prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मिनेन्द्र रिजालको दलिलः भत्किएको संविधान लिएर जनतासंग कसरी मत माग्ने ?
मिनेन्द्र रिजालको दलिलः भत्किएको संविधान लिएर जनतासंग कसरी मत माग्ने ?
banijya office RSG-2
"संविधान जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको छ"
बागेश्वरी पोस्ट
शनिबार, माघ ३, २०७७ बागेश्वरी पोस्ट
मिनेन्द्र रिजालको दलिलः भत्किएको संविधान लिएर जनतासंग कसरी मत माग्ने ?

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले संविधान जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताउनुभएको छ । नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका कमिटिले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य डा.रिजालले संविधानलाई भत्काएर चुनावमा जान नसकिने जिकिर गर्दै सग्लो संविधान शिरमा राखेर मात्र जनतामा जानुपर्ने बताउनुभयो ।

"कांग्रेसका साथीहरु पनि अलमलमा नपर्नुस्, संविधानलाई भत्काएर चुनावमा के भनेर जाने ?, सग्लो संविधान शिरमा राखेर जनतासमक्ष जाने हो, अवसरबादी भएर कांग्रेसले सोच्न सक्दैन, कांग्रेसको नेतृत्वमा बनेको संविधान केपी ओलीले भत्काएका छन्, यसलाई पुरानो ठाउँमा नफर्काएर चुनावमा जाँदा जनतासंग हामीले के भनेर मत माग्ने ?" डा. रिजालले भन्नुभयो-"पार्टीलाई फाइदा हुन्छ भन्दैमा चुनावमा कुद्ने होइन, विधि विधानलाई ध्यान दिउँ, संसद् पुनःस्थापनको विकल्प छैन ।"

चुनाव हुन्छ भन्ने भ्रममा कोही पर्न नहुने बताउँदै उहाँले चुनाव गर्नलाई संविधान भत्काएर संसद् विघटन गरिएको नभई सत्तामा बसिरहन बद्नियतपूर्ण तरिकाले संसद् विघटन गरिएको जिकिर गर्नुभयो । "हिजो कांग्रेससंग हारिन्छ भनेर सबैभन्दा मन नमिल्नेसंग गठबन्धन बनाएर चुनावमा जाने पात्रले एक्लै चुनावमा जान मिति घोषणा गरेका हुन् भन्ने ठान्नु मुर्खता हो, यो गर्नलाई घोषणा गरिएको चुनाव होइन ।"

पूर्व मन्त्री समेत रहनुभएका डा.रिजालले संविधान भत्काउने प्रधानमन्त्री केपी ओलीको विदाई अवश्यम्भावी रहेको बताउनुभयो । डा. रिजालले भन्नुभयो-"अमेरिकामा अधिनायकबादका प्रतिक ट्रम्प ढलेका छन्, अब नेपालमा केपी पनि ढल्छन् ।" उहाँले राष्टपति विद्यादेवी भण्डारी मर्यादामा बस्न नसक्दा केपी ओली प्रबृत्ति बढेको भन्दै राष्टपतिलाई ओली गुटको सदस्य बनेर नभई आफ्नो मर्यादामा बस्न चेतावनी दिनुभयो ।

विरोधसभालाई बाँके कांग्रेस सभापति किरण कोइराला, लुम्बिनी प्रदेशसभा सदस्यहरु सुरेन्द्र हमाल, मोहम्मद याकुब अन्सारी, नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, प्रदेश २ क का सचिव शिवकुमार बर्माले सम्बोधन गर्दै प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएकाले यसका विरुद्ध निरन्तर आन्दोलनको विकल्प नभएको बताउनुभयो । नगर सभापति प्रशान्त विष्टको सभापतित्वमा भएको विरोधसभाको सञ्चालन धु्रब प्रसाद दाहालले गर्नुभएको थियो ।

आजै डुडुवा गाउँपालिका कमिटिले गरेको विरोधसभालाई पनि डा.रिजालले सम्बोधन गर्नुभएको थियो । जिल्ला सभापति कोइराला, गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, क्षेत्रीय सभापति गुप्ता, प्रदेशसभा उम्मेदवार निरन्जनसिंह सिंजापति लगायतले बनकट्टीमा आयोजिता सभालाई सम्बोधन गर्नुभएको थियो । विरोधसभा कांग्रेस गाउँपालिका सभापति छोटेलाल बर्माको सभापतित्वमा भएको थियो ।

 


प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १६:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP