नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बालविवाह न्यूनीकरणका लागि सामुहिक प्रयासमा जोड
बालविवाह न्यूनीकरणका लागि सामुहिक प्रयासमा जोड
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस २५, २०७७ बागेश्वरी पोस्ट
बालविवाह न्यूनीकरणका लागि सामुहिक प्रयासमा जोड

नेपालगन्ज । बालविवाह न्यूनीकरणका लागि सामुहिक प्रयास हुनुपर्नेमा जोड दिइएको छ । बालविवाह नेपाली समाजको जटिल समस्याको रुपमा रहेको भन्दै सबैको सामुहिक प्रयासले मात्र बालविवाह न्यूनीकरण सम्भव हुने सरोकारवालाको भनाई छ ।

जिल्ला बाल अधिकार समिति बाँके, प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत र सामाजिक सरोकार सचेतन मन्च(स्याक) नेपालको आयोजनामा बाँके जिल्लामा बालविवाह रोकथाम सम्बन्धि प्रयास तथा बालविवाह मुक्त घोषणा अभियानका लागि आयोजित सरोकारवालाको बैठकमा बालविवाह रोकथामका लागि सबैले प्रतिवद्धता जनाउँदै सामुहिक प्रयास थाल्नुपर्नेमा जोड दिएका छन् ।

जिल्ला समन्वय समिति संयोजक एवम् जिल्ला बाल अधिकार समितिका अध्यक्ष अजय कुमार श्रीवास्तवले बालविवाह अन्त्यका लागि स्थानीय जनप्रतिनिधि गम्भीर बन्नुपर्ने बताउनुभयो । बालविवाह स्थानीय सरकारको प्राथमिकता र सरोकारको विषय बन्न नसकेको गुनासो गर्नुभयो । शिक्षा विकास समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले समाजको हानिकारक संस्कारका रुपमा रहेको बालविवाह न्यूनीकरणका लागि शिक्षा र सचेतना बढाउनुपर्नेमा जोड दिनुभयो ।

सामाजिक विकास डिभिजन कार्यालय बाँकेका प्रमुख रामकरण पालले सबैको साझा प्रयासबाट मात्रै बालविवाहको मुद्दालाई सम्बोधन गर्न सकिने बताउनुभयो । उहाँले सरकारी, गैरसरकारी संस्था तथा सरोकारवाला र समाज स्वयंको ऐक्यबद्धता र प्रतिवद्धता जरुरी रहेको बताउनुभयो । प्लान नेपालकी बालविवाह रोकथाम परियोजना संयोजक आशा बुढाले बालविवाह मुक्त समाजका लागि आफूहरु क्रियाशील रहेको बताउँदै सबैको हातेमालोले लक्ष्य हासिल हुने विश्वास ब्यक्त गर्नुभयो ।

स्याक नेपालका बालविवाह रोकथाम परियोजना प्रवन्धक जगदिश थापाले जिल्लामा बालविवाहको अवस्था, स्याकले न्यूनीकरणका लागि गरेका प्रयास, बालविवाह मुक्त वडा घोषणाका लागि भएका तयारी लगायतका विषयमा जानकारी गराउनुभएको थियो । वैठकमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जकी द्वारिका अधिकारीले समाजमा जरा गाडेर बसेको कुसंस्कार अन्त्यका लागि ठूलो मेहनत जरुरी रहेको बताउनुभयो ।

वैठकमा जिल्ला समन्वय अधिकारी लोक बहादुर सुनार, स्याककी टिम लिडर नेत्रकला शाही, संचारकर्मी, राजनीतिक दलका प्रतिनिधि, बाल तथा किशोरी क्लबका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
       


प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  १२:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP