नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारलाई काम गर्न नदिएपछि ताजा जनादेशको घोषणा : प्रधानमन्त्री ओली
सरकारलाई काम गर्न नदिएपछि ताजा जनादेशको घोषणा : प्रधानमन्त्री ओली
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस २५, २०७७ बागेश्वरी पोस्ट
सरकारलाई काम गर्न नदिएपछि ताजा जनादेशको घोषणा : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली

नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जनताको पक्षमा काम गर्न पार्टीभित्रैबाट असहयोग गरिएकाले आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रष्टीकरण दिएका छन् । 

युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्रैबाट संविधान कार्यान्वयन हुन नदिने, लोकतान्त्रिक संस्थालाई निकम्मा पार्ने र संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्न नदिएर बखेडा झिकिएको बताए।

“सरकारलाई काम गर्न नदिने, कानून बनाउन नदिने, कानून संसद्मा राख्यो पेश हुनै नदिने र संसदीय समितिले सरकारलाई अप्ठ्यारो पार्ने काम भयो । जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यो गतिका साथ अगाडि बढ्ने काम नभएपछि चुनावमा गएर नयाँ जनादेश ल्याएर देशलाई अगाडि बढाउनुपर्छ भनेर मैले निर्वाचनको घोषणा गरेको हुँ”, उनले भने। 

प्रधानमन्त्रीले ताजा जनादेशका लागि भनेर आफूले निर्वाचनको घोषणा गर्दा पार्टीभित्र र बाहिरका व्यक्ति अत्तालिएको बताए। आफूले जनअपेक्षाअनुसार काम गर्दा पार्टीभित्रका केही नेता आत्तिएर आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेको उनले उल्लेख गरे । 

जननिर्वाचित सरकारले गरेको प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक भनेर केही व्यक्तिले अभिव्यक्ति दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको जिम्मेवारीमा बसेको व्यक्तिले अदालतलाई धम्क्याउने क्रियाकलाप गर्न नहुने बताए ।

उनले भने, “म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरुजस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढङ्गले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।” प्रधानमन्त्री ओलीले सम्मानित न्यायापालिकाको कदर गर्न सिक्न पनि आग्रह गरे ।

जनताका बीचमा जाने कुरा लोकतन्त्रविरोधी नहुने प्रष्ट पार्दै उनले जनताका बीचमा जान डराउनेचाहिँ लोकतन्त्रविरोधी भएको टिप्पणी गरे। प्रधानमन्त्री ओलीले भने, “हामी लोकतन्त्रवादी हौँ, जनताका बीचमा जाने निर्णय गरेका छौँ, ताजा जनादेशमा जाने पक्षमा छौँ, संविधानको कार्यान्वयन गर्ने र लोकतन्त्रको विकासमा जाने कुरा गरेका छौँ ।”

निर्वाचन तोकिएको मितिमै हुने ठोकुवा गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन हुन्छ कि हुँदैन भनेर भ्रममा नपर्न सबैलाई आग्रह गरे । “सम्पूर्ण दाजुभाइ, देशवासी कोही पनि भ्रम र अन्योलमा पर्नु आवश्यक छैन”, उनले भने, “सरकारले कुनै तानाशाही व्यवस्था ल्याउँदैन, निर्वाचनको मिति एक दिन पनि तलमाथि हुँदैन ।” चुनावी वातावरणको आँधीबेहरी सिर्जना गर्न नेता, कार्यकर्तालाई आग्रह गर्दै उनले देश र जनताको पक्षमा काम नगर्ने तत्वलाई निर्वाचनबाटै पाखा लगाउनुपर्ने बताए । 

कार्यक्रममा युवा सङ्घका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री महेश बस्नेतले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै संसद् विघटनको विरुद्धमा बोल्नुको कुनै अर्थ नरहेको बताए । ताजा जनादेशका लागि जनतामा जान्छु भन्नु कसरी निरंकुशता हुन्छ भन्ने प्रश्न गर्दै उनले निर्वाचनको मिति घोषणा गरेर जानु अग्रगमनकारी कदम भएको दावी गरे । 

‘धोती जुलुस’ 
भेलाअघि अध्यक्ष ओलीको पक्षमा युवा सङ्घ नेपालले धोती जुलुस निकालेको थियो । नेता, कार्यकर्ताले नयाँ बिजुलीबजार पुलदेखि कमलादीसम्म पैदल तथा मोटरसाइकल र्‍याली निकालेका थिए ।

नेकपाका नेता बस्नेतले नेतृत्व गरेको र्‍यालीलाई ‘धोती जुलुस’को नाम दिइएको थियो । जुलुसमा सहभागी केहीले धोती कुर्था लगाएर ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर बोकेका थिए ।


प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  १९:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP