नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री ओली समूहको सभाका नाममा परिक्षा नै स्थगित
प्रधानमन्त्री ओली समूहको सभाका नाममा परिक्षा नै स्थगित
RSG-2
पार्टीको एक गुटको सभाका लागि परिक्षा नै स्थगित गरेपछि चर्को आलोचना
बागेश्वरी पोस्ट
बुधबार, माघ २१, २०७७ बागेश्वरी पोस्ट
प्रधानमन्त्री ओली समूहको सभाका नाममा परिक्षा नै स्थगित

नेपालगन्ज । प्रधानमन्त्री एवं नेकपाका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको सभाका नाममा सवारी चालक अनुमति पत्र लाइसन्सको लिखित र प्रयोगात्मक परीक्षा नै स्थगित भएको छ ।

यही शुक्रबार माघ २३ गते ओली समूहले नारायणहिटी दरबार अगाडि जनसभा गर्न लागेकाले काठमाडौं उपत्यकामा हुने लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा नै स्थगित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचना जारी गरी जानकारी दिएको छ । एउटा पार्टीको एक गुटको सभाका लागि सिंगो महानगरीय ट्राफिक प्रहरी महाशाखाले नै आफ्ना नियमित कार्यक्रम स्थगित गरेर उक्त सभाका लागि खटिनुपर्ने भनी सूचना नै निकालेपछि भने यसको चर्को आलोचना भएको छ ।

यसअघि गर्दै आइएका कुनै पनि सभा जुलुसका नाममा यसरी कसैका परीक्षा स्थगित भएका थिएनन् । प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जारी गरेको सूचनामा ‘२३ गते विभिन्न राजनीतिक दलहरुबाट उपत्यकाका विभिन्न स्थानहरुमा विरोध कार्यक्रम लगायतका कार्यक्रमहरु तथा भीभीआईपी–भीआईपीहरुको आवागमनका कार्यक्रमहरु भएको हुँदा उल्लेखित कार्यक्रमहरुको ट्राफिक व्यवस्थापनमा अधिकतम जनशक्ति खटाउनु पर्ने भएकाले उक्त मितिमा तहाँ कार्यालयहरुबाट हुने सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गर्ने व्यवस्था मिलाउनु हुन अनुरोध गरिएको छ ।’

ललितपुरस्थित एकान्तकुना, भक्तपुरस्थित जगाती, काठमाडौंको चाबहिल र ठूलो भर्याङ कार्यालयले लिने परीक्षा रोकिएको महाशाखाले जनाएको छ । ओली समूहले भृकुटीमण्डपमा आमसभा गर्दा विद्यार्थीहरुको परीक्षामा असजिलो भएको भन्दै नारायणहिटी अगाडि नै सभा गरेर अन्य दलहरुलाई चुनौती दिइरहेको छ । तर लामो समयको प्रतिक्षापछि लाइसेन्स परीक्षा दिन कुरेकाहरुको परीक्षा पछाडि धकेल्ने योजनाले यो सरकारको प्रसिद्धि कहाँसम्म पुग्ला सोचनीय रहेको छ ।

ट्रेलर देखाउन मोटरसाइकल र्‍याली ओली समूहले २३ गतेको कार्यक्रमका लागि २१ गतेदेखि नै उपत्यकामा हल्ला पिट्दै छ । बुधबार कम्तीमा १० हजार मोटरसाइकलसहित र्याली निकाल्ने योजना रहेको बताइएको छ । ओली पक्षीय नेकपाको भ्रातृ संस्था राष्ट्रिय युवासंघ नेपालले उपत्यकामा बुधबार बृहत मोटरसाइकल र्‍याली निकाल्न लागेको हो ।

मध्यान्ह ललितपुरको बालकुमारी पुलबाट शुरु हुने र्‍याली सातदोबाटो, लगनखेल, जाउलाखेल, थापाथली, त्रिपुरेश्वर, एनएसी, जमल, दरबारमार्ग नारायणहिटी, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेर टुंगिने छ । यो मोटरसाइकल र्‍याली माघ २३ को आमसभाको ट्रेलर भएको पनि दाबी गरिएको छ । यो सभाका लागि सुरक्षा व्यवस्था निकै नै कडा पारिने समेत जनाइएको छ । एक लाख भन्दा बढी मानिसलाई सहभागी गराउने उद्धेश्यसहित जिल्ला जिल्लाबाट कार्यकर्ताहरु उठाएर ल्याउन लागिएको जनाइएको छ ।

यस्तो छ रुट–

जनसभाका लागि र्‍यालीमा आउने कार्यकर्ता तथा शुभेच्छुकहरुका लागि काठमाडौं उपत्यका भित्रका विभिन्न १६ रुट निर्धारण गरेको छ । सभाको नारा पनि तय गरिएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारा सभामा प्रयोग गरिने छ । प्रदेश संगठन कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले विज्ञप्ति जारी गर्दै र्‍यालीका रुट र जिम्मेवारी क्षेत्र तोकेका हुन् । बागबजार, प्रदर्शनीमार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाइन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोर्‍हखुट्टे, टेकु, बसन्तपुर, ज्ञानेश्वर, पुरानो बानेश्वरलाई र्‍यालीको रुट क्षेत्र तोकिएको हो ।हाम्राकुराबाट ।


प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  १२:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP