टी निर्वाचनमा जानुपर्ने स्थिति आएमा नेकपासँग कुनै पनि हालतमा चुनावी एकता गर्न नहुने अधिकांश नेता, कार्यकर्ताको सुझाव छ ।


प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १७:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP