नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बालविवाह न्यूनीकरणमा सकारात्मक पुरुषत्वको भूमिका सम्बन्धि तालिम सम्पन्न
बालविवाह न्यूनीकरणमा सकारात्मक पुरुषत्वको भूमिका सम्बन्धि तालिम सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १५, २०७७ बागेश्वरी पोस्ट
बालविवाह न्यूनीकरणमा सकारात्मक पुरुषत्वको भूमिका सम्बन्धि तालिम सम्पन्न

गंगापुर(बाँके) । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ मा सञ्चालित बालविवाह न्यूनीकरणमा सकारात्मक पुरुषत्वको भूमिका सम्बन्धि दुई दिने तालिम आज सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोग तथा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालको आयोजनामा भएको तालिममा २५ जना सहभागी थिए । तालिममा बालविवाह न्यूनीकरण गर्न पुरुषले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गरिएको थियो । बालविवाह न्यूनीकरण गर्न पुरुषको संलग्नता बढाउँदै बाल विवाहमुक्त वडा घोषणाका लागि प्रतिबद्ध बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको स्याक नेपालका फिल्ड सुपरभाइजर त्रिभुवन प्रसाद यादवले बताउनुभयो ।

तालिममा लैंगिक सवाल, लैंगिक हिंसा, निर्णय प्रक्रियामा पुरुष र महिलाबीचको भूमिका, समाज परिवर्तनमा पुरुषको भूमिका, बालविवाह न्यूनीकरण गर्न पुरुषको महत्व, संलग्नता लगायतका विषयमा पत्रकार नवीन गिरीले सहजीकरण गर्नुभएको थियो । त्यस अवसरमा सहभागीहरुबाट बालविवाह न्यूनीकरणका लागि कार्ययोजना तयार गराउनुका साथै प्रतिबद्धता संकलन गरिएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै वडा नम्बर ६ का अध्यक्ष विरेन्द्रपाल सिंहले पुरुषप्रधान समाजमा सकारात्मक पुुरुषत्वले बालविवाह न्यूनीकरणमा अहम् भूमिका खेल्ने बताउनुभयो । छोराछोरी दुवैलाई भेदभाव नगरी पढाउनेतिर ध्यान केन्द्रित गरे बालविवाह स्वतः कम हुँदै जाने वडा अध्यक्ष पालको भनाई छ । नरैनापुर गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कृष्णा कुमारी चन्दले छोरीहरुलाई बोझ सम्झेर विभेद गर्दा पढाउनुको साटो बालविवाह गर्न अभिभावकहरु हतारिने गरेको बताउनुभयो ।


प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १८:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनमा कांग्रेसले पहल गर्छः अमर सिंह पुन
नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनमा कांग्रेसले पहल गर्छः अमर सिंह पुन
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP