Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • संसद् विघटन प्रधानमन्त्री ओलीको विक्षिप्त मानसिकताको उपजः सुरेन्द्र हमाल
संसद् विघटन प्रधानमन्त्री ओलीको विक्षिप्त मानसिकताको उपजः सुरेन्द्र हमाल
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ ८, २०७७ बागेश्वरी पोस्ट
संसद् विघटन प्रधानमन्त्री ओलीको विक्षिप्त मानसिकताको उपजः सुरेन्द्र हमाल

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशसभा सदस्य सुरेन्द्र हमालले संसद् विघटन प्रधानमन्त्री केपी ओलीको विक्षिप्त मानसिकताको उपज भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस १२ नम्बर वडा नेपालगञ्जले आज गरेको विरोधसभामा बोल्दै हमालले संविधानमै नभएको व्यवस्थालाई टेकेर हुकुमी शैलीमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकाले संविधान रक्षार्थ कांग्रेस सडकमा आएको बताउनुभयो । उहाँले अधिनायकबादी शैलीबाट अघि बढेका प्रधानमन्त्री ओलीले मुलुकलाई भड्खालोमा हालेको टिप्पणी गर्नुभयो ।

कांग्रेस नेता अजितकुमार शर्माले कम्युनिष्टहरुलाई शासन गर्न आउँदैन भन्ने प्रमाणित भएको बताउनुभयो । शर्माले लामो संघर्षबाट प्राप्त संविधानलाई कुल्चने दुष्साहस गर्ने प्रधानमन्त्री ओलीको राष्ट्रपति मतियार बनेको बताउनुभयो । पूर्व क्षेत्रीय सभापति सुरेन्द्रनाथ सापकोटाले केपी ओलीले जात्रा देखाएको टिप्पणी गर्नुभयो ।

विरोधसभामा कांग्रेस महासमिति सदस्य डा.सुरेश कुमार कनौडियाले संविधान जोगाउने दायित्व कांग्रेसको काँधमा आएको बताउनुभयो । वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेको बताउँदै राजनीतिक संस्कार नभएकाहरु मुलुकको बागडोर सम्हाल्न पुग्दा आजको अवस्था आएको जिकिर गर्नुभयो । वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमालले पुष ५ गते नेपाली राजनीतिको कालो दिन भएको बताउनुभयो ।

वडा नम्बर १२ का युवा नेता तरुण बज्राचार्यले विधि र विधान कुल्चने प्रधानमन्त्री ओली नाङ्गै हिंडिरहेको टिप्पणी गर्नुभयो । वडा सभापति रामु चिडिमारको सभापतित्वमा भएको विरोधसभाको सञ्चालन सचिव हरिबाबु घिमिरेले गर्नुभएको थियो । कांग्रेसको केन्द्रिय सर्कुलर अनुसार आज बाँकेका ८१ वटा वडासहित देशभरका वडामा संसद् विघटन विरुद्ध कांग्रेसले विरोधसभा गरेको छ ।


प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १४:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP