नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • उच्च अदालतका लागि १५ जना न्यायाधीश सिफारिस
उच्च अदालतका लागि १५ जना न्यायाधीश सिफारिस
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ४, २०७६ बागेश्वरी पोस्ट
उच्च अदालतका लागि १५ जना न्यायाधीश सिफारिस

काठमाडौं । उच्च अदालतका लागि १५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ।

बुधबार बसेको न्याय परिषद् बैठकले जिल्ला न्यायाधीशबाट ६ जना, महान्यायाधीवक्ता कार्यालयमा कार्यरत सहसचिवबाट १ जना र अधिवक्ताबाट ८ जनालाई उच्च अदालतमा सिफारिस गरेको हो। जिल्ला अदालतका न्यायाधीश किरण कुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ,सुदर्शन राज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारीलाई परिषदले उच्च अदालतमा लगेको छ।

न्यायाधीश किरण कुमार पोखरेललाई विराटनगर उच्च अदालत, श्रेष्ठलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलास, पाण्डेलाई उच्च अदालत पोखराको बाग्लुङ इजलास, अधिकारीलाई उच्च अदालत जनकपुरको राजविराज इजलास, न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलास र भण्डारीलाई उच्च अदालत विराटनगरका लागि नियुक्ति सिफारिस गरिएको परिषदले जनाएको छ।

महान्यायाधीवक्ता कार्यालयका सहन्यायाधीवक्ता गीताप्रसाद तिमिल्सिनालाई उच्च अदालत जनकपुरको राजविराज इजलासको न्यायाधीश मा नियुक्ति गर्ने गरि सिफारिस गरेको छ। अधिवक्ताबाट मिलन कुमार राईलाई उच्च अदालत दिपायल, राजुराम सिलवाललाई उच्च अदालत विराटनगरको ओखलढुंगा इजलास, मेरीना श्रेष्ठलाई उच्च अदालत तुलसीपुर, मिना गौतम सेढाईंलाई उच्च अदालत पाटन, र सोमकान्त मैनालाई उच्च अदालत विराटनगरको धनकुटा इजलासका लागि न्यायाधीश नियुक्ति गर्न सिफारिस गरिएको परिषदले जनाएको छ।

तुलसीपुर उच्च अदालतको वुटवल इजलासका न्यायाधीश दयानाथ खरेलले मंसिर १५ मा अवकास पाएपछि देशबहादुर सार्कीलाई, उच्च अदालत पाटनका न्यायाधीश नरेन्द्र सिवाकोटीले मंसिर १६ मा अवकास पाएपछि रेखा थापा पाण्डेलाई र उच्च अदालत पोखराका जगतबहादुर श्रेष्ठ मंसिर २१ मा अवकास पाएपछि किरण कुमारी गुप्तालाई नियुक्ति गर्ने गरी सिफारिस गरिएको छ।श्रोत :सेतोपाटी।


प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६  १८:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP