Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पौडेल फकाउन देउवाले गरे ‘वान टु वान’ वार्ता
पौडेल फकाउन देउवाले गरे ‘वान टु वान’ वार्ता
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ ६, २०७७ बागेश्वरी पोस्ट
पौडेल फकाउन देउवाले गरे ‘वान टु वान’ वार्ता
फाइल फोटो

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेस भित्र आन्दोलनलाई सशक्त बनाउँने कि निर्वाचनको तयारी गर्ने भन्नेमा नेताहरुको मत बाझिंदै आइरहेको छ । कांग्रेसले गत १९ पुसको केन्द्रीय समिति बैठकबाट संसद विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम भन्दै आन्दोलन घोषणा गरे पनि आन्दोलनलाई सशक्त बनाउने कि निर्वाचनको वातावरण बनाउँदै जाने भन्नेमा शीर्ष तहका नेताहरु नै विभाजित मानसिकतामा छन । सभापति शेरबहादुर देउवा संसदमा विचाराधिन रहेको मुद्दामा अदालतलाई दबाब दिने गरी आन्दोलन गर्न नहुने बताउँदै आइरहेका छन भने वरिष्ठ नेता रामचन्द्र पौडेल संविधानलाई जोगाउन पनि आन्दोलनको विकल्प नभएको बताउँदै आइरहेका छन । यसरी हेर्दा कांग्रेस भित्रको संस्थापन पक्ष निर्वाचनमा जोडबल गर्ने सोचमा देखिएको छ भने संस्थापन इतरसहित नेताकृष्णप्रसाद सिटौला पक्ष आन्दोलबाटै संविधानमाथी भएको प्रहारलाई रोक्नु पर्ने पक्षमा छ । पार्टी भित्रको यही आन्तरिक मतभेदका बिच सभापति देउवाले सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेलसँग ‘वान टु वान’ वार्ता गरे ।                                                  दुई नेता बिचको करिब डेड घण्टा लामो वार्तामा के भयो त ?                                                 

यही विषयमा हामीले वरिष्ठ नेता पौडेललाई सोध्यौं, ‘सभापतिसँगको वान टु वान वार्ता मा के भयो ?’              वरिष्ठ नेता पौडेलले भेटमा देशको समसामयिक राजनीतिक अवस्थाका विषय र पार्टीको महाधिवेशनका विषयमा कुराकानी भएको बताए ।                                          हामीले फेरी सोध्यौं, ‘सभापति ज्यू तपाइले भने जस्तै संसद विघटन बिरुद्धको आन्दोलनलाई शशक्त बनाउने सोचमा हुनुहुन्छ कि निर्वाचनको तयारीमा ?’                   ‘उहाँ अदालतको आदेश कुरौं भन्दै हुनुहुन्थ्यो, मैले संविधान जोगाउन कांग्रेसले खुट्टा कमाउनु हुन्न भनें ।’ हाम्राकुराको प्रश्नको जवाफमा पौडेलले भने । पार्टीका विषयमा भएको संवादका बारेमा भने वरिष्ठ नेता पौडेलले खुलाउन चाहेनन । तर उनी निकट एक नेताका अनुसार संसद विघटन बिरुद्धको आन्दोलनमा पौडेल आक्रामक रुपमा प्रस्तुत हुन थालेपछि फकाउन उनको निवास पुगेका हुन ।                              ‘वरिष्ठ नेता पौडेल आन्दोलनका सभाहरुमा आक्रामक रुपमा आन्दोलनका पक्षमा लाग्नु भयो, सभापतिको लाइन चाही फरक देखियो, त्यही भएर सभापति सहमतीबाटै मिलेर अघि बढौं भन्न जानु भएको रहेछ,’ पौडेल निकट ति नेताले भने । ति नेताका अनुसार पार्टी केन्द्रीय समिति बैठकमा पौडेल पक्षका २७ जना केन्द्रीय सदस्यले बुझाएका १६ बुँदे लिखित मागका मुद्धामा लचक हुन देउवाले पौडेलसँग आग्रह समेत गरेका छन।                                                                    यसैगरी पार्टीको क्रियाशिल सदस्यता वितरण र पार्टीका समायोजनाका मुद्दामा समेत देउवाले पौडेललाई फकाउने प्रयास गरेका छन । देउवाले संसद विघटनलाई अदालतले सदर गरे निर्वाचन हुने र सदर नगरे पनि नयाँ राजनीतिक अवस्था बन्न सक्ने भएकाले मिलेरै अघि बढ्नु पर्ने तर्फ पौडेललाई मनाउन खोजेका छन । यसैगरी देउवाले प्रदेश सभामा पेश भएका अविश्वास प्रस्तावबारे के गर्दा उपयुक्त होला ? भनेर पौडेलको सुझाव लिएका छन ।            जवाफमा पौडेलले अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएपछिको अवस्था हेरेर निणर्य लिनुपर्ने बताएका थिए । ‘संसद विघटनलाई अदालतले सदर गरे निर्वाचनमा नै जानु पर्छ, सदर नगरे पनि नयाँ राजनीतिक अवस्थाका लागि कांग्रेसले नै अग्रसरता लिनु पर्ने अवस्था बन्न सक्छ, दुबै अवस्थामा तपाइको साथ चाहिन्छ भन्ने सभापतिको वरिष्ठ नेतासँग आग्रह पनि छ,’ हाम्राकुरालाई स्रोतले भन्यो।  कांग्रेसले संसद विघटनका बिरुद्ध गत १३ पुसदेखि ३ माघसम्म गरी संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तह केन्द्रीत तीन चरणका संघर्षका कार्याक्रम समेत सम्पन्न गरिसकेको छ ।                                          कांग्रेसको घोषित कार्यक्रम अन्तर्गत अब ८ माघमा देशभरका स्थानीय तहका वडाहरुमा विरोध प्रदर्शन गर्दै छ । सभापति देउवाले गत शुक्रबार शनिबारको प्रदर्शनमा उत्साहजनक सहभागिता जनाउँन भन्दै अपील जारी गरे पनि शनिबार भएको आन्दोलन केन्द्रीत विरोध सभामा भने उनी आफैं सहभागी भएनन । केन्द्रीय राजधानीमै रहेका सभापति किन कतै पनि विरोध सभामा गएनन भन्नेतर्फ समेत कांग्रेस बृत्तमा चर्चा छ।                                                                शनिबार कुनै कार्यक्रममा सहभागि नभएका देउवा सो दिन कहाँ गएका थिए भन्ने बारे समेत हाम्राकुराले खोजी गरेको थियो । सो दिन सभापति देउवा विरोध प्रदर्शनमा कतै पनि सहभागि नभएर भेटघाटमा व्यस्त रहेको पाइएको छ। सोमबार भने उनी त्यही शिलशिलामा वरिष्ठ नेता पौडेललाई फकाउन उनकै निवासमा पुगेपछि सम्भावित नयाँ राजनीतिक अवस्थाका विषयमा समेत अड्कलबाजी हुन थालेका हो।  भेटका क्रममा देउवाले पौडेललाई कम्युनिष्ट शक्तिहरु बिच विवाद बढेका बेला कांग्रेसले एकताबद्ध ढंगबाट अघि बढेर त्यसको फाइदा लिनु पर्ने तर्फ पौडेललाई सचेत गराएका थिए। सोमबार अपरान्ह साढे ४ बजे एक्लै बोहोराटार पुगेका देउवा र पौडेलबीच करिब डेड घण्टा ‘वान टु वान’ संवाद भएको थियो। दुई नेताबीचको ‘वान टु वान’ वार्तामा महाधिवेशन कार्यतालिका संशोधनका बारेमा समेत छलफल भएको थियो।हाम्राकुराडटकमबाट।


प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  १७:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP