Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्जमा गर्जिए गगन-"संसद्बाट भाग्ने कायर प्रधानमन्त्रीले संविधानलाई धुजाधुजा पार्ने दुष्साहस गरे"
नेपालगञ्जमा गर्जिए गगन-"संसद्बाट भाग्ने कायर प्रधानमन्त्रीले संविधानलाई धुजाधुजा पार्ने दुष्साहस गरे"
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १३, २०७७ बागेश्वरी पोस्ट
नेपालगञ्जमा गर्जिए गगन-"संसद्बाट भाग्ने कायर प्रधानमन्त्रीले संविधानलाई धुजाधुजा पार्ने दुष्साहस गरे"

नेपालगञ्ज । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारले संसद् विघटन भएको बताउनुभएको छ । अहंकारी प्रधानमन्त्री ओलीको मतियार बनेर राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हत्या गर्ने दुष्साहस गरेको थापाले टिप्पणी गर्नुभयो ।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले आज नेपालगञ्जको त्रिभुवनचोकमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री समेत रहनुभएका थापाले भन्नुभयो–“जनमतको अपमान गर्ने केपी ओलीको असंवैधानिक कदमका विरुद्ध कांग्रेस सडकमा आएको हो, संविधानको रक्षार्थ कांग्रेस आन्दोलनमा उत्रिएको हो ।”

संसद्बाट भाग्ने प्रधानमन्त्री केपी ओली क्रान्तिकारी नभई कायर भएको थापाको टिप्पणी छ । “संसद्मा टाउको गन्दा संख्या नपुगेपछि कायर प्रधानमन्त्रीले संविधानमै नभएको अधिकार प्रयोग गरी सर्वसत्ताबादी शैलीमा संसद् विघटन गरेका छन्, राष्ट्रपति र प्रधानमन्त्रीको जालझेलपूर्ण दुष्साहसी कदमले जनमतको अपहरण गरेको छ,” थापाले भन्नुभयो । “पार्टीभित्रको झगडा मिलाउन नसक्ने अनि त्यसको भारी हामीलाई बोकाउने ?”–थापाको प्रश्न छ । नेपाली जनताले बनाएको संविधानलाई धुजाधुजा पार्ने अपराध प्रधानमन्त्रीले गरेको र त्यो अपराधको मतियार राष्ट्रपति भएको थापाले बताउनुभयो ।

उहाँले सर्वोच्च अदालतप्रति कांग्रेसका आस्था र विश्वास रहेको बताउँदै अब संसद् पुनःस्थापनाको विकल्प नरहेको बताउनुभयो । “अदालतले न्याय दिने कुरामा हामी ढुक्क छौं, यही संविधानलाई छातीमा टाँसेर सपथ खाएका न्यायमूर्तिहरुले यो संविधानलाई मर्न दिनुहुन्न भन्ने हाम्रो विश्वास छ ।” थापाले भन्नुभयो । अदालत पनि न्याय दिन चुक्यो भने जनताको अदालतमा गएर कांग्रेसले संविधानको रक्षा गर्ने नेता थापाको भनाई छ । क्षेत्रीय सभापति रमेश कुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सभापति किरण कोइराला, कांग्रेस नेता लुम्बिनी एवम् प्रदेश सभा सांसद् मोहम्मद याकुव अन्सारी र नेपालगञ्ज नगर सभापति प्रशान्त विष्टले बोल्नुभएको थियो । कार्यक्रमको संचालन क्षेत्रीय सचिव सुनिलसिंह हमालले गर्नुभएको थियो । 


प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १७:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP