नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भारतको नक्सामा कालापानी सिमानाको काली नदी नै गायब
भारतको नक्सामा कालापानी सिमानाको काली नदी नै गायब
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर ५, २०७६ बागेश्वरी पोस्ट
भारतको नक्सामा कालापानी सिमानाको काली नदी नै गायब

काठमाडौं । अतिक्रमित नेपाली भूमिलाई आफ्नो राजनीतिक नक्सामा देखाएको भारतले नयाँ नक्सा जारी गरेको छ । तर उसले अतिक्रमित भूमि छाड्नुको साटो नेपाल भारत सीमाका रुपमा रहेको काली नदीलाई नै नक्साबाट हटाएको छ ।

सर्वे अफ इन्डियाले जारी गरेको नवौं संस्करणको नक्सामा काली नदी नै गायब पारिएको छ । जबकी आठौं संकरणको नक्सामा काली नदी स्पष्ट रुपमा देखाइएको थियो  । 

त्यही नक्साका कारण नेपपालमा आन्दोलन चर्किएको छ । नेपाल सरकारले पनि भारतीय नक्सा अस्वीकार्य मात्र भनेन, अतिक्रमित भूमिबाट सेना फिर्ता लैजान आग्रह गरेको छ । त्यसको केही दिनपछि भारतले काली नदी लुकाउनकै लागि नवौं संस्करण निकालेको हो ।

किन लुकायो काली ?

विभिन्न सन्धि सम्झौता र उपलब्ध प्रमाणहरू हेर्दा नेपाल र भारतबीचको सिमाना पार्वतीकुण्ड मुहान भएको त्यही कालीनदी हो । १८१६ मा भएको सुगौली सन्धिको धारा ५ अनुसार कालीनदी नै नेपाल र भारतबीचको सिमाना हो । जसअनुसार कालीनदी वारीका नावी, गुन्जी र गब्र्याङ गाउँ नेपालमा पर्छ । त्यस क्षेत्रका जनतालाई नेपालमै कर तिर्नु भनेर गढवाल कार्यालयले पत्र नै लेखेको थियो ।

बि.स. २०१८ सालमा माथि उल्लेखित तीन वटै गाउँमा नेपालले जनगणना गरेको थियो । यसले पनि कालीनदी नै सिमाना हो भन्ने देखाउँछ । नेपाल सरकार, परराष्ट मन्त्रालयले पत्रचार गर्दा पनि वास्तविक कालीनदीलाई नै सिमानाको रुपमा उल्लेख गर्दै आएको छ । तर कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको उसले लामो समयसम्म आफ्नो नक्सामा काली नदीलाई देखाएको थिएन ।

भारतले आफ्नो राजनीतिक नक्साको आठौं संस्करणमा आइपुग्दा पहिलो पटक वास्तविक कालीनदीलाई स्विकार समाचार  भनेर नेपालमा पहिलो पटक २० कात्तिकमा प्रकाशित भएको थियो । ३७२ वर्गकिलोमिटरको खेल सर्वे अफ इन्डियाले सार्वजनिक गरेको आठौं संस्करणको नक्सामा कालीनदी स्विकारे पनि भारतको भूभागभित्र देखाइएको थियो । तर सुगौली सन्धिलगायतका प्रमाणहरूले त्यही नदीलाई मुहान मानेको छ ।

सुगौली सन्धिको दुईसय वर्षमा भारतले लिम्पियाधुरा र कालापानी क्षेत्रमा मात्रै ३७२ वर्गकिलोमिटर भूभाग अतिक्रमण गरेको छ । त्यही अतिक्रिमणलाई निरन्तरता दिन उसले काली गायब परेको जानकारहरू बताउँछन् ।

पहिलेभन्दा खतरनाक नक्सा

इस्ट इन्डिया कम्पनीले सन् १८२७ मा निकालेको नक्सामा स्पष्ट रूपमा लिम्पियाधुराबाट बग्ने नदीलाई नै कालीनदीको रूपमा देखाइएको छ । १८४६ मा कुमाउ एण्ड गडवालद्वारा प्रकाशित नक्सामा पनि त्यही नदीलाई कालीनदी भनिएको छ ।

१८५६ मा ब्रिटिस सर्बे अफ इन्डिया म्यापले सार्वजनिक गरेको नक्साअनुसार पनि कालीनदीको मुहान लिम्पियाधुरा हो । जसलाई सुगौली सन्धिले दुई देशको सिमाना निर्धारण गरेको छ । सर्वे अफ इन्डियाको अहिलेको यो नक्सा गत कात्तिक १६ को नक्साभन्दा खतरनाक रहेको विज्ञहरू बताउँछन् ।

नापी विभागका पूर्व महानिर्देशक पुण्यप्रसाद ओली भन्छन्, ‘हामीले विरोध गरेको दुई हप्ता अघिको नक्साभन्दा पनि अहिलेको नक्सा खतरनाक छ । भारतले जति विरोध गरे पनि हामी पेलेरै जान्छौं भन्ने सन्देश दिन खोजेको छ ।’ श्रोत :अनलाइनखबर ।


प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १०:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP