नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • विप्लब समूहले सरकारसँग वार्ता प्रक्रिया तयारी गर्दै
विप्लब समूहले सरकारसँग वार्ता प्रक्रिया तयारी गर्दै
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ १६, २०७७ बागेश्वरी पोस्ट
विप्लब समूहले सरकारसँग वार्ता प्रक्रिया तयारी गर्दै
फाइल फोटो

काठमाडौँ । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने प्रयास गरिरहेको छ । संविधान संशोधनको नारा अघि सारेर विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने प्रयासमा लागेको विप्लव स्रोतले जानकारी दियो । विप्लव समूहले नेपाल सरकारसँग वार्ताको प्रकृया अघि बढाउने गरी खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा एउटा समिति पनि बनाइसकेको छ । सो समितिमा हालै पक्राउ परेका धर्मेन्द्र वास्तोला र चिरन पुन सदस्य रहेका थिए । सरकारी सम्पर्क सूत्रका लागि बास्तोला र पुन काठमाडौं आउदै गर्दा उनीहरु बाटोमै पक्राउ परे भने प्रकाण्ड भने उम्किन सफल भएका थिए । यसअघि सोमप्रसाद पाण्डेको संयोजकत्वमा सरकारले वार्ता टोली बनाएर विप्लव समूहसँग वार्ता अघि बढाउने कोसिस गरेको थियो । तर सो समूहले सरकारसँग बार्गेनिङ गरी आफ्ना नेता कार्यकर्ता छुटाएपछि वार्ता टोलीको सम्पर्कमा नआइ भागेकाले यसपटक भने सरकारी संयन्त्रले विप्लवको वार्ता टोलीप्रति विश्वास गर्न सकेको छैन । ‘वार्ताको अनौपचारिक कुराकानी आएको थियो गत वर्ष उहाँहरुले आफ्ना मान्छे छटाएर लगेपछि वार्ताबाटै भाग्नु भएको थियो अहिले विश्वसनीय आधार नभईकन पत्याउन सकिदैन’, गृह मन्त्रालय स्रोतले भन्यो । गृह स्रोतका अनुसार सरकारी तहमा वार्ताको तयारी भने छैन । वार्ताका लागि विप्लवले पहिलो शर्त भने पार्टी प्रतिबन्ध फुकुवा गर्नु पर्ने जनाएको छ । सरकारले पार्टी प्रतिबन्ध लगाएपछि निकै क्षति भएको महशुस गरेको सो समूहले प्रतिबन्ध फुकुवा पहिलो शर्त राखेको बताइन्छ । मोरङमा एक जना शिक्षकलाई निर्ममतापूर्वक हत्या गरेपछि सो समूह चौतर्फी दबाबमा परेको थियो । गृह मन्त्रालयमा एक दुई चरणमा सम्पर्क सूत्रहरुले कुराकानी गरेपछि वार्ता टोली गठन भएको बताइन्छ । तर विप्लव समूहले भने यस बारेमा कोही कसैलाई आधिकारिक जानकारी गराएको छैन । विप्लव समूहले प्रधानमन्त्री तहमै कुराकानी गरेर वार्ता टोली सार्वजनिक गर्ने र शान्तिपूर्ण प्रकृयामा आउने सन्देश गृह मन्त्रालयमा पठाएको थियो तर मन्त्रालयले विश्वसनीय आधार नभएको भन्दै बेवास्ता गरेको छ । ‘निर्वाचनको बेलमा विप्लव समूहलाई वार्तामा ल्याउने र शान्तिपूर्ण राजनीतिमा ल्याउने हो भने फाइदा हुन्थ्यो तर गृहमन्त्रालयले विश्वसनीय आधार नभएको भन्दै वेवास्ता गरेको छ’, मन्त्रालय स्रोतले भन्यो । सम्पर्क सूत्रमार्फत गृहमन्त्रीले कुराकानी गरेको भए पनि उनले मन्त्रालयमा कर्मचारीलाई वार्ताको बारेमा केही बताएका छैनन्। विप्लव समूहले आफ्ना कार्यकर्ताको रिहाइ, मुद्धा फिर्ता तथा प्रतिबन्ध फूकुवाको विषयमा गृहमन्त्रीसँग कुराकानी अघि बढाएपनि गृहमन्त्री रामबहादुर थापा बादल नै सकारात्मक बन्न सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गरेर निर्वाचन घोषणा गरेपछि विप्लव समूहले पनि शान्तिपूर्ण मार्ग अपनाउने बाटो रोजेका हुन् ।हाम्राकुराबाट साभार।


प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP