नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरका लागि राष्ट्रिय योजना आयोगसंग करोडौंका योजना माग
नरैनापुरका लागि राष्ट्रिय योजना आयोगसंग करोडौंका योजना माग
बागेश्वरी पोस्ट
सोमबार, माघ ५, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरका लागि राष्ट्रिय योजना आयोगसंग करोडौंका योजना माग

नरैनापुर(बाँके) । नरैनापुर गाउँपालिकाले राष्ट्रिय योजना आयोगसंग करोडौंका योजना माग गरेको छ । आयोगले गत मंसिर ३० गते सूचना प्रकाशित गरेर स्थानीय तहबाट समपूरक अनुदानतर्फ १ करोडदेखि १० करोड र विशेष अनुदानतर्फ ५० लाखदेखि १ करोडका योजना माग गर्न आह्वान गरेपछि गाउँ कार्यपालिकाको बैठक बसेर योजना माग गरिएको हो ।

पुष २८ गते बसेको बैठकले समपूरक र विशेष अनुदानका योजना माग गर्ने निर्णय गरेर आयोगमा पठाएको गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिनुभयो । समपूरकतर्फ पालिकाका ६ वटै वडाका सडक स्तरोन्नतिका लागि योजना माग गरिएको छ । प्रत्येक वडाका लागि एक एक वटा भौतिक पूर्वाधारको योजना माग गरिएको शाहीले बताउनुभयो ।

वडा नम्बर ६ को गंगापुरदेखि जमुनी हुँदै हुलाकी सडकसम्म जोड्ने ८ मिटर चौडा ३ किलोमिटर सडक स्तरोन्नति, वडा नम्बर ५ मा हुलाकी सडकदेखि मोतिपुर—नयाँबस्ती जोड्ने ५ सय मिटर सडक कालोपत्रे, वडा नम्बर ४ मा जयरामपुर्वादेखि दौलतपुर खोदवाँ हुँदै हुलाकी सडक जोड्ने २.८ किलोमिटर सडक स्तरोन्नति, वडा नम्बर ३ को कालागाउँदेखि पचपडवा कोटिया ३.२ किलोमिटर सडक स्तरोन्नति, वडा नम्बर २ मा बेहचहवादेखि शमशेर अलीको घरसम्मको २.८ किलोमिटर सडक स्तरोन्नति र वडा नम्बर १ को हुलाकी सडकदेखि बनियाँगाउँसम्मको ३ किलोमिटर सडक स्तरोन्नतिको योजना माग गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहीले जानकारी दिनुभयो ।

विशेष अनुदानतर्फ तीन वटा विद्यालयको नयाँ संरचना निर्माण, स्वास्थ्य चौकी भवन र ३० वटा खोप केन्द्र बनाउन योजना माग गरिएको छ । वडा नम्बर ४ मा स्वास्थ्य चौकी भवन निर्माण, वडा नम्बर ६ को नेरा प्रावि कुदरबेटवा, वडा नम्बर ५ को नेराप्रावि गंगापुर र वडा नम्बर २ को नेराप्रावि रोशनपुर्वाको पुराना र जीर्ण संरचना भत्काएर नयाँ बनाउने मागिएको छ ।

पुष २८ कै कार्यपालिका बैठकले टोल विकास संस्थाको गठन तथा परिचालन कार्यविधि २०७७ पनि पारित गरेर लागू गर्ने निर्णय गरेको सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिनुभयो । यो निर्णयपछि अब गाउँपालिकामा टोल विकास संस्थाले विधानसहित संस्था दर्ता गरेर मात्र काम गर्न पाउनेछन् । अध्यक्ष उपाध्यक्षसहित ७ देखि ११ सदस्यीय समिति गठन गर्नुपर्नेछ । स्थायी प्रकृतिका संरचना निर्माण गर्दा उनीहरुलाई जवाफदेही बनाउँदै दिगो विकासका लागि अभिप्रेरित गर्न यस्तो निर्णय गरिएको सूचना अधिकारी मिश्रले बताउनुभयो ।

माघ ९ गते हिउँदे गाउँसभा

नरैनापुर गाउँपालिकाले माघ ९ गते हिउँदे गाउँसभा गर्दैछ । गाउँसभामा चालू आर्थिक बर्षको बजेट र योजना संशोधन, पारित भएका ऐन, कानुन, कार्यविधि र मापदण्ड अनुमोदन, छुटफुट योजना समावेश, बेरुजु असुलउपरको प्रगति लगायतको कार्यसूची रहेको उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तवले जानकारी दिनुभयो ।

त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्रलाई सुविधासम्पन्न बनाउने एजेण्डा पनि गाउँसभामा प्रस्तुत गरिने प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुर व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाहले बताउनुभयो । एम्बुलेन्स खरिद, आँखा उपचार केन्द्र र आकस्मिक कक्ष सञ्चालनका लागि उपकरण औजार खरिद तथा औषधि पसल सम्बन्धि विषय पनि कार्यसूचीमा रहेको उपाध्यक्ष श्रीवास्तवले बताउनुभयो ।

आधारभूत अस्पतालका लागि जग्गा खोज्दै गाउँपालिका

स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि नेपाल सरकारको एक पालिका एक अस्पतालको अवधारणा अनुसार नरैनापुरमा पनि २४ शैयाको आधारभूत अस्पताल बन्ने भएको छ । केन्द्र सरकारले अस्पताल निर्माण गर्ने निर्णय गरेर यसै बर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्न परिपत्र गरेपछि गाउँपालिका जग्गाको खोजीमा जुटेको छ ।

गत पुष २७ गते गाउँपालिकाले १५ दिने सूचना निकालेर जग्गा खोजी थालेको छ । अस्पताल बनाउन मापदण्ड पुग्ने ६१६० बर्गमिटर जग्गाको छनौट गरी जिल्ला समन्वय समिति बाँकेको सिफारिससहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनुपर्ने भएकाले सूचना निकालेर जग्गा व्यवस्थापनमा लागेको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताउनुभयो ।

निःशुल्क जग्गा उपलब्ध गराउन सक्ने जग्गादाता भए स्वघोषणासहितको निवदेन पेश गर्न वा प्रति ऐलानी जग्गा भएमा सम्वन्धित वडा, स्वास्थ्य संस्था, गाउँपालिकामा जानकारी गराउन भनिएको छ ।


प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १३:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP