नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • शरणार्थी शिविरमा आगलागी,एक जनाको मृत्यु
शरणार्थी शिविरमा आगलागी,एक जनाको मृत्यु
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २८, २०७७ बागेश्वरी पोस्ट
शरणार्थी शिविरमा आगलागी,एक जनाको मृत्यु
साङकेतिक तस्बिर

काठमाडौं ।झापाको दमक नगरपालिका ३ बेलडागीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । आगलागीमा परी एक अशक्त पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार राति ८ बजेतिर अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डि ४,छाप्रा नं ३२५ बस्ने बर्ष ६० का देशमान राई रहेको प्रहरीले जानकारी दिएको छ । पक्षघातका बिरामीसमेत रहेका राइको जलेरै मृत्यु भएको जनाइएको छ । बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आएका राईको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले बताए । उक्त आगलागीबाट छाप्रा नष्ट हुँदा छाप्राभित्र रहेको १ तोला सुन, १० तोला चाँदी र नगद तीन लाखसहित खाद्यान्ह तथा लत्ताकपडासमेत पूर्णरुपमा जलेर नष्ट हुदाँ करिव रु आठ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । करिब एक घण्टाको प्रयास पश्चात् आगलागी स्थानीय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा आएको थियो । घरमा कोही नभएको बेला एक्कासी आगो लागेकोले कसैले लगाएको भन्ने शंका गरे पनि चुलोबाट आगो लागेको हुन सक्ने प्रहरीले आशंका गरेको शसस्त्र प्रहरी निरीक्षक सियाराम चौधरीले बताए । आगलागीमा परेर जलेका वृद्धलाई मृत अवस्थामा निकालिएको प्रहरीले जानकारी दिएको छ । छिमेकीका अनुसार मृतककी श्रीमती र नातिनी नजिकै छिमेकीको घरमा टीभी हेर्दै गरेको अवस्थामा एक्कासी आगो लागेको परिवारले छिमेकीलाई बताएको भूटानी अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरूङले बताइन् । आगलागीमा परी मृत्यु भएका राईका जेठा छोरा मनबहादुर राई छुट्टिएर बसेको र कान्छा छोरा घरमा नभएको बेला साँझ आगलागी भएको छिमेकीहरुले बताएका छन् । घटना पश्चात् शव पोष्टमार्टमका लागि दमक लगिएको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP