prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश नम्बर १ मा ओली,बागमतीमा प्रचण्ड-नेपाललाई साथ दिने कांग्रेसको रणनीति
प्रदेश नम्बर १ मा ओली,बागमतीमा प्रचण्ड-नेपाललाई साथ दिने कांग्रेसको रणनीति
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस १२, २०७७ बागेश्वरी पोस्ट
प्रदेश नम्बर १ मा ओली,बागमतीमा प्रचण्ड-नेपाललाई साथ दिने कांग्रेसको रणनीति

नेपालगन्ज । मुख्यमन्त्रीहरू विरूद्ध अविश्वास प्रस्ताव दर्ता भएका प्रदेश नम्बर १ र बागमती प्रदेशमा नेपाली कांग्रेसले नेकपाका फरक-फरक समूहलाई साथ दिने गरी रणनीति बनाउन लागेको छ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध आज अविश्वास प्रस्ताव दर्ता भएको छ। भावी मुख्यमन्त्रीमा भीम आचार्यको नाम प्रस्ताव छ। बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध शुक्रबार नै अविश्वास प्रस्ताव दर्ता भइसकेको थियो। भावी मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अघि सारिएको छ। नेकपाका प्रचण्ड-नेपाल समूहका सांसदले मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रतिपक्षी दल कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले संसदीय दलको बैठकसमेत राखिसकेका छन्। उनले पार्टी केन्द्रको निर्देशन अनुसार आफूहरू अगाडि बढ्ने बताइरहेका छन्।

प्रदेश नम्बर १ मा पनि कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले आन्तरिक छलफल गरिराखेका छन्। तर अहिलेसम्म कांग्रेसले प्रदेशहरूमा के गर्ने औपचारिक निर्णय भने गरिसकेको छैन। प्रदेशस्तरमा कांग्रेसको पार्टीगत संरचना छैन। त्यसैले प्रदेश पार्टी समिति पनि कांग्रेस केन्द्रीय समितिले नै हेर्दै आएको छ। प्रदेशहरूका पार्टी संसदीय दलले गर्ने निर्णयका आधारमा कांग्रेस केन्द्रले आवश्यक निर्देशन दिने तयारी गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा सोमबार १६५ निर्वाचन क्षेत्रबाट कांग्रेसले विरोध प्रदर्शन गर्दैछ। उक्त प्रदर्शनपछि प्रदेशहरूमा नेकपाका कुन समूहलाई साथ दिने भन्ने निर्णयमा कांग्रेस पुग्ने स्रोतले जानकारी दियो।

कांग्रेसभित्र नेकपाको एउटै समूहलाई प्रदेशहरूमा साथ दिन नहुनेमा मत छ। प्रदेशको अवस्था हेरेर नेकपाका भिन्नभिन्न समूहलाई साथ दिनुपर्नेमा कांग्रेसका शीर्ष नेताहरू छन्। ‘प्रदेश नम्बर १ मा ओली समूह (मुख्यमन्त्री शेरधन राई) लाई नै समर्थन गर्ने तयारीमा पार्टी छ,’ कांग्रेसका एक शीर्ष नेताले भने, ‘बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध हुने गरी प्रचण्ड-माधव नेपाल समूहलाई साथ दिने पक्षमा पार्टी देखिन्छ।’ ती नेताका अनुसार कुन प्रदेशमा कसलाई सहयोग गर्ने भन्ने निर्णय भने केन्द्रीय समितिबाटै हुनेछ।

कांग्रेसले पुस १९ गतेसम्म केन्द्रीय समिति स्थगित गरेको छ। यसबीचमा उसले प्रधानमन्त्रीका कदमविरूद्ध प्रदर्शन गर्न लागेको छ। यी दुबै प्रदेशमा कांग्रेस सांसद निर्णायक छन्। प्रदेश नम्बर १ मा ९३ सिट छ। तीमध्ये नेकपाका ६७ सांसद हुन्। मुख्यमन्त्री राईका पक्षमा जम्मा २२ जना सांसद छन्। यहाँ कांग्रेसका २१ सांसद छन्। सरकार बनाउन यहाँ ४७ जना चाहिन्छ। यस्तै बागमती प्रदेशमा ११० सिट छ। नेकपाका ८० सांसद रहेकोमा ओली पक्षमा ३४ जना मात्रै छन्। यहाँ पनि कांग्रेस निर्णायक छ। कांग्रेसका २२ जना सांसद छन्। नयाँ सरकार बनाउन कांग्रेस आवश्यक छ। सेतोपाटीबाट साभार।


प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP