नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, पुस ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • खजुरा गाउँपालिकालाई प्रसुति गृह हस्तान्तरण
खजुरा गाउँपालिकालाई प्रसुति गृह हस्तान्तरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ १३, २०७७ बागेश्वरी पोस्ट
खजुरा गाउँपालिकालाई प्रसुति गृह हस्तान्तरण

खजुरा । खजुरा गाउँपालिका वडा नं. ७ सोनपुरमा निर्मित प्रसुति गृह हस्तान्तरण गरिएको छ । सोनपुर स्वास्थ्य चौकी भवन परिसरमा आड्रा नेपालको प्राविधिक र इन्रुडेक कोहलपुरको आर्थिक सहयोगमा निर्माण भएको प्रसुति भवनको कागजपत्र आड्रा नेपालका स्वास्थ्य क्षेत्र टीम लिडर डा. घनश्याम भट्टले खजुरा गाउँपालिका कार्यवाहक अध्यक्ष एकमाया विकलाई हस्तान्तरण गर्नुभयो । १८ लाख ४१ हजार लागतमा निर्मित प्रसुति भवनको उद्घाटन गर्दै कार्यवाहक अध्यक्ष विकले सुरक्षितरुपमा सुत्केरी गराउनका लागि बर्थिङ सेन्टरले टेवा पुग्ने बताउनुभयो । उहाँले वडा नं. ७ जहाँ मुस्लिम र मधेशी बाहुल्य बस्ती छ त्यहाँ निर्माण भएकोे भवन उपयोगी सिद्ध भएको उल्लेख गर्दै भिडियो एक्सरे लगायतका आवश्यक थप स्वास्थ्य सामग्री उपलब्ध गराउन सम्बद्ध सहयोगी दातालाई आग्रह गर्नुभयो । कार्यवाहक अध्यक्ष विकले स्थानीय सरकार र सहयोगी संस्थाको सहकार्य र समन्वयबाट अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै आड्रा नेपालका स्वास्थ्य क्षेत्र टीम लिडर डा. भट्टले देशभर ६० ठाउँमा यस्ता बर्थिङ सेन्टर निर्माण गरेको बताउनुभयो । आड्रा जापानकी युका ओनिसी, इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले प्रसुति भवनको सही सदुपयोग गर्दै दिगोरुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । खजुरा गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खानले सोनपुर स्वास्थ्य चौकीमा विभिन्न स्वास्थ्य उपकरणको अभाव रहेकाले सहयोगका लागि आग्रह गर्नुभयो । भुवरभवानी निर्माण सेवाले ५ महिनामा निर्माण सम्पन्न गरेको हो । नवजात शिशु तथा बालसुधार परियोजना अन्तरगत् सो प्रसुति भवनको निर्माण गरिएको थियो ।


प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १८:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’
नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP